नयाँ तृष्णा

मेचीनगर –८ : नेपाल सम्बत ११४५ को अवसरमा सांस्कृतिक कार्यक्रम

मेचीनगर –८ : नेपाल सम्बत ११४५ को अवसरमा सांस्कृतिक कार्यक्रम

मेचीनगर –८ : नेपाल सम्बत ११४५ को अवसरमा सांस्कृतिक कार्यक्रम

    १४ कार्तिक, मेचीनगर । न्हुँदया भिन्तुना नेपाल सम्बत ११४५ को अवसरमा मेचीनगर –८ मा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । साँस्कृतिक सम्पदा पुर्खाको पौरख, नेपाल सम्बत राष्ट्रिय गौरव भन्ने मुल नाराका साथ नेवा: देय् दवू मेचीनगर – ८ वडा समितिको आयोजनामा हुन लागेको साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारदेखि बिभिन्न जातजातिको जातीय नृत्य, संगिनी नृत्य, बालन प्रस्तुत हुने छ । आयोजकले मंगलबार इटाभट्टामा पत्रकार सम्मेलन आयोजना गरेको २०८१ कात्र्तीक १६ गते साँझ साँस्कृतिक कार्यक्रम आयोजना गर्न जानकारी दिएको हो । नेवा : देय् दवूका केन्द्री सचिव दिनेश शाक्यले नेपाल सम्बतको महत्वको बारेमा प्रकाश पार्दै यसलाई देशभर लागू गर्नु पर्ने बताए…
Read More
अवैध मदिरा र कारसहित भारतीय नागरिक पक्राउ

अवैध मदिरा र कारसहित भारतीय नागरिक पक्राउ

१३ कार्तिक, काँकरभिट्टा । भन्सार छलेर नेपालतर्फ आउँदै गरेको ठुलो परिमाणमा अवैध मदिरा बोकेको सवारी साधनसहित चालक काँकरभट्टामा पक्राउ परेका छन् । आज विहान ९ बजे काँकरभिट्टा भन्सार गेट पछाडिबाट नेपालतर्फ आउँदै गरेको बीआर २२ ५०५१ नम्बरको भारतीय कारलाई इलाका प्रहरी कार्यालयको टोलीले चेकजाँच गर्दा सो कारमा फल्स बटम बनाई डिकी लगायतका अन्य भागहरुमा लुकाएको अवस्थामा ब्ल्याक माउन्टेन ह्विस्की २५४ बोतल , सुपर स्ट्रोङ बियर २४ बोतल बरामद गरेको हो । बरामद मदिराको अन्दाजी मूल्य १ लाख ९८ हजार ९०० र गाडीको बिगो समेत गरी ८ लाख ९८ हजार ९०० को सामानसहित भारतीय चालक जितेन्द्रकुमार पासवानलाई मेची भन्सार कार्यालयमा बुझाइएको…
Read More
लडाकु शिविरमा भ्रष्टाचार गरेको भन्दै  प्रचण्डसहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी

लडाकु शिविरमा भ्रष्टाचार गरेको भन्दै प्रचण्डसहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी

१३ कार्तिक, काठमाडौँ। माओवादी लडाकु शिविरमा भएको घोटालाबारे छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ । युवराज पौडेल सफलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन तथा चक्रपाणि खनालसहित १३ जनाविरुद्ध उजुरी हालेका हुन् । त्यस्तै उजुरी पर्नेमा सन्तु दराई, सुक बहादुर रोका, धनबहादुर मास्के, यम बहादुर अधिकारी, तेज बहादुर ओली, गणेशमान पुन, काली बहादुर खाम र महेन्द्र बहादुर शाही रहेका छन् । उजुरीमा विस्तृत शान्ति सम्झौतापछि सेना समायोजनका क्रममा माओवादी नेता कार्यकर्तालाई समेत सेनाको पोशाक दिएर फोटो खिचाइ रकम निकाशा गरिएको उल्लेख छ। माओवादी अध्यक्ष प्रचण्डले स्वयंले ७ हजार सेनालाई ३५ हजार…
Read More
सल्यानमा मिनी ट्रक दुर्घटना : तीन जनाको मृत्यु, आठ घाइते

सल्यानमा मिनी ट्रक दुर्घटना : तीन जनाको मृत्यु, आठ घाइते

१२ कार्त, दाङ। सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्गतर्फ जाँदै गरेको रा १ ख २४०२ नम्बर मिनी ट्रक आज बेलुकी करिब ६ बजेतिर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले जानकारी दिए । स्थानीय १४ वर्षीय गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १५ वर्षीया सिर्जना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार दुई जनाको घटनास्थलमै एक जनाको बाटोमा मृत्यु भएको हो…
Read More
एयर इण्डियाको जहाजमा बम रहेको हल्ला, प्रहरीले थाल्यो चेकजाँच

एयर इण्डियाको जहाजमा बम रहेको हल्ला, प्रहरीले थाल्यो चेकजाँच

१२ कार्तिक , काठमाडौँ। काठमाडौंबाट दिल्लीका लागि उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच थालिएको छ। दिल्लीका लागि उड्ने तयारीमा रहेको उक्त जहाजमा बम रहेको सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको विमानस्थलले जनाएको छ। सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै भारतबाट सूचना आएपछि चेकजाँच थालिएको हो। यसअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको हल्ला फैलिएको थियो । तर, जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु भेटिएको थिएन।
Read More
भारतलाई हराउँदै नेपाल फाइनलमा

भारतलाई हराउँदै नेपाल फाइनलमा

११ कार्तिक, झापा । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४-२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । निर्धारित समयमा खेल १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । यसअघि एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । यस अघि भारतले खेलको ७०औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता हासिल गरेको थियो । खेलको ७०औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले नेपालको गोललाई भने मान्यता नदिएपछि नेपालले विरोध गरेको थियो । लामो…
Read More
चुच्चे नक्सा अंकित १००  दरको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

चुच्चे नक्सा अंकित १०० दरको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

११ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ नोट छाप्न लागिएको हो । नेपाल सरकार मन्त्रिपरिषद्ले गत वैशाखमा नेपाल राष्ट्र बैंकलाई १०० रुपैयाँ दरको नोटको डिजाइन परिर्वतन गर्ने स्वीकृति दिएको थियो । ७ जेठ २०७७ मा संविधान संशोधन मार्फत नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो । १०० रुपैयाँ दरको नेपाली नोटमा नेपालको नक्सा अंकित भएकोले डिजाइन संविधान संशोधनसँगै १०० रुपैयाँ दरको नोटको डिजाइन पनि परिवर्तन…
Read More
गरे साना बिकासे श्रमदान गाउँलेहरुले

गरे साना बिकासे श्रमदान गाउँलेहरुले

९ कार्तिक, मेचीनगर । मेचीनगर ४ गोलेगाँउ टोल बिकास समिती आराधना चोक स्थित पूर्व दिशातर्फ राइसिङ पुल जाने सबिक बाटो झाडी जङ्गलले छोपी साना–तिना यतायातलाई समेत आवत–जावत गर्ने क्रममा गाह्रो अप्ठेयारो परेकाले गाउँका व्यक्तिहरुद्धारा  श्रमदान गरेकाछन् । स्थानीय सरकार अर्थात सम्बन्धित निकाय वडा कार्यलयबाट बाटोले छोएको झाडी,रुख–बिरुवाहरु काटन हटाउने क्रम बिगत धेरै समयदिनदेखि निष्क्रिय रहेको देखिएको छ । उक्त बाटोका जङ्गल र झाडिलेगर्दा गाडी, बाइक कुदाउँदा हाँगाहरुले लाग्ने गर्दा कठिनाई ब्यहर्नु परेकोले आफै यसरी फाँडने काट्ने गरेको हो । वडाबाट खटिएकाहरुको बाटो हेर्दा झनै जङ्गल हुने श्रमदानकर्ताहरु बताउँछन् । यो गोलेगाँउ टोल बिकास समिति अन्तर्गत गाउँ वासीहरु सडक पोल बत्ती…
Read More
नेपाल समूह बिजेता हुँदै साफको सेमिफाइनलमा

नेपाल समूह बिजेता हुँदै साफको सेमिफाइनलमा

८ कार्तिक, काठमाडौँ ।  नेपाल समूह विजेता हुँदै काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समुह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी थिइन् भने सावित्रा भण्डारी, अमिषा कार्की, सबिता राना मगर र रश्मी कुमारी घिसिङले एक एक गोल गरेका थिए । यो जितपछि नेपालको समूह बी मा ३ खेलमा ७ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै ४ खेलमा ७ अंक नै भएको भुटान गोल अन्तरको आधारमा उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । त्यसैगरी समुह बी बाट श्रीलंका…
Read More
अमेरिकी राष्ट्रपति निर्वाचन आउन दुई हप्तामात्रै बाँकी, ह्यारिस र ट्रम्पबीच तीव्र प्रतिस्पर्धा

अमेरिकी राष्ट्रपति निर्वाचन आउन दुई हप्तामात्रै बाँकी, ह्यारिस र ट्रम्पबीच तीव्र प्रतिस्पर्धा

८ कार्तिक, काठमाडौं । विश्वको शक्तिशाली देश अमेरिकाको राष्ट्रपति निर्वाचन आउन अब दुई हप्तामात्रै बाँकी छ। निर्वाचनमा सहभागी भएका दलमध्ये रिपब्लिकन र डेमोक्र्याट उम्मेदवारबीच एक अर्कामाथि आरोप लगाउने क्रम तीव्र रूपमा अघि बढेको छ। नोभेम्बर ५ मा हुने उक्त निर्वाचनमा कसले बाजी मार्छ अहिले नै भन्न कठिन देखिएको छ। अहिलेको निर्वाचनमा सहभागी भएका दुई राष्ट्रपतिका उम्मेदवार वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनान्ड टम्पबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ। मुख्य निर्वाचनको दिन आउन दुई हप्ता बाँकी भए पनि विश्वभर छरिएर रहेका अमेरिकी नागरिक र अमेकामा नै बसोवास गरिरहेका नागरिकमध्ये १ करोड ५० लाखभन्दा बढीले मतदान गरिसकेका छन्। आगामी चार वर्षका लागि…
Read More