Skip to main content

नयाँ तृष्णा

समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समिति झापाको अध्यक्षमा धर्मराज घिमिरे

[adsforwp id="2511"]

मेचीनगर । समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समिति झापाको अध्यक्षमा धर्मराज घिमिरे चयन भएका छन् । शनिबार सम्पन्न पाँचौँ महाधिवेशनबाट १५ सदस्यीय समितिको उपाध्यक्षमा गङ्गाप्रसाद संग्रौला, सचिवमा अनिस काफ्ले, उपसचिवमा सृजना कट्टेल र कोषाध्यक्षमा निलादेवि भट्टराई चयन भएका छन् ।

त्यसैगरी, सदस्यहरुमा विश्व बिजय घिमिरे, कमल पोख्रेल, दुर्गाबहादुर खड्का, नगेन्द्र कुमार म्याङ्बो, मिना गिरी, रितादेवी नेपाल, गोपाल तामाङ, विष्णु श्रेष्ठ, खगेन्द्रकुमार नौपाने, नवराज भट्टराई चयन भएको निर्वाचन अधिकृत अजय घिमिरेले जानकारी दिए ।

अध्यक्ष धर्मराज घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य मणि उप्रेती, राम कट्टेल, मेचीनगर ७ का वडा अध्यक्ष प्रलादमणि ओली, माओवादी केन्द्रका प्रतिनिधि भवनाथ दाहाल, मेचीनगरका लागि करुणा फाउन्डेसनका प्रतिनिधि पदम बराइलीलगायतले बोलेका थिए ।

गंगाप्रसाद संग्रौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन विष्णु श्रेष्ठले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...