नयाँ तृष्णा

केपी ओली प्रधानमन्त्रीमा चौथाे पटक नियुक्त

केपी ओली प्रधानमन्त्रीमा चौथाे पटक नियुक्त

केपी ओली प्रधानमन्त्रीमा चौथाे पटक नियुक्त

असार ३०, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन्।राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार (असार ३०) ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै उनी तेस्रो पटक २०७८ बैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । यस अघि शुक्रबार राति नेपाली कांग्रेसको समर्थनमा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी पेश गरेका थिए । कांग्रेस र एमालेका १६६ सांसदको हस्ताक्षरसहित ओलीले प्रधानमन्त्रीमा दाबि पेश गरेका थिए । तत्कालिन…
Read More
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

असार ३०, एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। राष्ट्रपति पदका उमेदवार समेत रहेका ट्रम्पमाथि एक चुनावी र्‍यालीका क्रममा शनिबार साँझ गोली चलेको हो। गोली लागेर ट्रम्प सामान्य घाइते भएका छन् । बीबीसीका अनुसार गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए।  उनी मञ्चमा बोल्दै गर्दा ठूलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन्। ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको बताइएको छ। उनको कान र अनुहारमा रगत बगेको देखिएको छ। घटनास्थलमा एक जनाको शव भेटिएको जनाइएको छ। सो शव सम्भावित आक्रमणकारीको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारेमा थप जानकारी आइसकेको छैन। यद्यपि, अनुसन्धान…
Read More
काँकरभिट्टामा भानु जयन्ती : प्रा.डा.गुरुङसहित विभिन्न व्यक्तिहरु सम्मानित

काँकरभिट्टामा भानु जयन्ती : प्रा.डा.गुरुङसहित विभिन्न व्यक्तिहरु सम्मानित

असार ३०, काँकरभिट्टा । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आज २११ औँ आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा विभिन्न विधाका श्रष्ठा र व्यक्तिहरुलाई सम्मान गरेको छ । काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा आयोजित भानु जयन्तीमा प्रा।डा। एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङलाई नगद एकलाख १ हजार राशीको भानु साहित्यिक राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको छ । त्यस्तै अन्यविधामा हेमराज—मेदनी खरेल संगीत साधना प्रतिभा पुरस्कारबाट संगीत साधना प्रतिष्ठान नेपाल, सुनसरीलाई नगद २१ हजार, कृष्ण—पवित्रा उप्रेती साहित्यिक प्रतिभा पुरस्कारबाट सुसेली साहित्यिक प्रतिष्ठानलाई २१ हजार, हेमराज—मेदनी खरेल साहित्य तथा सञ्चार प्रतिभा पुरस्कारबाट पत्रकार तथा साहित्यकार पिनाकीप्रसाद कोइरालालाई नगद २१ हजार, कृष्ण—पवित्रा उप्रेती खेलाडी प्रतिभा पुरस्कारबाट…
Read More
आइतबारका लागि निर्धारित प्रतिनिधिसभाको बैठक सोमबारलाई सारिएको छ।  विशेष कारणले पूर्वनिर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सोमबार १ बजेलाई बैठक बाेलाइएकाे संसद सचिवालयले जनाएको छ। यसअघि आइतबार अपराह्न ३ बजेका लागि बैठक तय भएको थियो।

आइतबारका लागि निर्धारित प्रतिनिधिसभाको बैठक सोमबारलाई सारिएको छ। विशेष कारणले पूर्वनिर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सोमबार १ बजेलाई बैठक बाेलाइएकाे संसद सचिवालयले जनाएको छ। यसअघि आइतबार अपराह्न ३ बजेका लागि बैठक तय भएको थियो।

असार २९, काठमाडौं । आइतबारका लागि निर्धारित प्रतिनिधिसभाको बैठक सोमबारलाई सारिएको छ। विशेष कारणले पूर्वनिर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सोमबार १ बजेलाई बैठक बाेलाइएकाे संसद सचिवालयले जनाएको छ। यसअघि आइतबार अपराह्न ३ बजेका लागि बैठक तय भएको थियो।
Read More
राष्ट्रपतिले गरे ७६ (२) अनुसार सरकार गठनको आह्वान, आइतबार साँझ ५ बजेसम्मको समय

राष्ट्रपतिले गरे ७६ (२) अनुसार सरकार गठनको आह्वान, आइतबार साँझ ५ बजेसम्मको समय

काठमाडौँ  । नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेका छन्। नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको प्रधानमन्त्रीमा दाबी गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन्। संविधानको धारा ७६(२) अनुसार प्रतिनिधि सभाको बहुमत पुग्न सक्ने आधारसहित प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिबाट आह्वान भएको शीतलनिवासबाट जारी सूचनामा उल्लेख छ। धारा ७६(२) मा प्रतिनिधि सभाका दुई वा बढी दल मिलेर सरकार बनाउन सक्ने प्रावधान छ। हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि १८ महिनाअघि धारा ७६ (२) अनुसार नै नियुक्त भएका हुन्। उनलाई त्यतिखेर नेकपा एमाले लगायत दलले समर्थन गरेका थिए। कतिपयले धारा ७६(२) को प्रधानमन्त्रीले विश्वासको मत पाउन नसके स्वतः…
Read More
कांग्रेस बैठक : यस्तो छ मन्त्री छनोटको मापदण्ड

कांग्रेस बैठक : यस्तो छ मन्त्री छनोटको मापदण्ड

असार २९, काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीहरु छनोटको मापदण्ड बनाएको छ । शनिबार कांग्रेस कार्यसम्पादन समितिको बसेको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको हो । योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए । उनले भने, ‘सकेसम्म एकै पटक नाम दिन्छौं ।’ शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका थिए । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् । कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन…
Read More
प्रधानमन्त्रीमा केपी ओलीको दाबी पेश

प्रधानमन्त्रीमा केपी ओलीको दाबी पेश

काठमाडौं । नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।  शुक्रबार शीतलनिवास पुगेर ओलीले दाबी पेस गरेका हुन् । ओलीले एमाले र कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए । अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।
Read More
यात्रुवाहक बससँग पिकअप ठोक्किँदा एकै परिवारका ११ जनाको मृत्यु

यात्रुवाहक बससँग पिकअप ठोक्किँदा एकै परिवारका ११ जनाको मृत्यु

असार २८ , एजेन्सी। उत्तरी फिलिपिन्समा बिहीबार यात्रुवाहक बससँग पिक–अप ट्रक ठक्कर हुँदा घर फर्कने क्रममा ट्रकमा सवार एकै परिवारका ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कागायन प्रान्तको अबुलुग नगरपालिकाको चौराहामा यो दुर्घटना भएको हो । प्रमुख राजमार्गको छेउमा १४ जना सवार टोयोटा हिलक्स बससँग ठोक्किएको प्रहरीले जनाएको छ । “पिकअपमा सवार रहेका मध्ये तीन जना मात्रै जीवित हुनुहुन्छ”, प्रहरी मेजर एन्टोनियो पालाटाओले भने । यात्रुवाहक बसका चालक र सहचालकलाई गम्भीर र अन्य २३ जनालाई सामान्य चोट लागेको उनले बताए । “टोयोटा हिलक्सका चालक त्यस क्षेत्रसँग ज्ञात नभएकाले राजमार्ग पुगिसकेको थाहा पाउनुभएन । राजमार्गमा स्वाभाविक रूपमा गति नियन्त्रण…
Read More
प्रधानमन्त्री प्रचण्ड पदमुक्त

प्रधानमन्त्री प्रचण्ड पदमुक्त

असार २८ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । आज प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्‍यो । उनको विपक्षमा १९४ मत परेको छ । र मत दिन्न भन्नेमा १ मत परेको छ । १० पुस २०७९ मा प्रधानमन्त्री भएका प्रचण्डले पहिलो पटक २६ पुसमा विश्वासको मत लिँदा अभूतपूर्व समर्थन पाएका थिए । उनको…
Read More
अझै भेटिएन बेपत्ता बस, धमिलो पानी र उच्च बहाबका कारण खोजीमा कठिनाइ

अझै भेटिएन बेपत्ता बस, धमिलो पानी र उच्च बहाबका कारण खोजीमा कठिनाइ

असार २८, काठमाडौं । गए राति चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोमा परी बेपत्ता भएका दुवै बसको अवस्था अझै अज्ञात छ । त्रिशूली नदीको उच्च बहाब र धमिलो पानीका कारण बस खोजीमा कठिनाइ भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार ‍खोजीकार्य जारी छ । बेपत्ता बसको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ । सिमलतालको पहिरोमा परी वीरगन्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति लेखिएको वाग्मती प्रदेश ०३–०११ ख २४९५ बेपत्ता भएको थियो ।
Read More