काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भरी सिलिन्डर ग्यास १४.२ केजी बिक्री गर्ने निर्णय गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको विशेष निर्देशनपछि निगमले यो व्यवस्था मिलाएको हो । यसअघि निगमले २९ फागुनबाट ७.१ केजी मात्र (आधा सिलिन्डर) ग्यास बिक्री वितरण गर्दै आएको थियो । विगत केही समयदेखि ग्यास आपूर्तिमा देखिएका प्राविधिक तथा व्यवस्थापकीय चुनौतीहरू क्रमशः हल हुँदै गएका छन् । निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) का विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट हुने लोडिङ्गको अवस्थामा उल्लेख्य सुधार आएको छ । यसका साथै, आम…
काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना निर्धारण गरेको छ। अदालतले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थीका रूपमा विदेश पठाउने प्रकरणमा रायमाझीलाई ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो। मंगलबार अदालतले सजाय निर्धारण गरेको हो। उनलाई ठगी कसुरमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तथा राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको छ। साथै सोही कसुरमा थप ६ महिनाको कैद सजाय पनि निर्धारण गरिएको…
मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। मेचीनगर–७ का वडा अध्यक्ष प्रलादमणि ओली प्रमुख अतिथि रहनुभएको कार्यक्रममा मेचीनगर–६ का वडा अध्यक्ष ललितबहादुर तामाङ वरिष्ठ अतिथि रहनुभएको थियो। कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष बिना तामाङ तथा सबिना तामाङ ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। संस्थाका सचिव छत्रबहादुर राई (होमराज) ले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष भीमबहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रलादमणि ओली ले "कुनै पनि ढुङ्गामा दान वा भेटी चढाउनुभन्दा असहाय तथा अनाथ बालबालिकाको शिक्षा, पालनपोषण र उज्ज्वल भविष्यका लागि सहयोग…
सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन्। तर बाइबलले वास्तवमा के सिकाउँछ ? आज मेरो व्यक्तिगत बाइबल अध्ययनको क्रममा एज्रा २ अध्याय पढ्दै गर्दा एउटा रोचक कुरा भेट्टाएँ। बाबेलको कैदबाट फर्किएका इस्राएलीहरूको नामावलीमा अदोनीकामका सन्तान ६६६ जना थिए (एज्रा २:१३)। यहाँ ६६६ केवल जनगणनाको संख्या हो। यस पदमा यसलाई अशुभ, श्रापित वा दुष्टताको प्रतीक भनिएको छैन। त्यसपछि मलाई प्रकाश १३:१८ सम्झना आयो, जहाँ ६६६ "पशुको संख्या" भनेर उल्लेख गरिएको छ। तर त्यसको सन्दर्भ भविष्यवाणीको हो। त्यहाँ ६६६ परमेश्वरको विरोध गर्ने शक्तिको प्रतीकका रूपमा प्रयोग गरिएको छ, कुनै पनि…
कृष्ण सिंजाली (झापा), सन् २०२६ को असारको अन्तिम दिन। भारतको कोलकातास्थित नेपालको महावाणिज्यदूतावासमा एउटा औपचारिक पत्र तयार हुँदै थियो। त्यो पत्र कुनै व्यापारिक सम्झौता वा कूटनीतिक निर्णयका लागि थिएन। त्यस पत्रले चार जना नेपाली बालबालिकाको जीवनमा नयाँ अध्याय सुरु हुने शुभसन्देश बोकेको थियो। पत्रमा चार नाम थिए—मीना विश्वकर्मा (१६) र सीमा मुर्मु (१३),( दुवै झापा) सुरज जोगी (१४), (मोरङ ) तथा माया तामाङ (१७), (नुवाकोट)। (बालबालिकाको गोपनीयताका लागि सबै नाम र ठेगाना परिवर्तन गरिएको हो।) कागजमा लेखिएका ती नाम सामान्य देखिन्थे, तर प्रत्येक नामभित्र एउटा छुट्टै कथा लुकेको थियो—बिछोडको पीडा, अनिश्चित भविष्य र आफ्नै परिवारसँग फेरि भेट्ने गहिरो चाहना। यी…
प्रहरी कार्यालय र सुरक्षित आवास गृहलाई १३ प्रकारका राहत सामग्री उपलब्ध इट्टाभट्टा । मेचीनगर नगरपालिकाले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि सञ्चालित एकीकृत सेवा पहुँच परियोजना (IGBVRN) अन्तर्गत हिंसा प्रभावित महिला, बालबालिका तथा किशोरीहरूको तत्काल राहत, संरक्षण र सम्मानजनक सेवा सुनिश्चित गर्ने उद्देश्यले अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ। विश्व बैंकको अनुदान सहयोग तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित उक्त परियोजनाअन्तर्गत १३ प्रकारका आधारभूत आवश्यक सामग्री इलाका प्रहरी कार्यालय काँकरभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी तथा सुरक्षित आवास गृह (आफन्त नेपाल), काँकरभिट्टालाई हस्तान्तरण गरिएको हो। हिंसा प्रभावित व्यक्तिहरू संरक्षणको खोजीमा सबैभन्दा पहिले पुग्ने सेवा केन्द्रहरूलाई लक्षित गरी ठूला तौलिया, ब्ल्याङ्केट,…
\ काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई तथा विभिन्न पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा भइरहेको छ। आज हिमाली र पहाडी क्षेत्रका केही स्थान तथा तराईका विभिन्न भागमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
नेपाल कृषिप्रधान देश हो। यहाँको अधिकांश जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि पेशामा निर्भर छ। कृषिको मेरुदण्ड मानिने धान खेतीको सुरुवात हुने विशेष दिन असार १५ लाई नेपालभर राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन का रूपमा हर्षोल्लासका साथ मनाइन्छ। यो दिन किसानको मेहनत, पसिना र आशाको सम्मान गर्ने दिन हो। असार महिनामा मनसुन सक्रिय भएसँगै धान रोपाइँको मुख्य समय सुरु हुन्छ। खेतमा किसानहरू हिलोमा रमाउँदै धान रोप्ने, गीत गाउने र एकअर्कालाई सहयोग गर्ने दृश्यले गाउँघरलाई उत्सवमय बनाउँछ। यसले नेपाली समाजमा सहकार्य, एकता र श्रमको महत्वलाई झल्काउँछ। यस दिन दही र चिउरा खाने परम्पराको आफ्नै सांस्कृतिक तथा स्वास्थ्यसम्बन्धी महत्व…
काठमाडौं । बेल्जियमले न्युजिल्यान्डलाई ५–१ गोलले पराजित गर्दै विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। भ्यानकुभरमा भएको खेलमा लिएन्ड्रो ट्रोसार्डले दुई तथा केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सेलेमेकर्सले एक–एक गोल गरे। समूह ‘जी’मा पाँच अङ्कसहित बेल्जियम समूह विजेता बनेको छ भने इजिप्ट उपविजेताका रूपमा नकआउट चरणमा पुगेको छ। इरान तेस्रो र न्युजिल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ। प्रतिक्रिया
झापा । मेचीनगर–६ स्थित काँकरभिट्टा माविको खेल मैदानमा आगामी साउन ९ देखि १६ गतेसम्म ‘दिव्यज्योति काँकरभिट्टा च्याम्पियन्स कप–२०८३’ आयोजना हुने भएको छ । काँकरभिट्टा युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको जानकारी आयोजकले शनिबार पत्रकार सम्मेलनमार्फत दिएको हो । आयोजकका अनुसार प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी हुनेछन् । भारतबाट जर्जिएन फुटबल क्लब कालेम्पोङ र कञ्चनजंघा फुटबल क्लब सिलिगुढी सहभागी हुँदैछन् । नेपालबाट बिर्तामोड युनाइटेड (झापा), रेडहर्स फुटबल क्लब (इलाम), एपीएफ पकली, उर्लाबारी फुटबल क्लब, धरान एन्फा एकेडेमी तथा आयोजक काँकरभिट्टा युवा क्लब मेचीनगर प्रतिस्पर्धामा उत्रिनेछन् । प्रतियोगिताको विजेताले नगद रु. १ लाख १ हजार १ सयसहित ट्रफी प्राप्त…