Skip to main content

नयाँ तृष्णा

अन्तर्राष्ट्रिय

अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण

अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण

  ८ असार २०८२, आईतवार, काठमाडौं । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा सफल हवाई आक्रमण सम्पन्न गरेको बताएका हुन् । ट्रम्पका अनुसार फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिसकेका जानकारी पनि ट्रम्पले उल्लेख गरेका छन् । इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिका पनि इरानविरुद्धको आक्रमणमा उत्रिएका हुन् । इजरायलले इरानविरुद्ध १३ जुनदेखि आत्रमण शुरु गरेको थियो । उक्त आक्रमणमा अहिलेसम्म इरानमा ६५७ जनाको मृत्यु भइसकेको…
Read More
इरानी क्षेप्यास्त्र आक्रमणमा इजरायलमा ४७ घाइते, अस्पतालमा पनि क्षति

इरानी क्षेप्यास्त्र आक्रमणमा इजरायलमा ४७ घाइते, अस्पतालमा पनि क्षति

बिहीबार, ०५ असार २०८२, एजेन्सी। इरानले बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा आक्रमण गरेको छ । दक्षिणी इजरायलको एक अस्पताल र तेल अभिभ नजिकैका दुई सहरमा इरानी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा ४७ जना घाइते भएको इजरायली उद्धारकर्ताले जानकारी दिएका छन्। “आक्रमणको मुख्य निशाना इजरायली सेनाको कमाण्ड एण्ड इन्टेलिजेन्स बेस (आइडीएफ सीफोरआई) र सोरोका अस्पताल आसपासमा रहेको गाभ–याम टेक्नोलोजी पार्कमा रहेको आर्मी इन्टेलिजेन्स क्याम्प थियो,” अधिकारीलाई उद्धृत गरी इरानी सरकारी समाचार संस्था आइआरएनएले भनेको छ। ‘विस्फोटको लहर’को असर अस्पतालमा परेको तर आक्रमणको ‘प्रत्यक्ष र सटीक लक्ष्य’ सैन्य सुविधा भएको इरानले बताएको छ। “यो आक्रमण अस्पताल नजिकै रहेको इजरायली प्रशासनको ‘कमाण्ड एण्ड इन्टेलिजेन्स सेन्टर’लाई…
Read More
प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा

प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा

काँकरभिट्टा । प्रेस क्लब मेचीनगरको १२ स्थापना दिवसको अवसरमा दुई पत्रकार पुरस्कृत भएका छन् । काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा क्लबका पूर्व अध्यक्ष मुक्ति पौडेललाई मेचीनगर पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । त्यसैगरी प्रेस क्लबका सदस्य किशोर उपरकोटी मेचीनगर प्रोत्साहन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । दुवै पत्रकारलाई प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नगद सहित सम्मान पत्र प्रदान गर्नु भएको थियो । प्रेस क्लबको स्थापना दिवसकै अवसर पारेर क्लबमा आबद्ध ३९ जना पत्रकारहरुको दुई लाख बराबरको दुर्घटना विमा गरिएको अध्यक्षका अध्यक्ष प्रकाश पौडेलले बताउनु भयो । पर्यटन कार्यालय काँकरभिट्टाको सहकार्यमा पर्यटकको सुरक्षा र पत्रकारिता विषयक…
Read More
हराइरहेका ११ वर्षीय बालक साढे ३ महिनापछि परिवारसँग पुनर्मिलन

हराइरहेका ११ वर्षीय बालक साढे ३ महिनापछि परिवारसँग पुनर्मिलन

झापा । करीब साढे तीन महिनादेखि हराइरहेका मोरङको विराटनगर–८ मथुरा टोल निवासी ११ वर्षीय बालक दिप अग्रवालको सकुशल उद्धार गरिएको छ। काँकरभिट्टा नाकामा कार्यृरत सामाजिक संस्था नव अभियान नेपाल र भारतको कोलकातामा अवस्थित नेपाली दूतावासको संयुक्त पहलमा बालकलाई फेला पारेर आज काँकरभिट्टा इलाका प्रहरी कार्यालयमा ल्याइ उनको दिदी खुसी अग्रवालको जिम्मा दिइएको हो। बालक अग्रवाल हराएपछि विभिन्न निकायमार्फत खोजीकार्य भइरहेको थियो। नव अभियान नेपाल र नेपाली दूतावास कोलकाताको समन्वयमा भएको खोजी तथा उद्धार अभियान सफल भई बालकलाई सुरक्षित रूपमा घर फिर्ता गराइएको नव अभियान नेपाल शाखा काँकरभिट्टाका प्रमुख कुमार बस्नेतले नयाँ तृष्णा डटकमलाई जानकारी दिनुभयो । बालकको पुनर्मिलनप्रति परिवारजनले खुसी…
Read More
बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

झापा । बिश्वव्यापी प्रार्थना घरले आफ्नो छैटौं वार्षिक उत्सव झापाको शिवसताक्षी ११ झिलझिलमा एक भव्य समारोहका साथ सम्पन्न गरेको छ। कार्यक्रममा झापा जिल्ला इसाई समाज महिला समितिका अध्यक्ष ममता रेग्मीलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको थियो, जसले बिश्वव्यापी प्रार्थना घरले आत्मिक एकताको सन्देश र निरन्तर प्रार्थनाले बिश्व रुपान्तरण भएको औंल्याए। कार्यक्रमका संयोजक निरु साम्सोहाङ्गले बिश्वव्यापी प्रार्थना घरलेको स्थापना, उद्देश्य र हालसम्मका गतिविधिबारे संक्षिप्त जानकारी गराइन्। यस प्रार्थना घरद्धारा १० वटा देशबाट जाडिएको र अझ अन्य देशहरुपनि जोडिने साम्सोहाङ्गको भनाइ थियो । उनले बिश्वव्यापी प्रार्थना घरले गरेको विविध आत्मिककार्य र भावी योजना पनि प्रस्तुत गरेकी थिइन्। प्रमुख वक्ता दार्जिलिङ्गबाट एलवी सुब्बाले…
Read More
भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा अवैध रक्सी सेवनका कारण २१ जनाको निधन भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् । भारतमा वर्षेनी सयौं मानिसहरूले घरेलु स्तरमा बनाइने सस्तो रक्सी सेवन गर्दा ज्यान गुमाउने गरेका छन् । यस्ता रक्सीहरूलाई अझै बलियो बनाउने उद्देश्यले मेथानोल मिसाउने गरिन्छ, जसले आँखाको दृष्टि गुम्नु, कलेजोमा क्षति र मृत्युसम्म निम्त्याउन सक्छ । ताजा घटना सोमबार राति अमृतसर जिल्लाको पाँच वटा गाउँमा घटेको हो । मेथानोल मिसाइएको रक्सी सेवन गरेपछि स्थानीय बासिन्दाहरू बिरामी परेका थिए । जिल्लाका वरिष्ठ प्रहरी अधिकारी मनिन्दर सिंहकाअनुसार ती २१ जनाको ज्यान गएको…
Read More
दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

काठमाडौं । दक्षिण अफ्रिकाका श्वेत अल्पसंख्यक समूहलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थीको मान्यता दिने घोषणापछि पहिलो चरणमा ५९ जना दक्षिणी अफ्रिकीहरु अमेरिका पुगेका छन्। तर, दक्षिण अफ्रिकी सरकारले भने उक्त आरोपको खण्डन गर्दै आएको छ । उसले शरणार्थी कानुनअनुसार उनीहरूलाई शरण दिनुपर्ने कुनै आधार नभएको जनाएको छ । ट्रम्प प्रशासनले दक्षिण अफ्रिकामा श्वेत किसान लक्षित जातीय हत्या र जग्गाको मुआब्जा नदिई जफतसमेत गर्न लागिएको आरोप लगाएको छ । ट्रम्प प्रशासनले अन्य धेरै मुलुकका शरणार्थीहरूको प्रक्रिया रोकिरहेको समयमा उक्त समूहलाई विशेष प्राथमिकता दिएको छ । डालस विमानस्थलमा अमेरिकी झन्डा र रङ्गीन बेलुन राखेर उनीहरूलाई स्वागत गरिएको थियो । उता, संयुक्त राष्ट्र…
Read More
झापामा तीन दिवसीय पत्रकारिता सम्बन्धी एआई तालिम सम्पन्न

झापामा तीन दिवसीय पत्रकारिता सम्बन्धी एआई तालिम सम्पन्न

मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना तथा मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा तीन दिवसीय एआईसम्बन्धी तालिम सम्पन्न भएको छ। काँकरभिट्टा स्थित होटल नमस्ते बर्मेली टोलमा शुक्रबारदेखि सञ्चालन भएको तालिम आइतबार समापन गरिएको हो। तालिमको पहिलो दिन सञ्चार क्षेत्रका विज्ञ भानुभक्त आचार्यले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विषयमा प्रशिक्षण दिएका थिए। दोस्रो र तेस्रो दिन भिडियो इडिटिङ सम्बन्धी विषयमा शितल प्रसाद मण्डलले प्रशिक्षण दिए भने डिजिटल पत्रकारितामा कानूनी जटिलताबारे तारामणि सापकोटाले प्रशिक्षण प्रदान गरे। तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले यस्ता तालिमहरुले नगरका पत्रकार तथा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे। उनले तालिममा प्राप्त ज्ञान लेखनी तथा व्यवहारमा…
Read More
तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

काठमाडौँ । भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेबाट युद्धविराम लागू भएपछि पनि पाकिस्तानले विस्फोट गरिरहेको भारतीय पक्षले आरोप लगाएको छ । जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्रीनगरमा अझै विस्फोटको आवाज आइरहेको भन्दै सामाजिक सञ्जाल एक्समा भिडियो पोस्ट गरेका छन् । मुख्यमन्त्री अब्दुल्लाहले लेखेका छन्, ‘यो कस्तो युद्धविराम हो ? श्रीनगरमा अझै विस्फोटको आवाज सुनिँदैछ ।’
Read More
नयाँ पोपमा अमेरिकी कार्डिनल रोबर्ट प्रिभोस्ट निर्वाचित

नयाँ पोपमा अमेरिकी कार्डिनल रोबर्ट प्रिभोस्ट निर्वाचित

भ्याटिकन / भ्याटिकनमा आयोजित पोप कन्क्लेभको दोस्रो दिन नयाँ पोपको निर्वाचन गरिएको छ। ६९ वर्षीय रोबर्ट फ्रान्सिस प्रिभोस्ट नयाँ पोप निर्वाचित भएका छन्। उनी अमेरिकाबाट पोप बन्ने पहिलो कार्डिनल हुन्। उनले आफ्नो लागि पोप लियो-१४ नाम रोजेका छन्। उनी १३३ कार्डिनलहरूको दुई तिहाइ बहुमतबाट पोप निर्वाचित भएका हुन्। सन् १९०० पछि दुई दिनमा नयाँ पोपको निर्वाचन भएको यो पाँचौं पटक हो। मतदानको दोस्रो दिन रोमन क्याथोलिक चर्चको सिस्टिन चैपलको चिम्नीबाट सेतो धुवाँ निस्किएको थियो जसले नयाँ पोप चयन भएको संकेत गर्‍यो। नयाँ पोप चयन हुने बित्तिकै भ्याटिकनमा उपस्थित ४५ हजारभन्दा बढी मानिसहरूले ठूलो स्वरमा ताली बजाएर एकअर्कालाई बधाई दिएका थिए।…
Read More