Skip to main content

नयाँ तृष्णा

जनताको समस्यामा चाँडै पुग्न नगर प्रहरीलाई गाडी

[adsforwp id="2511"]

२१ मंसिर ,

मेचीनगर । जनतालाई परेको समस्यालाई छिटो र सहज ढंगले सुरक्षा दिन खटिएका नगर प्रहरीलाई नगरपालिकाले आज गाडी उपलब्ध गराएको छ ।

विहीबार विहान मेचीनगर नगरपालिका कार्यालयको परिसरमा एक कार्यक्रमको आयोजना गरेर नगर प्रहरीलाई गाडी जिम्मा दिईएको हो ।

मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती लगायतले नगर प्रहरीलाई गाडीको चावी बुझाईएको हो ।

जिम्मेवारीलाई समयमै कार्यन्वयन गर्न, काममा सहजता होस र जनताका समस्यालाई सहज ढंगले कार्यान्वयन गर्न भनेर नगर प्रहरीलाई सवारी साधन दिएको मेयर बुढाथोकी बताए ।

उपमेयर उप्रेतीले न्यायिक समितिले गरेका निर्णय तथा बजारमा हुने कालोबजारी, खाद्य वस्तुको कृत्रिम अभाव तथा वजार अनुगमनमा समेत नगर प्रहरीको महत्वपूर्ण भूमिका हुने बताइन् ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत अधिकारी, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख वस्तीले नगर प्रहरीको काम, कर्तव्य र अधिकारलाई बुझेर नगरवासीबीच पुग्न र नगर प्रहरी नगरवासीकै हुन् भन्ने सन्देश दिने गरी लाग्न सुझाव दिएका छन् ।

नगरपालिकामा एक चालकसहित १९ जना नगरप्रहरी रहेका छन् । कार्यालयले नगरप्रहरीलाई आफ्नो छुट्टै सवारी साधन उपलब्ध गराएसँगै अब जिम्मेवारी समयमै कार्यन्वयन गर्न थप सहज भएको नगर प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक श्याम गिरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

साइप्रस नेपाली सङ्गतिद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. २ लाख ५६ हजार सहयोग

निसोसिया, साइप्रस । वैदेशिक रोजगारीका क्रममा साइप्रसमा रहेका नेपाली इसाई विश्वासीहरूको संस्था 'साइप्रस नेपाली सङ्गति'ले नेपालका ब...
राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाइ कारवाही गर्ने भएको छ । शिक्षक राजनीतिक गतिविधिमा ...
संघीय संसदका-दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदका-दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ। संघीय संसद अन्तर्गत दुवै सदनको बैठक साेमबार बस्दैछ। संसद सचिवालयले सिंहदबारमा प्रतिनिधि सभाको बैठक साेमबार दिउँसो १ बजे...
एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

एक अर्ब ५७ करोड बढीको हुण्डी कारोबार आशंका, विराटनगरका दुई जना पक्राउ

विराटनगर । सुनसरी प्रहरीले एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शंकास्पद हुण्डी कारोबारको अनुसन्धान अघि बढाउँदै विराटनगरका दुई जनाल...