Skip to main content

नयाँ तृष्णा

काँकरभिट्टामा भानु जयन्ती : प्रा.डा.गुरुङसहित विभिन्न व्यक्तिहरु सम्मानित

[adsforwp id="2511"]

असार ३०, काँकरभिट्टा । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आज २११ औँ आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा विभिन्न विधाका श्रष्ठा र व्यक्तिहरुलाई सम्मान गरेको छ ।

काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा आयोजित भानु जयन्तीमा प्रा।डा। एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङलाई नगद एकलाख १ हजार राशीको भानु साहित्यिक राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको छ ।

त्यस्तै अन्यविधामा हेमराज—मेदनी खरेल संगीत साधना प्रतिभा पुरस्कारबाट संगीत साधना प्रतिष्ठान नेपाल, सुनसरीलाई नगद २१ हजार, कृष्ण—पवित्रा उप्रेती साहित्यिक प्रतिभा पुरस्कारबाट सुसेली साहित्यिक प्रतिष्ठानलाई २१ हजार, हेमराज—मेदनी खरेल साहित्य तथा सञ्चार प्रतिभा पुरस्कारबाट

पत्रकार तथा साहित्यकार पिनाकीप्रसाद कोइरालालाई नगद २१ हजार, कृष्ण—पवित्रा उप्रेती खेलाडी प्रतिभा पुरस्कारबाट टेवलटेनिस खेलाडी अमिता गिरीलाई नगद २१ हजारसहित सम्मान गरिएको छ ।

यस्तै भानु उद्यमी पुरस्कारबाट खड्गबहादुर अधिकारीलाई नगद १५ हजार, भानु प्रशंसा पुरस्कारबाट केन्द्रप्रसाद भट्टराईलाई नगद ५ हजार र भानु प्रशंसा पुरस्कारबाट जयप्रसाद आचार्यलाई नगद ५ हजारसहित सम्मान गरेको छ ।

भानु जयन्तीको पूर्वसन्ध्यामा शुक्रबार गरिएको खुल्ला कविता गोष्ठी प्रतियोगितामा प्रथम नन्दी भट्टराई ९नुरान० लाई ५ हजार, दोस्रो हुने दधिराम खनाल (दुर्लभ) लाई ३ हजार र तेस्रो हुने दिपेश राउतलाई २ हजार नगदसहित पुरस्कृत गरिएको छ ।

सम्मानित व्यक्तिहरुलाई कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले नगदसहित पुरस्कृत गरेका थिए । उनले भानुको शालिकमा माल्यापर्ण गरेका थिए ।

भानु साहित्यिक प्रतिष्ठान मेचीनगरका कार्यबाहक अध्यक्ष डिल्लीराम घिमिरेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्षता गरेका थिए, स्वागत उपाध्यक्ष मेदनीप्रसाद खरेल, सञ्चालन महासचिव सुशिल आचार्यले धन्यवादसहित समापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...