Skip to main content

नयाँ तृष्णा

पहिलो पटक मेचे भाषाको चलचित्र ‘बिक्रमदेवा’ प्रदर्शन हुँदै

Advertisement

३ असोज,

मेचीनगर, । मेचे समुदायको संस्कृति र परम्परा समेटिएको नेपाली कथानक चलचित्र ‘बिक्रमदेवा’ चाँडै प्रदर्शनमा आउने भएको छ । आज बिर्तामोड स्थित होटल पपुलरमा आयोजित पत्रकार सम्मेलनमा केहि अंश मेचे समुदायको संस्कृतिमा आधारित ‘बिक्रमदेवा’ चलचित्रको च्यारिटी सो यही असोज १४ गते बिर्तामोडको पाथिभरा सिने प्लाजामा हुने जानकारी गराएको हो ।

चलचित्रका निर्देशक कुमार केसीले मेचे समुदायको संस्कृतिलाई प्रवर्धन गर्ने उदेश्यले उक्त चलचित्र प्रदर्शन गर्न लागिएको बताए । उनका अनुसार उक्त भाषामा २० प्रतिशत र ८० प्रतिशत नेपाली भाषाको चलचित्र हुने छ ।

‘मेचे समुदायको कल्चर के हो, कस्तो हुन्छ, देखाउन खोजिएको हो’, चलचित्रका नायक समेत रहेका सुवास मेचेले भने–‘मेचे जाति भन्ने अझै मान्छेले बुझेका छैनन् । त्यही विषय समेटेर चलचित्र तयार गरिएको छ ।’

चलचित्रका निर्माताहरु अर्जुन मेचे, प्रताप मेचेले सानो जातिले ठुलो पर्दामा पहिलो पटक निर्माण गरेको ‘बिक्रमदेवा’ देश–विदेशमा रहने सिमान्तकृत तथा लोपोन्मुख समुदायलाई चिनाउने एउटा अवसर पनि रहेको बताएका छन् ।

करिव एक करोड २० लाख लगानी रहेको चलचित्र झापा र इलामका पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको छ ।

उक्त चलचित्रमा कलाकारहरु सुवास मेचे, प्रताप मेचे, उर्मिला कार्की, भावना मगर, पुकार भट्टराई, विपिन प्रसाई, रोहन सेन्चुरी, अमर मेचे, नायकको बुबाको रोलमा सुनिल थापा लगायत रहेका छन् ।

आगामी बैशाखमा मेचे समुदायको महान पर्व बैशाखु पर्वमा उक्त चलचित्र प्रदर्शन गरिने मेचे समाज शिवियारी आफतका मेचीनगर सचिव अमर मेचेले जानकारी दिए । उनका अनुसार अहिले भने देश–विदेशमा च्यारिटी सो मात्र गरिने छ ।

नेपालमा पाँच हजार १९३ जना मेचे समुदायको बसोबास छ । त्यसमध्ये धेरै झापामा बसोबास गर्छन् । मोरंग, सुनसरी र अन्य जिल्लामा थोरै मात्रमा मेचे समुदायको बसोबास छ । यी समुदाय नेपालमा सिमान्तकृत तथा लोपोन्मुख जातिमा सूचीकृत छन् ।

पत्रकार सम्मेलनको सहजीकरण मेचे समाज शिवियारी आफतका केन्द्रीय संस्कृति विभाग संयोजक पवनलाल मेचेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख...
बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...