नयाँ तृष्णा

बुद्धशान्तिमा असाेज १७ देखि मिडिया कप हुने

बुद्धशान्तिमा असाेज १७ देखि मिडिया कप हुने

बुद्धशान्तिमा असाेज १७ देखि मिडिया कप हुने

५ आश्विन , झापा । बुद्धशान्ति प्रेस क्लबले झापा मिडिया कप २०८१ को आयोजना गर्ने भएको छ । प्रतियोगितामा झापाका ६ वटा पालिकास्तरका प्रेस क्लब र नेपाल खेलकुद पत्रकार मञ्च झापाको टिम सहभागी रहने क्लबका अध्यक्ष तीर्थ तिम्सिनाले बताए । उनका अनुसार प्रतियोगितामा आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचीनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा गर्ने छ । त्यस्तै पत्रकार मञ्च दमक र खेलकुद पत्रकार मञ्च झापा सहभागी हुनेछन् । प्रतियोगिताको प्रथम पुरस्कार ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद २५ हजार रहेको छ । त्यस्तै द्वितिय पुरस्कार पनि ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद १५ हजार रहेको खेल संयोजक नारायण…
Read More
समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समिति झापाको अध्यक्षमा धर्मराज घिमिरे

समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समिति झापाको अध्यक्षमा धर्मराज घिमिरे

५ आश्वि, मेचीनगर । समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समिति झापाको अध्यक्षमा धर्मराज घिमिरे चयन भएका छन् । शनिबार सम्पन्न पाँचौँ महाधिवेशनबाट १५ सदस्यीय समितिको उपाध्यक्षमा गङ्गाप्रसाद संग्रौला, सचिवमा अनिस काफ्ले, उपसचिवमा सृजना कट्टेल र कोषाध्यक्षमा निलादेवि भट्टराई चयन भएका छन् । त्यसैगरी, सदस्यहरुमा विश्व बिजय घिमिरे, कमल पोख्रेल, दुर्गाबहादुर खड्का, नगेन्द्र कुमार म्याङ्बो, मिना गिरी, रितादेवी नेपाल, गोपाल तामाङ, विष्णु श्रेष्ठ, खगेन्द्रकुमार नौपाने, नवराज भट्टराई चयन भएको निर्वाचन अधिकृत अजय घिमिरेले जानकारी दिए । अध्यक्ष धर्मराज घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य मणि…
Read More
संघीय लिम्बुवान सामाजिक मञ्च युएईले विदेशबाट मतदान गर्न पाउने व्यवस्था हुनुपर्ने माग

संघीय लिम्बुवान सामाजिक मञ्च युएईले विदेशबाट मतदान गर्न पाउने व्यवस्था हुनुपर्ने माग

 ५ आश्विन, झापा । संघीय लिम्बुवान सामाजिक मञ्च युएईले विदेशबाट पनि मतदान गर्न पाउने व्यवस्था हुनुपर्ने माग गरेको छ। संविधान दिवशको शन्दर्भ पारेर युएई स्थित नेपाली राजदुतावासका राजदुत तेज बहादुर क्षेत्रीलाई ज्ञापन पत्र बुझाउदै संघीय लिम्बुवान सामाजिक मञ्च युएईले विदेशबाट पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने अधिकारको सुनिश्चित हुनुपर्ने माग गरेको हो। सो अवशरमा मञ्चले राजदुत क्षेत्रीलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक द्वारा लिखित समानुपातिक प्रणाली रक्षा गरौं अभियान सम्बन्धी पुस्तिका समेत हस्तान्तरण गरेको थियो। ज्ञापन पत्र बुझाउने कार्यक्रममा संघीय लिम्बुवान सामाजिक मञ्च युएईका प्रमुख सल्लाहकार, नेफिन युएईका अध्यक्ष एवंम् किरात याक्थुङ चुम्लुङ युएईका सल्लाहकार बिक्रम पन्धाक…
Read More
धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

४ आश्विन, काठमाडौं । धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार साँझ ५ बजेर १६ मिनेटमा धादिङको चैनपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । ३.८ म्याग्निच्युडको भूकम्पको धक्का आसपासको क्षेत्रमा सामान्य महसुस भएको थियो ।
Read More
पृथ्वीले १० मिटरको नयाँ चन्द्रमा पायो, २ महिना पृथ्वीको परिक्रमा गरेर सूर्यतिर फर्किने

पृथ्वीले १० मिटरको नयाँ चन्द्रमा पायो, २ महिना पृथ्वीको परिक्रमा गरेर सूर्यतिर फर्किने

४ आश्विन , काठमाडौं । पृथ्वीले सानो चन्द्रमा पाएको छ । यो करिब साढे दुई महिना पृथ्वीको वरिपरि घुम्नेछ । यो समयले यसको गुरुत्वाकर्षण शक्तिलाई राम्रोसँग बुझ्न मद्दत गर्नेछ। यो चन्द्रमा वास्तवमा एउटा क्षुद्रग्रह हो, जसको नाम २०२४ पीटी ५ हो। यो ७ अगस्टमा पत्ता लागेको थियो । यसको व्यास लगभग १० मिटर छ। यो क्षुद्रग्रह सेप्टेम्बर ९ देखि पृथ्वीको कक्षमा परिक्रमा गरिरहेको छ र आगामी ७७ दिन अर्थात नोभेम्बर २५ सम्म यो क्रम जारी रहनेछ । वास्तवमा, यो क्षुद्रग्रह चन्द्रमा जस्तै पृथ्वीको वरिपरि घुमिरहेको छ, त्यसैले यसलाई मिनी मुन नाम दिइएको छ। यसको गति निकै कम भएकाले यो क्षुद्रग्रहले…
Read More
पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले दिए राजीनामा

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले दिए राजीनामा

४ आश्विन , काठमाडौं। नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन्। विष्टले असोज १२ गते महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन्। आफ्नो राजीनामा उनले भनेका छन्- ‘विधान अनुसार महासघको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरुले प्रश्न उठाएपछि संगठनहरुले त्यसको उत्तर दिन र जिम्मेवारी लिन नसक्दा यहि असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । क्रियाशिल पत्रकारले सदस्यता लिन र जोगाउन संघर्ष गर्नु पर्ने तर पत्रकारीता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता…
Read More
प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान

प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान

४ आश्विन, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंह, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गरे । सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीको सम्मानमा गारत अर्पण गरेको थियो । प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको…
Read More
स्थानीय पत्रकारमाथि अपमान, जैतुन छाँयाकाे आफ्नै मिडिया छ , क्वालिटी यूक्त क्यामेरा छ: आयोजक

स्थानीय पत्रकारमाथि अपमान, जैतुन छाँयाकाे आफ्नै मिडिया छ , क्वालिटी यूक्त क्यामेरा छ: आयोजक

४ असाेज , झापा । पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक सभाहल धुलावारीमा भएको जैतुन छाँया सिजन ३ एपिसाेड २ काे कार्यक्रममा स्थानीय पत्रकारमाथि अपमान भएको छ । आयाेजकबाट यस जैतुन छाँयाकाे आफ्नै मिडिया पाटनर भएको, क्वालिटीयूक्त क्यामेरा भएकोले स्थानीय पत्रकारलाई माेबाइलबाट फाेटाे भिडियो खिचेर कुनै पनि न्यूज पेजमा पाेष्ट नगर्न, स्टेजमा चढ्न समेत बन्देज छ भन्दै अपमानित गरेको हाे । असार २४ गते बिर्तामोड नगर ईसाई समाज जवान संगतीको आयोजनामा हुन गएको जैतुन छाँया सिजन–३ एपिसोड–२ कन्सर्ट बिर्तामोडको पपुलर होटलको सभाहलमा भएको भेटघाट तथा पत्रकार सम्मेलनमा स्थानीय पत्रकारलाई असाेज ३ गते हुने जानकारी गराएका थिए । त्यस यता स्थानीय अनलाइन…
Read More
पहिलो पटक मेचे भाषाको चलचित्र ‘बिक्रमदेवा’ प्रदर्शन हुँदै

पहिलो पटक मेचे भाषाको चलचित्र ‘बिक्रमदेवा’ प्रदर्शन हुँदै

३ असोज, मेचीनगर, । मेचे समुदायको संस्कृति र परम्परा समेटिएको नेपाली कथानक चलचित्र ‘बिक्रमदेवा’ चाँडै प्रदर्शनमा आउने भएको छ । आज बिर्तामोड स्थित होटल पपुलरमा आयोजित पत्रकार सम्मेलनमा केहि अंश मेचे समुदायको संस्कृतिमा आधारित ‘बिक्रमदेवा’ चलचित्रको च्यारिटी सो यही असोज १४ गते बिर्तामोडको पाथिभरा सिने प्लाजामा हुने जानकारी गराएको हो । चलचित्रका निर्देशक कुमार केसीले मेचे समुदायको संस्कृतिलाई प्रवर्धन गर्ने उदेश्यले उक्त चलचित्र प्रदर्शन गर्न लागिएको बताए । उनका अनुसार उक्त भाषामा २० प्रतिशत र ८० प्रतिशत नेपाली भाषाको चलचित्र हुने छ । ‘मेचे समुदायको कल्चर के हो, कस्तो हुन्छ, देखाउन खोजिएको हो’, चलचित्रका नायक समेत रहेका सुवास मेचेले भने–‘मेचे…
Read More
संविधान संशोधन गर्नका लागि कांग्रेस र एमालेले मात्रै सम्भव छैन: मन्त्री पाण्डे

संविधान संशोधन गर्नका लागि कांग्रेस र एमालेले मात्रै सम्भव छैन: मन्त्री पाण्डे

२ आश्विन, काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संविधान संशोधन गर्नका लागि कांग्रेस र एमाले मात्रै भएर सम्भव नहुने बताएका छन् । बुधबार नेपाल नाट्य प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१ को पूर्वसन्ध्यामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले एमाले र कांग्रेस एक ठाउँमा आउनुको पछाडि केवल सत्ता मात्रै नभएको  प्रस्ट पारे । उनले भने- दुईवटा ठूला दल एक ठाउँमा आउनु भनेको सत्ताका लागि मात्र होइन । देशको दूरगामी परिवर्तन र संकटबाट जोगाउनका लागि एक ठाउँमा आएका हौँ । हामी ०४८ सालदेखि प्रतिस्पर्धी दल हौँ । २०८४ मा एमाले…
Read More