Skip to main content

नयाँ तृष्णा

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सबैभन्दा विलासी र अकल्पनीय मूल्यको प्रतियोगिता बनेको छ । सम्भवत लियोनेल मेसीको अन्तिम विश्वकप म्याच र लामिन यामलको उदयबीचको यो ऐतिहासिक भिडन्त हेर्न चाहने समर्थकका लागि टिकटको मूल्य यतिसम्म आकाशिएको छ कि खेल सुरु हुन २४ घण्टा पनि बाँकी नहुँदा पुनर्बिक्री (रिसेल) बजारमा एउटा टिकटको मूल्य २३ लाख अमेरिकी डलर अर्थात् करिब ३५ करोड ५३ लाख नेपाली रुपैयाँसम्म पुगेको छ । टिकट विशेषज्ञ स्कट फ्रिडम्यानका अनुसार फिफाले प्रयोग गरेको ‘डाइनामिक प्राइसिङ’ प्रणाली र टिकटहरूलाई चरणबद्ध रूपमा सार्वजनिक गर्ने रणनीतिक चालले नै माग…
Read More
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डिगो मोबाइल एपबाट समेत विश्वकपको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको हो । फाइनल खेल हेर्नबाट कोही पनि वञ्चित हुन नपरोस् भनी हिमालय टिभी व्यवस्थापनले यो निर्णय गरेको कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए । यसअघि हिमालय स्पोर्टस् र डिगो एप सब्स्क्राइब नगरेकाहरूले पनि फाइनल खेल भने नि:शुल्क हेर्न पाउने गरी व्यवस्था गरिएको हो । ‘आजबाट सबै पेवाल हटाएर नि:शुल्क हेर्न पाउने निर्णय गरेका छौं’, कँडेलले भने । नेपाली समय अनुसार, आज राति १२:४५ बजे फिफा विश्वकप–२०२६ को फाइनल…
Read More
मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विकास मञ्चलाई सार्वजनिक सुनुवाइ सञ्चालनको जिम्मा दिएको भए पनि कार्यक्रममा नगरवासीको सहभागिता अत्यन्त न्यून देखिएको थियो। सार्वजनिक सुनुवाइमा अधिकांश सहभागी कर्मचारी, सञ्चारकर्मी तथा केही सीमित व्यक्तिमात्र उपस्थित भएपछि कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठेको छ। सहभागीहरूले सार्वजनिक सुनुवाइ केवल औपचारिकता (कर्मकाण्ड) मा सीमित भएको टिप्पणी गरेका छन्। कार्यक्रमका क्रममा शिक्षा, स्वास्थ्य तथा प्रशासनिक सेवासँग सम्बन्धित विभिन्न समस्याहरू गम्भीर रूपमा उठाइएका थिए। विशेषगरी शिक्षा क्षेत्रका कमजोरीबारे सहभागीहरूले तीखा प्रश्न उठाए पनि नगर शिक्षा प्रमुख होमनाथ भण्डारीले चित्तबुझ्दो जवाफ दिन नसकेको सहभागीहरूको भनाइ थियो। भण्डारीले भने नगरपालिकाले शिक्षा क्षेत्रको सुधार…
Read More
टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

  काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्रयोगकर्तालाई सहयोग पुर्‍याउने उद्देश्यले नयाँ पहलको घोषणा गरेको छ । प्रयोगकर्ताले सुरक्षित डिजिटल अनुभव प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ कम्पनीले जेनेरेटिभ एआईले कन्टेन्ट क्रियट गर्ने र शेयर गर्ने तरिकामा ल्याइरहेको परिवर्तनलाई मध्यनजर गर्दै यस्तो पहल अघि बढाइएको टिकटकले जनाएको छ । आगामी केही साताभित्र टिकटकले नेपालमा एपभित्रै एआई साक्षरता हब सञ्चालनमा ल्याउने भएको छ । प्रयोगकर्ताले एआईसँग सम्बन्धित विषय खोज्दा यो हबमार्फत् शैक्षिक कन्टेन्ट उपलब्ध हुनेछ । यसले एआई-जेनेरेटेड कन्टेन्ट चिन्ने तरिका तथा एआईमा आधारित अनुभवलाई अझ आत्मविश्वासका साथ प्रयोग गर्ने…
Read More
भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भरी सिलिन्डर ग्यास १४.२ केजी बिक्री गर्ने निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको विशेष निर्देशनपछि निगमले यो व्यवस्था मिलाएको हो । यसअघि निगमले २९ फागुनबाट ७.१ केजी मात्र (आधा सिलिन्डर) ग्यास बिक्री वितरण गर्दै आएको थियो । विगत केही समयदेखि ग्यास आपूर्तिमा देखिएका प्राविधिक तथा व्यवस्थापकीय चुनौतीहरू क्रमशः हल हुँदै गएका छन् । निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) का विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट हुने लोडिङ्गको अवस्थामा उल्लेख्य सुधार आएको छ । यसका साथै, आम…
Read More
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना निर्धारण गरेको छ। अदालतले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थीका रूपमा विदेश पठाउने प्रकरणमा रायमाझीलाई ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो। मंगलबार अदालतले सजाय निर्धारण गरेको हो। उनलाई ठगी कसुरमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तथा राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको छ। साथै सोही कसुरमा थप ६ महिनाको कैद सजाय पनि निर्धारण गरिएको…
Read More
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। मेचीनगर–७ का वडा अध्यक्ष प्रलादमणि ओली प्रमुख अतिथि रहनुभएको कार्यक्रममा मेचीनगर–६ का वडा अध्यक्ष ललितबहादुर तामाङ वरिष्ठ अतिथि रहनुभएको थियो। कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष बिना तामाङ तथा सबिना तामाङ ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। संस्थाका सचिव छत्रबहादुर राई (होमराज) ले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष भीमबहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रलादमणि ओली ले "कुनै पनि ढुङ्गामा दान वा भेटी चढाउनुभन्दा असहाय तथा अनाथ बालबालिकाको शिक्षा, पालनपोषण र उज्ज्वल भविष्यका लागि सहयोग…
Read More
के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

  सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन्। तर बाइबलले वास्तवमा के सिकाउँछ ? आज मेरो व्यक्तिगत बाइबल अध्ययनको क्रममा एज्रा २ अध्याय पढ्दै गर्दा एउटा रोचक कुरा भेट्टाएँ। बाबेलको कैदबाट फर्किएका इस्राएलीहरूको नामावलीमा अदोनीकामका सन्तान ६६६ जना थिए (एज्रा २:१३)। यहाँ ६६६ केवल जनगणनाको संख्या हो। यस पदमा यसलाई अशुभ, श्रापित वा दुष्टताको प्रतीक भनिएको छैन। त्यसपछि मलाई प्रकाश १३:१८ सम्झना आयो, जहाँ ६६६ "पशुको संख्या" भनेर उल्लेख गरिएको छ। तर त्यसको सन्दर्भ भविष्यवाणीको हो। त्यहाँ ६६६ परमेश्वरको विरोध गर्ने शक्तिको प्रतीकका रूपमा प्रयोग गरिएको छ, कुनै पनि…
Read More
घर फर्किएका चार सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण

घर फर्किएका चार सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण

कृष्ण सिंजाली (झापा), सन् २०२६ को असारको अन्तिम दिन। भारतको कोलकातास्थित नेपालको महावाणिज्यदूतावासमा एउटा औपचारिक पत्र तयार हुँदै थियो। त्यो पत्र कुनै व्यापारिक सम्झौता वा कूटनीतिक निर्णयका लागि थिएन। त्यस पत्रले चार जना नेपाली बालबालिकाको जीवनमा नयाँ अध्याय सुरु हुने शुभसन्देश बोकेको थियो। पत्रमा चार नाम थिए—मीना विश्वकर्मा (१६) र सीमा मुर्मु (१३),( दुवै झापा) सुरज जोगी (१४), (मोरङ ) तथा माया तामाङ (१७), (नुवाकोट)। (बालबालिकाको गोपनीयताका लागि सबै नाम र ठेगाना परिवर्तन गरिएको हो।) कागजमा लेखिएका ती नाम सामान्य देखिन्थे, तर प्रत्येक नामभित्र एउटा छुट्टै कथा लुकेको थियो—बिछोडको पीडा, अनिश्चित भविष्य र आफ्नै परिवारसँग फेरि भेट्ने गहिरो चाहना। यी…
Read More
IGBVRN परियोजनाअन्तर्गत हिंसा प्रभावितका लागि अत्यावश्यक सामग्री हस्तान्तरण

IGBVRN परियोजनाअन्तर्गत हिंसा प्रभावितका लागि अत्यावश्यक सामग्री हस्तान्तरण

प्रहरी कार्यालय र सुरक्षित आवास गृहलाई १३ प्रकारका राहत सामग्री उपलब्ध इट्टाभट्टा  । मेचीनगर नगरपालिकाले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि सञ्चालित एकीकृत सेवा पहुँच परियोजना (IGBVRN) अन्तर्गत हिंसा प्रभावित महिला, बालबालिका तथा किशोरीहरूको तत्काल राहत, संरक्षण र सम्मानजनक सेवा सुनिश्चित गर्ने उद्देश्यले अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ। विश्व बैंकको अनुदान सहयोग तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित उक्त परियोजनाअन्तर्गत १३ प्रकारका आधारभूत आवश्यक सामग्री इलाका प्रहरी कार्यालय काँकरभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी तथा सुरक्षित आवास गृह (आफन्त नेपाल), काँकरभिट्टालाई हस्तान्तरण गरिएको हो। हिंसा प्रभावित व्यक्तिहरू संरक्षणको खोजीमा सबैभन्दा पहिले पुग्ने सेवा केन्द्रहरूलाई लक्षित गरी ठूला तौलिया, ब्ल्याङ्केट,…
Read More