३ जेष्ठ २०८३, आईतवार, बुटवल। रुपन्देहीको बुटवलका जम्मा भएका देशभरिका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले आफूहरू रहिरहेको स्थानमै तत्काल लालपुर्जाको ग्यारेन्टी गर्न सरकारसँग माग गदै वृहत् प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा प्रदर्शन भएको प्रदर्शनमा जनताको घरटहरामा डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती सुरु हुने उनीहरूले चेतावनी दिएका छन् । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको ट्राफिकचोक पुगेर सभामा परिणत भएको थियो । चर्को गर्मीको वावजुद छाता ओढेरै प्रदर्शनमा हजारौं भूमिहीन र अव्यवस्थित बसोबासीको उपस्थिति रहेको थियो । प्रदर्शनमा सहभागीले सरकार र प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनपछि भएको सभामा बोल्ने…
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ। १९६ रनको लक्ष्य नेपालले ३६.४ ओभरमै मात्र १ विकेट गुमाएर सहजै पूरा गर्यो। नेपालका ओपनर कुशल भुर्तेलले अविजित १२० रनको उत्कृष्ट इनिङ्स खेल्दै ११७ बलमा १३ चौका र ४ छक्का प्रहार गरे। उनले आसिफ शेखसँग पहिलो विकेटका लागि १४५ रनको बलियो साझेदारी गरे। आसिफले ५९ रनको योगदान दिए। यसअघि टस जितेर ब्याटिङ गरेको संयुक्त राज्य अमेरिका राष्ट्रिय क्रिकेट टोलीले १९५ रन बनाएको थियो। स्मित पटेलले ८४ रन बनाए पनि अन्य ब्याटर टिक्न सकेनन्। नेपालका दीपेन्द्रसिंह ऐरीले ४ विकेट र सोमपाल कामीले २ विकेट लिए। यो जितसँगै…
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ हजार रुपैयाँले घटेको हो । महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ कायम गरिएको छ । बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार ९१५ रुपैयाँ कायम भएको छ, जुन हिजो २ लाख ५९ हजार ३४५ रुपैयाँ थियो। हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार ७४५ रुपैयाँ रहेको थियो। यस्तै, १० ग्राम चाँदीको मूल्य ४…
काठमाडौं : सङ्घीय संसद्को प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले तीव्र विरोध गर्दै उनको राजीनामा माग गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्नेमा उनी नआएपछि संसद्मा हंगामा भएको हो। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने उल्लेख थियो। तर, प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिन लागेपछि विपक्षी सांसदहरूले नियमापत्ति जनाउँदै बैठक अवरुद्ध पारेका हुन्। विपक्षीले प्रधानमन्त्रीले संसद्को मानमर्दन गरेको र गैरजिम्मेवार बनेको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। प्रधानमन्त्री अनुपस्थित भएको विरोधमा श्रम संस्कृति पार्टीका…
२९ बैशाख २०८३, मंगलवार, काठमाडौं । अमेरिका र इरानबीचको कूटनीतिक तनाव पुनः तीव्र बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा जारी युद्धविराम “जीवन–मरणको अवस्थामा” पुगेको बताउँदै इरानको पछिल्लो प्रस्ताव पूर्ण रूपमा अस्वीकार्य रहेको स्पष्ट पारेका छन्। उहाँको कडा प्रतिक्रियापछि वार्ताको सम्भावना झनै कमजोर बनेको छ। इरानले पनि अमेरिकी दबाबमा नझुक्ने चेतावनी दिँदै आफ्नो सेना कुनै पनि आक्रमणको सामना गर्न तयार रहेको जनाएको छ। यसबीच, खाडी क्षेत्रमा महिनौँदेखि कायम रहेको युद्धविराम अन्त्यतर्फ उन्मुख भएको संकेत देखिएको छ। तनाव बढेसँगै विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। साथै, महत्वपूर्ण व्यापारिक मार्ग ‘स्ट्रेट अफ हर्मुज’ प्रभावित हुने आशंका बढेपछि विश्व अर्थतन्त्रमा…
काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले सुकुम्वासी हटाउने नाममा गरेको हर्कत आतङ्कवादीको जस्तै भएको टिप्पणी गरेका छन् । मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता शाहीले सत्ता स्थायी नहुने भन्दै हेक्का राख्न चुनौती समेत दिए । अव्यवस्थित बस्ती जोगाउनुपर्छ भन्ने होइन, सरकारी जग्गा हडपेकाहरूलाई हटाउनुपर्छ तर सरकार सरकार हो कि आतङ्कवादी हो ?’, शाहीको प्रश्न छ । उनले मानवीय संवेदनमा डोजर चलाएर विकास नहुने भन्दै सत्ता र शक्तिको आडमा कसैलाई नजोगाउने हो भने मन्त्रीका घरमा किन डोज नलाएको भनेर प्रश्न गरेका छन् । सुकुम्वासी हटाउने नाममा दुई नागरिकको ज्यान गएको भन्दै नागरिकको ज्यान बचाउने काम सरकारको होइन…
२८ वैशाख, काँकरभिट्टा । मेचीनगर नगरपालिकाले व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेका व्यवसायलाई कानुनी दायरामा ल्याउने उद्देश्यले आजदेखि व्यवसाय दर्ता अभियान सुरु गरेको छ । अभियानको उद्घाटन काँकरभिट्टा स्थित सब्जी बजारमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले स्थानीय सरकारमा व्यवसाय दर्ता गरेर सुरक्षित र कानुनी रूपमा व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरे । उनले व्यवसाय दर्ता गरी राज्यलाई कर तिर्नु प्रत्येक व्यवसायीको दायित्व भएको उल्लेख गर्दै दर्ताविना व्यवसाय सञ्चालन गर्न कानुनले अनुमति नदिने बताए । नगरपालिकाका अनुसार अभियान नगरका मुख्य बजार क्षेत्रमा सञ्चालन हुनेछ । सेवाग्राहीको सहजताका लागि काँकरभिट्टाको ज्येष्ठ नागरिक भवन, होटल व्यवसायी भवन र…
मेचीनगर । मेची उद्योग वाणिज्य संघ को अध्यक्षमा खेमराज प्रसाई विजयी हुनुभएको छ। धुलाबारीमा सम्पन्न मतगणनाअनुसार प्रसाईले ७७३ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी किशोर क्षेत्री ले ७३३ मत प्राप्त गर्नुभयो। वरिष्ठ उपाध्यक्षमा आनन्द खड्का ७५२ मतसहित विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी भूमी पौडेल ले ७४५ मत प्राप्त गर्नुभयो। उद्योग उपाध्यक्षमा हरिप्रसाद कोईराला ७९५ मतसहित विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी भीमबहादुर कुँवर ले ६४२ मत प्राप्त गर्नुभयो। वाणिज्य उपाध्यक्षमा सन्तोष खवास ८०७ मतसहित विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी नरबहादुर थापा ले ६२१ मत प्राप्त गर्नुभयो। महिला उपाध्यक्षमा उषा श्रेष्ठ ७८० मतसहित विजयी हुनुभयो भने सुन्दरीकुमारी श्रेष्ठ ले…
२५ बैशाख २०८३, शुक्रबार, काठमाडौं । सुदन किरातीले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका छन् । साथै श्रम संस्कृति पार्टीमा एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यहरु पनि पाउने सहमति भएको किराती पक्षका एक नेताले जानकारी दिए । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमाओवादी नेता किरातीबीच यस सम्बन्धी सहमति बिहीबार राति ललितपुरमा भएको थियो । आज उनीहरुले काठमाडौंको बागबजारमा एक कार्यक्रम गरी पार्टी एकताको औपचारिक घोषणा गर्दैछन् । एकता घोषणा कार्यक्रम अपराह्न तीन बजे बागबजारको हार्दिक होटलमा राखिएको छ । भोजपुरका सुदन किराती पूर्वमाओवादी नेता हुन् । उनी पर्यटनमन्त्री समेत बनेका थिए ।…
एजेन्सी, २५ बैशाख २०८३, शुक्रबार, जाकर्ता । इन्डोनेसियाको माउन्ट दुकोनोमा शुक्रबार बिहानको शक्तिशाली ज्वालामुखी विस्फोटपछि उद्धार कार्य तीव्र बनाइएको छ । मालुकु टापुस्थित यस सक्रिय ज्वालामुखीमा विस्फोट हुँदा २० जना पदयात्री फसेको जनाइएको छ । इन्डोनेसियाको ज्वालामुखी सर्वेक्षण निकायका अनुसार स्थानीय समयअनुसार बिहान ७ः ४१ बजे भएको विस्फोटले करिब १० किलोमिटर (३३ हजार फिट) उचाइसम्म खरानीको विशाल मुस्लो आकाशमा फ्याँकेको थियो । निकायले हाल ज्वालामुखीलाई तीन तहको चेतावनी प्रणालीमध्ये दोस्रो तहमा राखेको छ, जसले उच्च सतर्कता आवश्यक रहेको सङ्केत गर्दछ । सन् २०२५ को मार्च अन्त्यदेखि हालसम्म यो ज्वालामुखी झन्डै २०० पटक विस्फोट भइसकेको बताइएको छ । डिसेम्बर २०२४ यता…