Skip to main content

नयाँ तृष्णा

राष्ट्रपतिले गरे ७६ (२) अनुसार सरकार गठनको आह्वान, आइतबार साँझ ५ बजेसम्मको समय

[adsforwp id="2511"]
काठमाडौँ  । नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेका छन्। नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको प्रधानमन्त्रीमा दाबी गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन्।
संविधानको धारा ७६(२) अनुसार प्रतिनिधि सभाको बहुमत पुग्न सक्ने आधारसहित प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिबाट आह्वान भएको शीतलनिवासबाट जारी सूचनामा उल्लेख छ।
धारा ७६(२) मा प्रतिनिधि सभाका दुई वा बढी दल मिलेर सरकार बनाउन सक्ने प्रावधान छ। हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि १८ महिनाअघि धारा ७६ (२) अनुसार नै नियुक्त भएका हुन्। उनलाई त्यतिखेर नेकपा एमाले लगायत दलले समर्थन गरेका थिए।

कतिपयले धारा ७६(२) को प्रधानमन्त्रीले विश्वासको मत पाउन नसके स्वतः उपधारा ३ मा जानुपर्ने तर्क गरेका थिए। यसमा राष्ट्रपतिले के निर्णय गर्छन् भन्ने आम चासोको विषय बनेको थियो।

राष्ट्रपति पौडेलले शुक्रबार साँझ केही कानुनविदलाई बोलाएर पनि परामर्श गरेका थिए। अधिकांश कानुनविदले ७६ (२) अनुसार संयुक्त सरकारका लागि आह्वान गर्नुपर्ने राय दिएका थिए।

राष्ट्रपतिले संयुक्त सरकारका लागि आह्वान गरेपछि संसदका सबैभन्दा ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार गठनका लागि बाटो खुलेको छ। यी दुवै दलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन्।

अन्य साना दललाई पनि मिलाएर राष्ट्रिय सहमतिको सरकार बनाउने र संविधानसमेत संशोधन गर्ने सहमति भएको उनीहरूले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पत्रकारमाथि धरपकड गर्नेमाथि कारबाही गर्न रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्युज रुममा प्रवेश गरी सञ्चारकर्मीमाथि धरपकड गर्ने प्रहरीमाथि छानबिन गरी दो...
काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...