नयाँ तृष्णा

विहारमा एक युवकले टोक्दा सर्प मर्यो, सर्पले टोकेका युवक सुरक्षित

विहारमा एक युवकले टोक्दा सर्प मर्यो, सर्पले टोकेका युवक सुरक्षित

विहारमा एक युवकले टोक्दा सर्प मर्यो, सर्पले टोकेका युवक सुरक्षित

२३ असार, झापा ।  विहारका एक युवकको टोकाइबाट सर्प मरेको छ । बिहारका सन्तोष लोहारले सर्प टोकेका थिए । बिहारका सन्तोष लोहारले टोक्दा सर्प मरेको हो। लोहारले टोक्नुअगाडि सर्पले लोहारलाई टोकेको थियो। सर्पले टोकेपछि सर्पलाई दोब्बर टोक्दा सर्पको विष नलाग्ने त्यहाँको मान्यता छ। मानिसको शरीरमा रहेको विष सर्पलाई टोक्दा सर्पको शरीरमा फिर्ता हुने स्थानीयको मान्यता छ। भारतीय मिडियाका अनुसार रेलवे निर्माण क्षेत्रको राजौलीमा लोहारलाई सर्पले त्रिपालभित्र छिरेर टोकेको थियो। रजौली थाना क्षेत्रको जंगली इलाकामा रेलवे लाइन बिछ्याउने काम चलिरहेको छ। मंगलवार राती सवै मजदूरहरु सुतिरहेका थिए। यसैवेला सन्तोषलाई सर्पले टोक्यो। त्यसपछि रिसाएका उनले सर्पलाई पनि २ पटक टोकिदिए। उनले यसरी…
Read More
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत फेस गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत फेस गर्ने

असार २३,मकवानपुर ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत फेस गर्ने भएका छन् । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको आइतबार काठमाडौंमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । माओवादी केन्द्र बागमती प्रदेश कमिटीका अध्यक्ष एवं प्रदेश सांसद सरल सहयात्रीले विश्वासको मत फेस गरेर जाने निर्णय भएको जानकारी दिए । उनले प्रदेशमा एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि बाँकी सत्तासाझेदार दलहरूसँग छलफल गरेर थप निर्णय लिने बताए । नेता सरलले मुख्यमन्त्रीले विश्वासको मत कहिले लिने भन्ने कुराको टुंगो भने नलागेको बताए । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्रै प्रदेशमा विश्वासको मत लिने उनको भनाइ छ । मुख्यमन्त्री जम्कट्टेल काठमाडौंमा रहेकाले…
Read More
झापाको कचनकवलमा जोत्न लगेको गोरु करेन्ट लागेर मर्‍यो

झापाको कचनकवलमा जोत्न लगेको गोरु करेन्ट लागेर मर्‍यो

कचनकवल, २३ असार । झापा कचनकवल गाउँपलिकामा करेन्ट लागेर एक वटा गोरुको मृत्यु भएको छ । कचनकवल गाउँपलिका–६ मुस्लिम बस्तिमा सडक नजिकमा रहेको विद्युतीय ट्रान्सफर्मरसहितको पोलमा करेन्ट प्रवाह हुँदा आज बिहान सोही स्थानका लक्ष्मीनारायण राजवंशीको गोरु खेतमा जोत्नलाई लाने क्रममा एक वटा गोरुलाई करेन्ट लागि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Read More
भोलिदेखि वर्षाको मात्रा कम हुने, कोशी र गण्डकीमा भारी वर्षाको पूर्वानुमान

भोलिदेखि वर्षाको मात्रा कम हुने, कोशी र गण्डकीमा भारी वर्षाको पूर्वानुमान

असार २३ गते, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले भोलि, सोमबारदेखि हिजो र आजको तुलनामा कम पानी पर्ने जनाएको छ । महाशाखाले सोमबारदेखि न्यून चापिय रेखा दक्षिणतिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी हुने बताएको हो । महाशाखाले भोलि कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरेको छ । अन्य प्रदेशमा भने हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । त्यसकारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम पूरै नघट्ने, खहरे खोलामा पानीको सतह बढ्ने भएकाले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।
Read More
प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौँ : एकीकृत समाजवादी

प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौँ : एकीकृत समाजवादी

काठमाडौँ ,असार २३। नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने निश्चित रहेपनि विश्वासको मत दिने भएको छ । आइतबार पार्टी केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता जगन्नाथ खतिवडाले प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित रहेपनि एकीकृत समाजवादीले विश्वासको मत दिने जानकारी दिएका हुन् । उनले भने- ‘सरकारको बारेमा हामीले केही निर्णय गरेका छैनौँ । सुन्दैछौं २८ गते विश्वासको मत लिने निर्णय भएको छ । स्वाभाविक गतिलाई हेर्दा सरकारले विश्वासको मत प्राप्त गर्दैन, सरकार ढल्छ भन्ने देखिन्छ । हामी सरकारलाई विश्वासको मत दिन्छौँ ।’ यस अघि गठबन्धनमा रहेका नेकपा एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी\ले सरकारलाई दिएको…
Read More
सप्तकोशीमा पानीको बहाव उच्च, सबै ढोका खोलियो

सप्तकोशीमा पानीको बहाव उच्च, सबै ढोका खोलियो

विराटनगर ,असार २३। अविरल वर्षाका कारण पानीकाे बहाव बढेपछि सप्तकोशी ब्यारेजका  सबै ढोका खोलिएको छ । भारतको नियन्त्रणमा रहेको पलुमा ५६ वटा ढोका छन् । आज बिहान ९ बजेको मापनपछि ५६ वटै ढोका खोलेको हो । यो वर्षकै बहाव उच्च भएपछि कोशीका ५६ वटै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार आज बिहान ९ बजेपछि ३ लाख ६८ हजार क्युसेक पानीकाे बहाव मापन भएको छ । सप्तकोशी नदीको बाढीले खतराको संकेत पार गरेपछि स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।    
Read More
उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आह्वान

उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आह्वान

असार २३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । साथै उनले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा उनले अनुरोध गरेका छन् । सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेको भन्दै उनले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अपिलसमेत गरेका छन् ।  
Read More
गुजरातमा ६ तले भवन भत्किँदा ७ जनाको मृत्यु

गुजरातमा ६ तले भवन भत्किँदा ७ जनाको मृत्यु

एजेन्सी । असार २३, गुजरातको सूरतमा एक भवन भत्किँदा ७ जनाको मृत्यु भएको छ। भारतको गुजरातस्थित सुरतको सचिन पाली गाउँमा रहेको ६ तले भवन शनिबार दिउँसो भत्किएको हो। १२ घण्टा देखि चलिरहेको उद्धार अभियानमा ७ वटा शव निकालिएको छ भने भत्किएको भवनको भग्नावशेष हटाउने काम जारी रहेको जिल्ला डीएसपी राजेश परमारले जानकारी दिए। घटनाको समयमा ठूलो आवाज आएकाले स्थानीय मानिसहरूले भूकम्प आएको ठानेका थिए।
Read More
मेचीनगरको सार्वजनिक सुनुवाई असार २७ गते हुने

मेचीनगरको सार्वजनिक सुनुवाई असार २७ गते हुने

मेचीनगर, असार २३ । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई असार २७ गते हुने भएको छ । नगरपालिका कार्यालयले एक सूचना जारी गरी सार्वजनिक सुनुवाई असार २७ गते गर्ने जानकारी दिएको हो । प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर गरी जारी गरिएको असार २७ गते दिउँसो १ बजे नगरपालिकाकै सभाहलमा सार्वजनिक सुनुवाई हुने उल्लेख गरिएको छ । सार्वजनिक सुनुवाईमा उपस्थीत हुन सबै नगरबासीहरुमा अनुरोध समेत गरिएको छ । यसअघि असार २० गते सार्वजनिक सुनुवाई गर्ने भनिए पनि पर्याप्त सूचना नभएको भन्दै सोही दिन बिहान नगरपालिकाले कार्यक्रम स्थगित गरेको थियो ।
Read More
ओलीको निवासमा सुरक्षाका लागि खटिएका इन्स्पेक्टर उमेश थापाको मृत्यु

ओलीको निवासमा सुरक्षाका लागि खटिएका इन्स्पेक्टर उमेश थापाको मृत्यु

काठमाडौं, असार २२, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सुरक्षाका लागि खटिएका सुरक्षा प्रमुख सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ । शनिबार बिहान ५ बजे सुतिरहेकै ठाउँमा हृदयघात भएपछि अस्पताल लगिएको थियो । भक्तपुर अस्पताल पुर्‍याइएलगतै चिकित्सकले मृत घोषणा गरेको हो । ४३ वर्षीय इन्स्पेक्टर थापाको हृदयघात भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जनकारी दिए  ।
Read More