नयाँ तृष्णा

काँकरभिट्टामा भानु जयन्ती : प्रा.डा.गुरुङसहित विभिन्न व्यक्तिहरु सम्मानित

Advertisement

असार ३०, काँकरभिट्टा । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आज २११ औँ आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा विभिन्न विधाका श्रष्ठा र व्यक्तिहरुलाई सम्मान गरेको छ ।

काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा आयोजित भानु जयन्तीमा प्रा।डा। एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङलाई नगद एकलाख १ हजार राशीको भानु साहित्यिक राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको छ ।

त्यस्तै अन्यविधामा हेमराज—मेदनी खरेल संगीत साधना प्रतिभा पुरस्कारबाट संगीत साधना प्रतिष्ठान नेपाल, सुनसरीलाई नगद २१ हजार, कृष्ण—पवित्रा उप्रेती साहित्यिक प्रतिभा पुरस्कारबाट सुसेली साहित्यिक प्रतिष्ठानलाई २१ हजार, हेमराज—मेदनी खरेल साहित्य तथा सञ्चार प्रतिभा पुरस्कारबाट

पत्रकार तथा साहित्यकार पिनाकीप्रसाद कोइरालालाई नगद २१ हजार, कृष्ण—पवित्रा उप्रेती खेलाडी प्रतिभा पुरस्कारबाट टेवलटेनिस खेलाडी अमिता गिरीलाई नगद २१ हजारसहित सम्मान गरिएको छ ।

यस्तै भानु उद्यमी पुरस्कारबाट खड्गबहादुर अधिकारीलाई नगद १५ हजार, भानु प्रशंसा पुरस्कारबाट केन्द्रप्रसाद भट्टराईलाई नगद ५ हजार र भानु प्रशंसा पुरस्कारबाट जयप्रसाद आचार्यलाई नगद ५ हजारसहित सम्मान गरेको छ ।

भानु जयन्तीको पूर्वसन्ध्यामा शुक्रबार गरिएको खुल्ला कविता गोष्ठी प्रतियोगितामा प्रथम नन्दी भट्टराई ९नुरान० लाई ५ हजार, दोस्रो हुने दधिराम खनाल (दुर्लभ) लाई ३ हजार र तेस्रो हुने दिपेश राउतलाई २ हजार नगदसहित पुरस्कृत गरिएको छ ।

सम्मानित व्यक्तिहरुलाई कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले नगदसहित पुरस्कृत गरेका थिए । उनले भानुको शालिकमा माल्यापर्ण गरेका थिए ।

भानु साहित्यिक प्रतिष्ठान मेचीनगरका कार्यबाहक अध्यक्ष डिल्लीराम घिमिरेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्षता गरेका थिए, स्वागत उपाध्यक्ष मेदनीप्रसाद खरेल, सञ्चालन महासचिव सुशिल आचार्यले धन्यवादसहित समापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

संसद्‌मा विपक्षी एकतालाई सरकारकै निम्तो

  १८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध विपक्षी दलहरू एकजुट भएका छन् । सबै विपक्षी दलका नेताह...
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमण

  १८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गर...
सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

सुनको मूल्यमा अहिलेसम्मकै उच्च वृद्धि, चाँदीको भाउ पनि बढ्यो

  काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार ...
बजेट २०८३/८४: बजेटको आकार २१ खर्ब २४ अर्ब

बजेट २०८३/८४: बजेटको आकार २१ खर्ब २४ अर्ब

  काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त ...