https://www.youtube.com/watch?v=K36n1mmfquA
२१ मंसिर , मेचीनगर । जनतालाई परेको समस्यालाई छिटो र सहज ढंगले सुरक्षा दिन खटिएका नगर प्रहरीलाई नगरपालिकाले आज गाडी उपलब्ध गराएको छ । विहीबार विहान मेचीनगर नगरपालिका कार्यालयको परिसरमा एक कार्यक्रमको आयोजना गरेर नगर प्रहरीलाई गाडी जिम्मा दिईएको हो । मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती लगायतले नगर प्रहरीलाई गाडीको चावी बुझाईएको हो । जिम्मेवारीलाई समयमै कार्यन्वयन गर्न, काममा सहजता होस र जनताका समस्यालाई सहज ढंगले कार्यान्वयन गर्न भनेर नगर प्रहरीलाई सवारी साधन दिएको मेयर बुढाथोकी बताए । उपमेयर उप्रेतीले न्यायिक समितिले गरेका निर्णय तथा बजारमा हुने कालोबजारी, खाद्य…
२० मंसिर , काठमाण्डौ । झेजियाङका दुईवटा चर्चले संयुक्तरुपमा क्रिसमस मनाउने योजना घोषणा गरेका छन् । गत सोमबार, हाङ्झाउको चोङ्गी चर्चले डिसेम्बर २२– २५ मा “उनी तपाईलाई पर्खिरहेका छन्” विषयको क्रिसमस उत्सवहरू सुरु गर्ने बताएको छ । ख्रीष्टमसको अवसरमा पाँच कार्यक्रमको आयोजना गरिएको छ । प्रार्थना, सुसमाचार सभा, आराधाना र क्यारोल लगायतको कार्यक्रमहरु गरेर ख्रीष्टमस उत्सव मनाउने तयारी गरीरहेको बताइएको छ । ख्रीष्टमस कार्यक्रमको पूर्वसन्धयामा सिचेङ चर्चले संगीत सेवा, युवा भेला र क्रिसमसको अवसरमा नाटक सहित प्रस्तुत गर्ने बताइएको छ ।
तरुण राई, २० मंसिर, इट्टाभट्टा । अपाङ्गता भएका व्यक्तिहरुको ३३औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा एक्का नेपालका झापा काउन्सेलरको आयोजनामा अपाङ्गता समावेशीकरण विषयक अन्तरक्रिया कार्यक्रम मेचीनगर नगरपालिका -०८, इट्टाभट्टा अवस्थित किरात याक्थुम चुम्लुङ्ग भवनको सभाहलमा सम्पन्न भएको छ । अपाङ्गता समावेशीकरण विषयक अन्तरक्रिया कार्यक्रममा एक्का नेपालका कार्यक्रम अधिकृत अस्मिता राईले एक्का नेपालद्वारा अपाङ्गता समावेशीकरणका लागि गरिएका पहलहरुको बारेमा प्रस्तुतिकरण गर्नुको र एक्का नेपालले ‘अपाङ्गमैत्री विद्यालय’ को अवधारणलाई एक्का सम्बन्धीत विद्यालयहरुमा कार्यान्वयन गर्न पहल गर्नु भएको जानकारी दिनुभयो । करुणा फाउन्डेसनका मेचीनगर संयोजक पदम बराइलीले शिक्षामा अपाङ्गता समावेशीकरण विषयमा प्रारम्भिक बालविकास तथा अपाङ्गता समावेशीकरण, बौद्धिक अपाङ्गता शिक्षण सिकाइ, अपाङ्गताको वर्गीकरण, अपाङ्गता ‘कार्ड’ र…
१८ मंसिर, मेचीनगर । चौरासीमा महिला हुनुपर्छ पहिला, घर चलाउने हातले देश चलाउन सक्छ लगायत नारासहित आज ३३ औँ लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको अवसरमा काँकरभिट्टा बजारमा प्रभातफेरी सहितको कार्यक्रम गरिएको छ । र्याली काँकरभिट्टा बजार परिक्रमापछि हनुमान मन्दिर परिसरमा कोणसभामा परिणत भएको हो । कोणसभामा कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिका उपमेयर मीना पोखरेल उप्र्रेती, अन्तर–पुस्ता महिलावादी मञ्चकी संस्थापक केन्द्रीय सदस्य सरु जोशी, महिला जनचेतना केन्द्र मेचीनगरकी संस्थापक अध्यक्ष राधा प्रधान कार्की लगायतले अब ०८४ सालमा महिलाले वडाध्यक्षदेखि मेयर पदमा जितेर देश हाक्न सबै महिलाहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए । प्रभातफेरीसहितको र्यालीमा विभिन्न संघ–संस्थाका प्रमुख, प्रतिनिधि,…
१८ मंसिर, काठमाडौं । अफ्रिकी राष्ट्र गिनीको एन जेरेकोर शहरमा आईतबार आयोजना भएको एउटा फुटबल प्रतियोगितामा झडप हुँदा १ सय जनाभन्दा बढी फुटबल समर्थकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । गिनीका जुन्टा नेता मामादी डौम्बौयाको सम्मानमा आयोजित फुटबल प्रतियोगितामा रेफ्रीले गलत निणर्य गरेपछि उत्पन्न विवादमा समर्थकहरुबीच उक्त झडप भएको बताइएको छ । ती समर्थकहरु मैदानमा प्रवेश गरेर उपद्रो मच्चाएपछि दुई पक्षबीच भिडन्त हुँदा १ सयभन्दा बढी व्यक्तिको ज्यान जानुको साथै दर्जनौं घाइते भएका हुन् । मृत्यु हुनेमा बालबालिकासमेत रहेका छन् । शवहरू अस्पतालको भुइँमा छरपष्ट पल्टिएका अवस्थामा रहेको बताइएको छ । उक्त खेललमा स्थानीय लाबे र एनजेरेकोरे भिडेका थिए…
१८ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते हुने भएको छ । आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै महासंघले सो जानकारी दिएको हो । सार्वजनिक कार्यतालिका अनुसार यसै साता अर्थात् मङ्सिर २१ गते शुक्रवार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ । त्यसैगरी मङ्सिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने मतदान मङ्सिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ । प्रदेश समितिको मनोनयन मङ्सिर २४ गते जिल्ला शाखा र प्रतिष्ठान शाखाको मङ्सिर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउनुहुन सम्बन्धित निर्वाचन समितिलाई अनुरोध समेत गरिएको छ ।
१७ मंसिर, विराटनगर । कोशीका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले शपथ लिएका छन्। कोशी प्रदेश प्रमुख पर्शुराम खापुङसामू उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करी आरोप लागेपछि राजीनामा दिएका थिए। रिक्त उक्त मन्त्रालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भण्डारीलाई आज मन्त्री नियुक्त गरेका थिए।
१७ मंसिर , काठमाडौं। स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले हालसम्म ३७ स्थानको परिणाम सार्वजनिक गरेको छ। यो परिणाम अनुसार कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ। कांग्रेस कीर्तिपुर नगरपालिकामा अगाडि छ। नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित ६ वटा वडा जितेर दोस्रो स्थानमा रहेको छ। नेकपा (एमाले)ले हालसम्म एउटा अध्यक्ष, एक उपाध्यक्षसहित पाँच वटा वडा जितेको छ। जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक-एक स्थानमा जित हासिल गरेका छन्। कांग्रेसले जितेका ठाउँ नगेन्द्र लिम्बू, लालीगुराँस नगरपालिका-८ तेह्रथुम तेतर साहु,…
१६ मंसिर, जनकपुरधाम । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा नेकपा एमाले विजयी भएको छ । त्यहाँ नेकपा एमालेका उम्मेदवार सकिबुल खाँ ६ सय ३१ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका आइतीकुमारी यादवले ५ सय ३४ मत पाए । यस्तै नेपाली काँग्रेसका उम्मेदवार जानिफ खाँले २ सय ८४ मत पाएका छन् भने जसपा नेपालका उम्मेदवार नजामुदिन खाँले ३८ मत पाएका छन् ।