१७ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रियस्तरमै चर्चित नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा अर्को रेसको उपाधि जितेकी छन् । सुनमायाले शनिबार भएको एसियाकै प्रतिष्ठित र ठूलो रेस टिसाइगु ट्रेल रेसको १०५ किलोमिटर दूरी ९ घण्टा ३२ मिनेट ४७ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन् । चिनियाँ धावक दोस्रो र तेस्रो भए । दुई सातामा सुनमायाले चीनमा जितेको यो दोस्रो रेस हो । यसअघि उनले कात्तिक पहिलो साता भएको अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी रेस कीर्तिमानी समयसहित जितेकी थिइन् । यस्तै सुनमाले चीनमा जितेको यो तेस्रो उपाधि हो । उनले गत चैतमा चीनमै भएको गोल्डेन कोस्ट ट्रेल रेसको उपाधि जितेकी थिइन् ।…
१६ कार्तिक, काठमाडौँ । उत्तरी इजरायलमा हिजबुल्लाहले बिहीबार गरेको दुई छुट्टाछुट्टै रकेट आक्रमणमा सात जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार यो हमला महिनौंमा भइरहेका हमलाहरुमध्ये सबैभन्दा घातक दिन साबित भएको छ । इजरायली र थाई अधिकारीहरूका अनुसार लेबनानको सिमानामा रहेको मेतुला सहर नजिकै रकेट प्रहार हुँदा एक इजरायली किसान र चार थाई खेत मजदुरको मृत्यु भएको थियो । त्यसपछि पछि, हाइफाको तटीय सहरको बाहिरी भागमा रहेको किबुट्ज अफेक नजिकैको जैतुनको ग्रोभमा भएको आक्रमणमा एक इजरायली महिला र उनको वयस्क छोराको पनि मृत्यु भएको थियो । हिजबुल्लाहले इजरायली सेनालाई हाइफाको उत्तरी भागमा र मेतुलाको विपरित लेबनानी सहर खियामको दक्षिणतर्फ क्रायोट…
१४ कार्तिक, काठमाडौँ । बंगलादेशले नेपाललाई पराजित गर्दै साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई २-१ गोल अन्तरले पराजित गरेको हो । बंगलादेशले खेलको ८०औं मिनेटमा गोल गर्दै २-१ को अग्रता लिएको हो । यसअघि बंगलादेशले नेपालविरुद्ध १-० गोलको अग्रता लिएकोमा नेपालले केहि मिनेटमै गोल गरेर खेल बराबरी गरेको थियो । खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १-० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी थिइन् । योसँगै बंगलादेशले लगातर दोस्रो पटक साफको उपाधि जितेको छ । बंगलादेशले २०२२ को साफ फाइनलमा पनि नेपाललाई…
१४ कार्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशविरुद्ध नेपालले गोल फर्काएको छ । बंगलादेशले गोल गरेको ४ मिनेटपछि नै नेपालकी अमिशा कार्कीले गोल फर्काएकी हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बंगलादेशले ५२ औं मिनेटमा अग्रता लिएको थियो । बंगलादेशकी मोनिका चक्माले गोल गरेकी थिइन् । त्यसको ४ मिनेटपछि नेपालले गोल फर्काएको हो ।
१२ कार्तिक , काठमाडौँ। काठमाडौंबाट दिल्लीका लागि उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच थालिएको छ। दिल्लीका लागि उड्ने तयारीमा रहेको उक्त जहाजमा बम रहेको सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको विमानस्थलले जनाएको छ। सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै भारतबाट सूचना आएपछि चेकजाँच थालिएको हो। यसअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको हल्ला फैलिएको थियो । तर, जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु भेटिएको थिएन।
११ कार्तिक, झापा । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४-२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । निर्धारित समयमा खेल १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । यसअघि एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । यस अघि भारतले खेलको ७०औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता हासिल गरेको थियो । खेलको ७०औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले नेपालको गोललाई भने मान्यता नदिएपछि नेपालले विरोध गरेको थियो । लामो…
८ कार्तिक, काठमाडौँ । नेपाल समूह विजेता हुँदै काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समुह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी थिइन् भने सावित्रा भण्डारी, अमिषा कार्की, सबिता राना मगर र रश्मी कुमारी घिसिङले एक एक गोल गरेका थिए । यो जितपछि नेपालको समूह बी मा ३ खेलमा ७ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै ४ खेलमा ७ अंक नै भएको भुटान गोल अन्तरको आधारमा उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । त्यसैगरी समुह बी बाट श्रीलंका…
५ कार्तिक, काठमाडौँ । नेपालले साफ महिला च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्ध शानदार जित हासिल गरेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सको पोष्टमा ११ गोल गरेको थियो । नेपालको सामु माल्दिभ्सको टिम निरीह जस्तो देखिएको थियो । नेपालको जितमा रेखा पौडेलले ५ गोल गरेकी थिइन् भने प्रिती राईले ३ गोल गरेकी थिइन् । त्यस्तै अनिता केसी, सबिता राना मगर र अमिशा कार्कीले एक एक गोल गरेका थिए । यो जितपछि समूह बी मा रहेको नेपालको ४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । समूह बी मा भुटानको पनि ४ अंक रहेको छ र गोल अन्तरका आधारमा दोस्रो…
२ आश्विन, काठमाडौं । नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ। टी-२० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको हो । अमेरिकाको डलासस्थित ग्राउण्ड पेरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको हो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ४९ रन बनाए। त्यस्तै दिपेन्द्र सिंह ऐरीले २८, अनिल शाह र आसिफ सेखले २७-२७ रनको योगदान गरे। त्यस्तै गुलशन झाले ११ र कुशल भुर्तेलले १० रन बनाएका थिए। अमेरिकाका लागि सौरभ नेत्राभल्कर, जसदीप सिंह र हर्मित सिंहले २-२ विकेट लिए भने अली खान र नोसथुश केंजिगेले एक एक विकेट लिएका थिए।…
१ कार्तिक , काठमाडौँ । बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ४५ विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। वारेन्ट जारी गरिएकाम पूर्व सत्तारुढ दल अवामी लिगका धेरै शीर्ष नेताहरु रहेको मिडिया रिपोर्टमा उल्लेख छ । उनीहरुमाथि हालैको विद्यार्थी आन्दोलनका क्रममा मानवता विरुद्धको कथित अपराधको आरोप छ । न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारको अध्यक्षतामा रहेको न्यायाधिकरणले अभियुक्तलाई पक्राउ गर्न अभियोजन पक्षले दायर गरेको दुई निवेदनमा यस्तो आदेश दिएको हो । न्यायाधिकरणले शेख हसिनासहित ४६ जनालाई नोभेम्बर १८ सम्ममा पक्राउ गरी पेश गर्न अधिकारीहरूलाई आदेश दिएको छ। बंगलादेशमा विद्यार्थी आन्दोलनमा चरम हिंसा भएको थियो । यस हिंसाका क्रममा…