Skip to main content

नयाँ तृष्णा

बुटवलमा चौथो राष्ट्रिय मिडिया सम्मेलन सुरु, सञ्चार क्षेत्रले भोगेका समस्या वारे मन्थन हुदै

Advertisement

 

बुटवल ।

प्रकाशन तथा प्रसारण संघ, लुम्बिनी नेपालद्वारा आयोजित चौथो राष्ट्रिय मिडिया सम्मेलन–२०८३ शनिवार देखि बुटवलमा सुरु भएको छ।

\बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे सम्मेलनको उद्घघाटन दुई तिहाई नजिकको सरकारले ल्याएको मिडिया नीतिले स्थानिय तह निकै समस्यामा परेको भन्दै सच्चाउन माग गर्नु भयो । उहांले सरकारले मिडियालाई समाप्त गदै लोकतन्त्रलाई कमजोर बनाउन खोजेको आरोप लगाउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकार लोकतन्त्र समाप्त वनाउने खेलमा लागेकोले आम नागरिकको स्वतन्त्रताको हक कुन्ठितका लागि मिडियालाई समाप्त पार्ने रणनीतिमा लागेको धारणा राख्नु भयो । प्रेसकाउन्शील नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले मिडियाहरुले आफूलाई पनि समयानुकुल परिष्कृत गदै अगाडी बढनु पर्ने बताउनु भयो ।

नेपाल मिडिया सोसाइटीका अध्यक्ष मदन लम्सालले मिडिया सवल नहुदासम्म लोकतन्त्रको सवलीकरण संभब नहुने तर्क गर्नु भयो । सम्मेलनमा नेपाली सञ्चार क्षेत्रका चुनौती, अवसर तथा समसामयिक विषयमा छलफल जारी रहेको छ । प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीका अध्यक्ष नवराज कुंवरको सभापतित्वमा भएको कार्यक्रममा महासचिव माधव नेपालले संचालन र उपाध्यक्ष विष्णु भुसालले स्वागत गर्नु भएको थियो ।

दुई दिन सम्म संचालन हुने सम्मेलनले बुटवल घोषणापत्र जारी गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

  काँकरभिट्टा । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँ...
महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...