३० आश्विन, काठमाडौं । नाइजेरियाको उत्तरी क्षेत्रमा गएराति एउटा तेल ट्याङ्कर विस्फोट हुँदा सयभन्दा बढीको मृत्यु भएको छ ।दुर्घटनापछि ट्याङ्करबाट लिक भएको तेल लुट्न आएका मानिसको भीडमा यो घटना भएको हो । यो घटना उत्तरी राज्य जिगावाको माजिया सहरमा भएको हो । तेलले भरिएको एउटा ट्याङ्कर पल्टिएर आगो लागेको र कम्तीमा १०५ जनाको मृत्यु भएको प्रहरीले बीबीसीलाई बताएको छ । विस्फोटमा अन्य ५० जना घाइते भएका छन्, जसलाई जिगावा राज्यको रिङ्गिम सहर नजिकैको अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ । घटना मंगलबार राति भएको हुनाले, पुलिस अधिकारीहरूले मानिसहरूलाई ट्याङ्कर नजिक नजान चेतावनी दिएका थिए तर…
१९ आश्विन, काठमाडौँ । अमेरिकी सेनाले यमनमा इरान समर्थित हुथी संगठनसँग जोडिएका १५ वटा लक्ष्यमा मिसाइल आक्रमण गरेको जनाएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ‘आवागमनको स्वतन्त्रता सुनिश्चित गर्न’ हवाई जहाज र युद्धपोतबाट आक्रमण गरेको जनाएको छ । राजधानी साना लगायत यमनको मुख्य सहरमा धेरै विस्फोटको आवाज सुनिएको छ । नोभेम्बरदेखि, हुथी विद्रोहीहरूले रेड सागरमा झण्डै १०० जहाजमा आक्रमण गरी दुईवटा जहाज डुबेका छन् । विद्रोही समूहले गाजामा इजरायलको सैन्य कारबाहीको जवाफमा आक्रमण गरेको बताएको छ । मध्यपूर्वमा अमेरिकी सैन्य कारबाहीको अनुगमन गर्ने सेन्ट्रल कमाण्डले हतियार प्रणाली, उनीहरुको अड्डा र हुथीसँग सम्बन्धित अन्य लक्ष्यहरूलाई निशाना बनाइएको बताएको छ । हुथी…
१४ आश्विन, बरदुबई स्थित एभरेस्ट क्लब याक एण्ड यतिको हलमा अध्यक्ष बिक्रम पंधाक लिम्बु ज्युको सभापतित्वमा पहिलो बार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि नेफिन युएईका संरक्षक सदस्य प्रमोद श्रेष्ठ ज्यु र बिशेष अतिथिहरुमा नेफिन युएईका संरक्षक ज्युहरु, सल्लाहकार ज्युहरु,आबद्ध जातिय संस्थाका अध्यक्ष ज्युहरु, आमन्त्रित अतिथिहरु पुर्व कार्यसमिति पदाधिकारी ज्युहरु, मिस्टर एण्ड मिस इन्डीजिनस २०२४ बिजेताहरु, पत्रकार, कलाकार र अन्य अतिथिहरुको भब्य उपस्थिति रहेको थियो। स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष हरि मोक्तान ज्युबाट, २०२३-२०२४ को आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुरेन तामाङ र सहकोषाध्यक्ष शभुमी लिम्बु यम्भामी, नेफिन युएई द्वारा सञ्चालित उद्धार तथा राहत कोषको आर्थिक बिवरण संयोजक बबिता रास्कोटी…
११ आश्विन, एजेन्सी। एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जनाएको छ । प्रसिद्ध ताजमहल नजिकैको हाथरस सहरमा रहेको छात्रावासमा आफ्नै ओछ्यानमा पीडित बालकलाई आइतबार राति मृत फेला पारिएको थियो । अधिकारीहरूलाई सूचित गर्नुको सट्टा विद्यालयका निर्देशक दिनेश बघेलले शवलाई आफ्नो कारको डिक्कीमा लुकाएर राखेको प्रहरीले बताएको छ । प्रहरी अधिकारी हिमांशु माथुरले बघेलका पिताले आयोजना गरेको कालो जादु (तान्त्रिक विधि) समारोहअघि नै बालकको हत्या गरिएको बताए । “बालकलाई अनुष्ठानको हिस्साका रूपमा वेदीमा लैजाने योजना थियो तर समारोह पूरा हुनुभन्दा अघिनै उनलाई मारियो”, उनले…
८ आश्विन, काठमाडौं । लेबनानमा इजरायलले सोमबारदेखि गरेको आक्रमणमा अहिलेसम्म ५५८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले मृत्यु हुनेमा ५० बालबालिका र ९४ महिला समेत रहेका छन् । इजरायली हवाई हमलाका कारण लेबनानमा अहिलेसम्म १८ सय ३५ जना घाइते भएका छन् । इजरायलले लेबनानमा रहेका हिजबुल्लाहका केन्द्रहरुमा भिषण आक्रमण शुरु गरेको छ । आक्रमणपछि दक्षिणी लेबनानमा हजारौं मानिस विस्थापित भएको मिडिया रिपोर्टमा उल्लेख छ । अहिलेसम्म हवाई हमलामा विस्थापित भएका १६ हजार ५०० जनालाई १५० विद्यालयमा राखिएको बताइएको छ । इजरायलले घर नजिकै हतियार राखिएको ठाउँ छाड्न सर्वसाधारणलाई आग्रह गरेको छ । इजरायलले…
७ आश्विन, काठमाडौँ । इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको छ । इजरायलले लेबनानका मानिसहरूलाई सुरक्षित रहन हिजबुल्लाह लक्ष्यहरूबाट टाढा जान आग्रह गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले सोमबारदेखि दक्षिणी लेबनानका सहर र गाउँहरूमा भएका आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु भएको जनाएको छ । लेबनानको पब्लिक हेल्थ इमर्जेन्सी अपरेशन सेन्टरले पनि यी आक्रमणमा बालबालिका र महिलासहित ४०० भन्दा बढी व्यक्ति घाइते भएको एक विज्ञप्तिमा जनाएको छ । इजरायली रक्षा बलका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले यसअघि सेनाले लेबनानमा ठूलो मात्रामा र सटीक आक्रमण गर्ने बताएका थिए । हगारीले मानिसहरूलाई आफ्नो सुरक्षाको लागि हिजबुल्लाह लक्ष्यहरू नजिक नजान आग्रह…
एजेन्सी, भारतको बेंगलुरुमा एकजना नेपाली महिलाको बीभत्स हत्या भएको छ । बेंगलुरुको मल्लेश्वरम क्षेत्रमा एकजना नेपाली महिलाको हत्यापछि शव ३० टुक्रा पारेको अवस्थामा फ्रिजभित्र भेटिएको छ। हत्या गरिएकी २९ वर्षीय महालक्ष्मी दासको परिवार भने अन्तै बस्दै आएको थियो । शनिबार बेंगलुरुको व्यालिकभल क्षेत्रस्थित फ्ल्याटको फ्रिजमा महालक्ष्मीको शवका अनेक टुक्रा भेटिएका हुन् । द इकोनोमिक टाइम्सका अनुसार उक्त फ्ल्याटबाट दुर्गन्ध फैलिन थालेपछि घरधनीले शनिबार दिउँसो प्रहरीलाई खबर गरेका थिए । शनिबार दिउँसो ती महिलाका घरधनीले परिवारलाई पनि झिकाएका थिए । घरधनीको फोनपछि महालक्ष्मीकी आमा र बहिनी पुगे । उनीहरू पुग्दा महालक्ष्मीको फ्ल्याट अगाडिको ढोका बन्द थियो । ढोका फोडेर पस्दा १६५…
५ आश्विन, झापा । संघीय लिम्बुवान सामाजिक मञ्च युएईले विदेशबाट पनि मतदान गर्न पाउने व्यवस्था हुनुपर्ने माग गरेको छ। संविधान दिवशको शन्दर्भ पारेर युएई स्थित नेपाली राजदुतावासका राजदुत तेज बहादुर क्षेत्रीलाई ज्ञापन पत्र बुझाउदै संघीय लिम्बुवान सामाजिक मञ्च युएईले विदेशबाट पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने अधिकारको सुनिश्चित हुनुपर्ने माग गरेको हो। सो अवशरमा मञ्चले राजदुत क्षेत्रीलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक द्वारा लिखित समानुपातिक प्रणाली रक्षा गरौं अभियान सम्बन्धी पुस्तिका समेत हस्तान्तरण गरेको थियो। ज्ञापन पत्र बुझाउने कार्यक्रममा संघीय लिम्बुवान सामाजिक मञ्च युएईका प्रमुख सल्लाहकार, नेफिन युएईका अध्यक्ष एवंम् किरात याक्थुङ चुम्लुङ युएईका सल्लाहकार बिक्रम पन्धाक…
४ आश्विन , काठमाडौं । पृथ्वीले सानो चन्द्रमा पाएको छ । यो करिब साढे दुई महिना पृथ्वीको वरिपरि घुम्नेछ । यो समयले यसको गुरुत्वाकर्षण शक्तिलाई राम्रोसँग बुझ्न मद्दत गर्नेछ। यो चन्द्रमा वास्तवमा एउटा क्षुद्रग्रह हो, जसको नाम २०२४ पीटी ५ हो। यो ७ अगस्टमा पत्ता लागेको थियो । यसको व्यास लगभग १० मिटर छ। यो क्षुद्रग्रह सेप्टेम्बर ९ देखि पृथ्वीको कक्षमा परिक्रमा गरिरहेको छ र आगामी ७७ दिन अर्थात नोभेम्बर २५ सम्म यो क्रम जारी रहनेछ । वास्तवमा, यो क्षुद्रग्रह चन्द्रमा जस्तै पृथ्वीको वरिपरि घुमिरहेको छ, त्यसैले यसलाई मिनी मुन नाम दिइएको छ। यसको गति निकै कम भएकाले यो क्षुद्रग्रहले…
२५ भाद्र, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। क्यानले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोलीको घोषणा समेत गरिसकेको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा रहेका…