Skip to main content

नयाँ तृष्णा

संविधान संशोधन गर्नका लागि कांग्रेस र एमालेले मात्रै सम्भव छैन: मन्त्री पाण्डे

[adsforwp id="2511"]

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संविधान संशोधन गर्नका लागि कांग्रेस र एमाले मात्रै भएर सम्भव नहुने बताएका छन् । बुधबार नेपाल नाट्य प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१ को पूर्वसन्ध्यामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

मन्त्री पाण्डेले एमाले र कांग्रेस एक ठाउँमा आउनुको पछाडि केवल सत्ता मात्रै नभएको  प्रस्ट पारे । उनले भने- दुईवटा ठूला दल एक ठाउँमा आउनु भनेको सत्ताका लागि मात्र होइन । देशको दूरगामी परिवर्तन र संकटबाट जोगाउनका लागि एक ठाउँमा आएका हौँ । हामी ०४८ सालदेखि प्रतिस्पर्धी दल हौँ । २०८४ मा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुन्छ ।’ उनले भने, संविधान संशोधन गर्नुपर्ने छ ।

कांग्रेस र एमाले मात्रै भएर संविधान संशोधन गर्न सम्भव छैन । राष्ट्रको हितका पक्षमा नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा लगायतका दलहरूसमेत एक ठाउँमा आउन जरूरी छ । उनले १० वर्षमा संविधानलाई पूनरावलोकन गर्नु पर्ने बेला आईसकेकाले संविधान संशोधन गर्नु पर्नेमा जोड दिए ।

मन्त्री पाण्डेले लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा समानुपातिक, समावेशीता जस्ता कुराले संविधानलाई जीवन्त राख्ने काम भएको बताए । मन्त्री पाण्डेले संविधानलाई जीवन्त बनाउन कामकाजी हुनु पर्ने, संविधानसँग जोडिएका ऐन कानुन निर्माण गर्न जरूरी रहेको औल्याए । त्यसै गरि उनले संस्कृति समाजको प्राण भएकाले समाजका विविध संस्कार संस्कृतिको जगर्ना गर्नु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...