नयाँ तृष्णा

सताक्षीधाम मन्दिरका अध्यक्षसहित १८ जुवाडे पक्राउ

सताक्षीधाम मन्दिरका अध्यक्षसहित १८ जुवाडे पक्राउ

सताक्षीधाम मन्दिरका अध्यक्षसहित १८ जुवाडे पक्राउ

२३ कार्तिक, झापा।  झापाको शिवसताक्षीबाट नगदसहित १८ जना जुवाडे पक्राउ परेका छन्। वडा नम्बर ११ ब्याङडाँडास्थित चन्द्रमणि रिमालको घरको तल्लो तलामा जुवा खेलिरहेका १८ जनालाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार जुवा अखडाबाट चार लाख ५४ हजार ५०० पनि बरामद भएको छ। पक्राउ पर्नेमा सताक्षीधाम मन्दिरका अध्यक्ष तुलाराम बोखिम भनिने तुला सुब्बा, घरधनी चन्द्रमणि रिमाल, शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का मुकेश राउत, वडा नम्बर ११ का राजेन्द्र बाँस्कोटा, वडा नम्बर ४ का शेवराज राजवंशी छन्। यस्तै, वडा नम्बर ७ का छत्रबहादुर सोडारी, वडा नम्बर ६ का लोकनाथ दुलाल, वडा नम्बर ४ का रुपनारायण शाह,…
Read More
वरिष्ठ गीतकार शिवशंकर थापा र संगीतकार भरत लामालाई सम्मान

वरिष्ठ गीतकार शिवशंकर थापा र संगीतकार भरत लामालाई सम्मान

२२ कार्तिक, मेचीनगर । झापाकाे मेचीनगर-९ मा वरिष्ठ गीतकार शिवशंकर थापा र संगीतकार भरत लामालाई सम्मान गरिएकाे छ ।ख्याति कमाएका र उदयमान कला, साहित्य र संगीतका पारखीलाई एकै ठाउँमा जोड्ने उद्देश्यले सातपाखे ब्याण्डद्वारा आयोजित सांगीतिक साँझमा थापा र लामालाई सम्मान गरेको हो । कार्यक्रमको प्रमुख अतिथि एबम् मेची नगरपालिकाको उपप्रमुख मिना उप्रेती पोख्रेलले खादा तथा सम्मान पत्रद्वारा सम्मान गरेकी थिइन् । सम्मानित कलाकारद्वय झापाली हुन् । सम्मानपछि गीतकार थापा, संगीतकार लामा आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । त्यसैगरी सांगीतिक ब्याण्डले दर्जनौं लोक तथा आधुनिक गीत, गजल प्रस्तुत गरेका थिए । कार्यक्रममा राष्ट्रिय गायक कमल रसाइली त्यस्तै आर्ट विधाका ख्यातीप्राप्त कलाकार…
Read More
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइँदै (तस्बिरहरू)

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइँदै (तस्बिरहरू)

२२ कार्तिक , झापा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । विभिन्न नदी तथा तलाउको किनारमा पुगेर छठको व्रत लिनेहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । अहिले पनि नदी तथा तलाउका किनारमा व्रतालुहरु बसिरहेका छन् । उनीहरु रातभर जाग्राम बस्छन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुन्छ । झापाको बिर्तामोडमा नेपाल मेधेशी सेवा समाजको आयोजनामा बिर्तामोड–३, बिर्ताबजार अदुवा खोलामा छठ पुजा तथा साँगीतिक समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री एकराज…
Read More
झापा इसाई समाजको आठौं बार्षिक साधारण सभा, निर्वाचन समिति पुन चयन

झापा इसाई समाजको आठौं बार्षिक साधारण सभा, निर्वाचन समिति पुन चयन

२१ कार्तिक, Share – होमराज राई, मेचीनगर । झापा इसाई समाजले आठौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बुधवार बिर्तामोडको पर्शुराम पार्टी प्यालेसमा धार्मिकताले राष्ट्रको उन्नति गराउँछ भन्ने मुल प्रशंगकासाथ कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पबित्रा महतारा प्रसाई र प्रमुख बक्ता रेभ एनडी थुलुङ्ग रहेको थियो । कार्यक्रमका प्रमुख बक्ता थुलुङ्गले भने धार्मिकताले राष्ट्रको उन्नति गराउँछ भन्ने प्रशंगबाट बोलेका थिए । सभमा धार्मिकताले निष्कलंताले,पबित्रताले, असल ब्यवहारद्धारा राष्ट्रलाई उचाल्छ । येशूख्रीष्टमा भएको धार्मिकता, पबित्रता र भक्तिपूर्ण जीवनले नै सम्प्रर्ण राष्ट्रलाई उचाल्ने काम गर्दछ । अब आउने झपा इसाई समाजका समितिहरु ठूलो दर्शन लिएर सबै मण्डलीहरुबीच एकता कायम ल्याउनु पर्ने उनको…
Read More
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित

२१ कार्तिक, काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । डोनाल्ड ट्रम्पले २७९ इलेक्टोरल भोट प्राप्त गर्दै डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेका हुन् । कमला ह्यारिसले २१९ इलेक्टोरल भोट प्राप्त गरेकी छन् । ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेटमा जित हासिल गरेका छन् । यसमा जर्जिया, उत्तरी क्यारोलिना, विस्कन्सिन र पेन्सिलभेनिया समावेश छन् । अमेरिकामा कुल ५३८ इलेक्टोरल कलेज मध्ये बहुमतको लागि २७० इलेक्टोरल भोट आवश्यक पर्दछ ।
Read More
प्रधानमन्त्री ओली अस्वस्थ, अत्यावश्यक बाहेकका भेटघाट स्थगित

प्रधानमन्त्री ओली अस्वस्थ, अत्यावश्यक बाहेकका भेटघाट स्थगित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि अत्यावश्यकबाहेकका भेटघाट कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले हाल बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् । 'सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम राख्नुभएको छैन । उहाँ प्रधानमन्त्री निवास, बालुवाटारमा आराम गरिरहनुभएको छ,' प्रधानमन्त्री ओलीको सचिवालयले भनेको छ ।
Read More
कुलमानलाई सर्वोच्चको साथ, डेडिकेटेड फिडर तथा ट्रंक लाइन महसुल नतिर्न परेको रिट खारेज

कुलमानलाई सर्वोच्चको साथ, डेडिकेटेड फिडर तथा ट्रंक लाइन महसुल नतिर्न परेको रिट खारेज

२० कार्तिक, काठमाडौँ। डेडिकेटेड फिडर तथा ट्रंक लाइन विवादमा महसुल नतिर्नुपर्ने माग गर्दै दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । हिमाल आइरन एन्ड स्टिल उद्योगले नेपाल विद्युत प्राधिकरणको महसुल उठाउने निर्णयविरुद्ध रिट सर्वोच्च अदालतले मंगलबार खारेज गरिदिएको हो । मंगलबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त रिटलाई खारेज गरिदिएको हो । प्राधिकरणले उक्त उद्योगले १३ करोड ६५ लाख १ हजार ९०२ रुपियाँ बक्यौता तिर्न बाँकी रहेको जनाएको छ । डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाउने प्राधिकरणको निर्णयविरुद्ध हिमाल आइरन एन्ड स्टिलले २०७५ फागुन ९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो । यसअघि विद्युत…
Read More
मानव बेचबिखन कसुरमा रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

मानव बेचबिखन कसुरमा रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

२० कार्तिक, काठमाडौं। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा जनकनन्दिनी गाउँपालिका-४ ठेगाना भएका दिलीप राउत पक्राउ परेका छन् । एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ । राउत समेत भएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ असोज १८ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटि…
Read More
रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

२० कार्तिक, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । मंगलबारसहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन र अहिले १० दिन म्याद थपिएको हो । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ ।
Read More
नेपाली ख्रीष्टियन नागरिक संघ भद्रपुर क्षेत्रिय कार्य–समितिले गरे शुभकामना कार्यक्रम

नेपाली ख्रीष्टियन नागरिक संघ भद्रपुर क्षेत्रिय कार्य–समितिले गरे शुभकामना कार्यक्रम

१९ कार्तिक, झापा । नेपाली ख्रीष्टियन नागरिक संघ भद्रपुर क्षेत्र न ३ का कार्य–समितिले शुभकामना कार्यक्रम गरेको छ । सोमबार भद्रपुर ४ स्थीत नेपाल ख्रीष्टियन चर्च भवनमा सम्पन्न भएके शुभकामना कार्यक्रममा कोशी प्रदेश राज्य तथा भौतिक पुर्वधारमन्त्री भूमी प्रसाद राजबंशीको प्रमुख आतिथ्यतामा भएको थियो। मन्त्री भूमी प्रशाद राजवंशी ,पुर्वधार बिकास ,राज्यमन्त्रीले भन्नुभयो धर्मले सहि बाटोमा हिड्न सिकाउने काम गर्छ। धर्मले मान्छेलाई असल बनाउने काम गर्छ ।धर्मले सत्मार्गमा हिड्ने दिशा देखाउँछ। ख्रीष्टियन धर्म नयाँ धर्म होइन धेरै पुरानो हो । हामीलाई स्कूलमा इतिहासको किताबबाट पढाइन्थ्यो । राजवंशी मन्त्रीले धन्यवाद र शुभकामना सम्बोधन गर्दै भन्नुभयो एउटा महत्वपूर्ण कुरा यहाँ मैले देखिराखेको छु…
Read More