नयाँ तृष्णा

माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु

माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु

माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु

१६ भाद्र, नेपालगन्ज । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदशस्तरीय परामर्श बैठक आजदेखि नेपालगञ्जमा सुरु भएको छ । भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको माओवादी केन्द्र लुम्बिनी प्रदेशले जनाएको छ । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो । जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशको बैठक सम्पन्न भइसकेको छ । बैठकको सुरुमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेर सम्बन्धित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको राय सुझाव लिने गरेका छन् । बैठकमा उपमहासचिवसम्मका…
Read More
सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु

सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु

१५ भाद्र, सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा आज शनिवार चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मरिण गाउँपालिका वडा नम्बर ७ मरिण खोला नजिकै महेश्वताको पुच्छार चौरीमा गाईवस्तु चराई रहेका ६५ बर्षका चन्द्र बहादुर माझीको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर गम्भिर घाईते भएका माझीलाई उपचारको लागि कपिलाकोट प्राथमिक स्वास्चा केन्द्रमा ल्याए पनि डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कपिलाकोटकाका ईन्चार्ज इनिस्पेक्टर धर्मराज खत्रीले जानकारी दिए । जिल्लाको मरिण र हरिहरपुरगढी क्षेत्र चट्याङको जोखिम क्षेत्रमा पर्दछ । गएको भदौं १० गते सोमवार हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ माडिमा धानको झार गोड्ने क्रममा चट्याङ लागेर वडा नम्बर…
Read More
पारा ओलम्पिकमा नेपालकी पलेशाले जितिन् ऐतिहासिक काँस्य पदक

पारा ओलम्पिकमा नेपालकी पलेशाले जितिन् ऐतिहासिक काँस्य पदक

१५ भाद्र, काठमाडौँ । नेपालकी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन्। पलेशाले पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जित्दै इतिहास रचेकी हुन्। उनी कुनै पनि ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छन्। पलेशाले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराएर कांस्य पदक जितेकी हुन्। रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २-१ को स्कोरमा पराजित गरेकी थिइन्। सेमिफाइनलमा भने पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलकी सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०-८ ले पराजित भइन्। त्यसअघि शुक्रबार नै उनले क्वार्टरफाइनलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० को फराकिलो अन्तरले पराजित…
Read More
लागू औषध दुव्र्यसनीको अन्त्य, लागू औषध मुक्त समाज कसरी बनाउने

लागू औषध दुव्र्यसनीको अन्त्य, लागू औषध मुक्त समाज कसरी बनाउने

१४ भाद्र, मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाको आयोजनामा शुक्रबार इप्रकाको सभाहलमा मेचीनगर नगरपालिका वडा नं ६ का टोल विकास संस्थाहरुको प्रतिनिधिमूलक सहभागितामा चिन्ता लागू औषधको १ कसरी गर्ने नियन्त्रण ? भन्ने मूल बिषयमा अन्तरकृया सम्पन्न भयो । नागरिक र प्रहरीको सहकार्यमा कसरी लागू औषध दुव्र्यसनी मुक्त समाज बनाउने विषयमा सहभागिहरुले आफ्ना विचार राखेका थिए । कार्यक्रमको सहजीकरण मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले गरेका थिए भने इप्रका काँकरभिट्टाका प्रहरी नायब उपरिक्षक मीमबहादुर लामाले नागरिक र प्रहरीको सकार्यका विषयमा आफ्ना भनाई राखेका थिए ।
Read More
माओवादीले फिर्ता लियो कोशी सरकारलाई दिएको समर्थन

माओवादीले फिर्ता लियो कोशी सरकारलाई दिएको समर्थन

१४ भाद्र, काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार माओवादी कोशी प्रदेश संसदीय दलले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो । केन्द्रमा कांग्रेस-एमाले को गठबन्धन बनेपछि कोशीमा एमालेकै सरकार रहेपनि कांग्रेस भने अहिलेसम्म सरकारमा गएको छैन । आपसी भागबण्डामा कुरा नमिलेको भन्दै काँग्रेसले सरकारमा जान आनाकानी गरिरहेको छ ।
Read More
नेपालमा भ्रष्टाचार पक्षधर विरुद्धको अन्तिम युद्ध गर्ने, माओवादी नेता तामाङ

नेपालमा भ्रष्टाचार पक्षधर विरुद्धको अन्तिम युद्ध गर्ने, माओवादी नेता तामाङ

१४ भाद्र, मेचीनगर । माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङले अब माओवादी केन्द्रले नेपालमा भ्रष्टाचार पक्षधर विरुद्धको अन्तिम युद्ध गर्ने बताएका छन् ।  योङ कम्युनिस्ट लिग नेपाल मेचीनगरको सातौं सम्मेलनको प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य तामाङले माओवादीको क्रान्तिबाट ब्यवस्था बदलेको र अब अवस्था बदल्न भ्रष्टाचार विरुद्ध अन्तिम संघर्ष गर्नुपर्ने बताएका हुन् । युवा नेता तामाङले सबै भ्रष्टाचार जोगाउन र भ्रष्टाचारीलाई उन्मुक्ति दिन एमाले-काङ्ग्रेस गठबन्धन भएको भन्दै समाजका टोलटोल र केन्द्रमा भएको भ्रष्टाचारलाई परास्त गर्दै सुशासनका लागि संघर्ष हुने बताएका थिए । अवस्था बदल्नका लागि युवाको ढुकढुकी `वाइसीएल´ महत्त्वपुर्ण योगदान हुनुपर्नेमा जोड दिएका थिए । उनले भने, अब…
Read More
योङ कम्युनिष्ट लिग नेपाल मेचीनगरको अध्यक्षमा दिपक राई

योङ कम्युनिष्ट लिग नेपाल मेचीनगरको अध्यक्षमा दिपक राई

१४ भाद्र, मेचीनगर । योङ कम्युनिष्ट लिग नेपाल मेचीनगरको अध्यक्षमा दिपक राईसहित ५१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । नेपाल मेचीनगरको सातौं सम्मेलनबाट उपाध्यक्ष राजेश गुरुङ, दीपेश मेचे, रिजेश कार्की, सचिवमा सुबम खड्का सहसचिवमा बरुण राजबंशी, रमेश बाँस्तोला, उपाध्यक्ष रन्जिना वर्देवा सर्वसम्मत भएका हुन् । त्यसैगरी देबेन्द्र दाहाल, रबिन पराजुली, राम राजबंशी, बिष्णु, भट्टराई, लक्ष्मी आचार्य, तुलसी आचार्य, हेम थापा लगायत सदस्यमा चयन भएका छन् ।  राजु निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  माओवादी केन्द्रका केन्द्रिय सदस्यीय रन्जित तामाङ, झापा संयोजक राजु आचार्य अग्नि, सचीव मोहन टुडु, वाइसीएलका जिल्ला इन्चार्ज निशान मगार, प्रदेश सदस्य प्रकाश भण्डारी, डिल्लीराम घिमिरेलगायतले सम्बोधन गरेको कार्यक्रममा…
Read More
न्यूयोर्क फेसन विकमा नेपालकी स्मिता छनोट

न्यूयोर्क फेसन विकमा नेपालकी स्मिता छनोट

१४ भाद्र, काठमाडौं ।  विश्वचर्चित फेसन विक न्यूयोर्क कटोअर फेसन विक–२०२४ मा नेपाली फेसन डिजाइनर स्मिता राई पनि छनोट भएकी छन्। स्मिता अमेरिकाको फेसन सिटीको रूपमा चिनिएको न्यूयोर्क सहरमा आगामी सेप्टेम्बर १४ देखि हुने न्यूयोर्क कुटोअर फेसन विकका लागि छनोट भएकी हुन्। यससँगै अब फेसन डिजाइनर स्मिताले तयार पारेका क्रियटिभ परिहनमा हलिउडका चर्चित मोडलहरूले क्याटवाक गर्नेछन्। विख्यात फेसन डिजाइनर तथा मोडलहरूको प्रस्तुति रहने उक्त फेसन सप्ताहको ४०औँ संस्करण न्यूयोर्कस्थित एन्जल ओरेन्सान्ज फाउन्डेशन हलमा आयोजना हुँदैछ। हलिउडकै चर्चित फेसन शोमध्ये पर्ने उक्त फेसन सप्ताहमा छनोट हुने स्मिता एकमात्र नेपाली फेसन डिजाइनर हुन्। इटहरीकी स्मिताले नेपालको चर्चित फेसन इस्न्टिच्युट आईआईएफटी स्कुल अफ…
Read More
बिर्ताबजारको सुधार केन्द्रमा अभिभावकमाथि निर्घात कुटपिट: घाइतेलाई बिएण्डसी मा भर्ना

बिर्ताबजारको सुधार केन्द्रमा अभिभावकमाथि निर्घात कुटपिट: घाइतेलाई बिएण्डसी मा भर्ना

१४ भाद्र, बिर्तामोड । झापाको बिर्तामाेड ३, बिर्ताबजार स्थित नयाँ सृष्टि प्रतिस्ठान नामक सुधारकेन्द्रमा राखेका आफन्तलाई लिन जाँदा त्यहाका सञ्चालक र कर्मचारीले एक महिलासहित तीनजनालाई निर्घात कुटपिट गरेका छन् । गत बुधबारको घटनाबाट घाइते भएका तीनैजनाको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । स्थानीय आकाश खड्काले सञ्चालन गरेको सुधार केन्द्रमा भएको कुटपिटबाट अर्जुनधारा–१ की सविना तामाङ, बिर्तामोड–५ का मनकुमार खुदाङग र बाबुराम योङहाङ घाइते भएका हुन् । घटना अनुसार सविनाको देवर मदन तामाङलाई ६ महिना अघि सो पुनस्र्थापना केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो । पीडित परिवारका अनुसार घाइतेमध्ये मनकुमारको मेरुदण्डमा चोट लागेको छ । सञ्चालक खड्कासँग हरहिसावका बारेमा प्रश्न…
Read More
माओवादी युद्धकालकै बम छुटेकाे अनुमान: पाँचथरमा ग्रिनेड पड्किँदा एकै घरका दुई नाबालकको मृत्यु

माओवादी युद्धकालकै बम छुटेकाे अनुमान: पाँचथरमा ग्रिनेड पड्किँदा एकै घरका दुई नाबालकको मृत्यु

१४ भदौ, झापा । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा ग्रिनेड विष्फोट हुँदा एकै घरका दुई नाबालकको मृत्यु भएको छ । पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दिलिप साँवाकी अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । प्रिन्साको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा मृत्यु भएको हो । आइतराज केरुङको घरमा बिहीबार साढे ३ बजेतिर बम विष्फोट भएको थियो । दिलिपको परिवार केरुङको घरमा बस्दै आएको थियो । विष्फोटमा उनका चार छोरा–छोरी घाइते भएका थिए । घाइतेमध्ये प्रिन्सा र दिप्सनको मृत्यु भएको हो । ९ वर्षीय छोरा पवन र अर्का एक बालकको…
Read More