Skip to main content

नयाँ तृष्णा

बिर्ताबजारको सुधार केन्द्रमा अभिभावकमाथि निर्घात कुटपिट: घाइतेलाई बिएण्डसी मा भर्ना

Advertisement

१४ भाद्र,

बिर्तामोड । झापाको बिर्तामाेड ३, बिर्ताबजार स्थित नयाँ सृष्टि प्रतिस्ठान नामक सुधारकेन्द्रमा राखेका आफन्तलाई लिन जाँदा त्यहाका सञ्चालक र कर्मचारीले एक महिलासहित तीनजनालाई निर्घात कुटपिट गरेका छन् ।

गत बुधबारको घटनाबाट घाइते भएका तीनैजनाको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

स्थानीय आकाश खड्काले सञ्चालन गरेको सुधार केन्द्रमा भएको कुटपिटबाट अर्जुनधारा–१ की सविना तामाङ, बिर्तामोड–५ का मनकुमार खुदाङग र बाबुराम योङहाङ घाइते भएका हुन् । घटना अनुसार सविनाको देवर मदन तामाङलाई ६ महिना अघि सो पुनस्र्थापना केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो । पीडित परिवारका अनुसार घाइतेमध्ये मनकुमारको मेरुदण्डमा चोट लागेको छ ।

सञ्चालक खड्कासँग हरहिसावका बारेमा प्रश्न उठाउँदा अश्लिल शब्दले गाली गलौज गर्दै एक्कासी कुटपिट गरेको पीडितले बताएका छन् । खड्कासहित पुनस्र्थापना केन्द्रका ८,९ जना कामदार खनिएर कुटपिट गरेको उनले बताइन् । आफन्त तीनजनालाई कुटपिट गरेपछि उपचारमा आएका मदन तामाङलाई भने खड्काले घर पठाएको छ ।

खड्काले आफन्त लिन आएको समयमा तामाङ परिवारसँग सामान्य बिवाद मात्र भएको बताए । ‘ईलाका प्रहरी कार्यालयमा कुटपिटको जाहेरी हाल्नु भएको छ अरे, म अहिले ईलाका आएको छु–खड्काले भने–‘उहाँहरु उपचार गर्न जानुभएको छ भन्ने सुनेको छु, त्यो उहाँहरुको कुरा हो, बाँकी कुरा त्यहाँ रहेको सिसि क्यामेराको फुटेज हेर्दा हुन्छ । उनले कुटपिट गरेको बिषय अस्विकार गरेका छन् ।

आकाश खड्का नेपाली काँग्रेस कोशी प्रदेश सदस्य मिरा खड्काको छोरा भएकोले प्रशासनले राजनीतिक दबाबमा कार्बाही गर्न नखोजेको भन्दै आफुहरुले न्याय नपाए सडक आन्दोलनमा जाने घाइते मनकुमार खुदाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...