Skip to main content

नयाँ तृष्णा

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइँदै (तस्बिरहरू)

[adsforwp id="2511"]

झापा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो ।

विभिन्न नदी तथा तलाउको किनारमा पुगेर छठको व्रत लिनेहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । अहिले पनि नदी तथा तलाउका किनारमा व्रतालुहरु बसिरहेका छन् । उनीहरु रातभर जाग्राम बस्छन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुन्छ ।

झापाको बिर्तामोडमा नेपाल मेधेशी सेवा समाजको आयोजनामा बिर्तामोड–३, बिर्ताबजार अदुवा खोलामा छठ पुजा तथा साँगीतिक समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री एकराज कार्कीले हामी बहुजाति बहु धार्मिक र बहु सांस्कृतिक नेपालमा रहेकाले आ–आफ्नो धर्म संस्कृतिलाई जगेर्ना गर्दै मानिरहेका छौं ।

नेपालको बिभिन्न ठाँउहरुमा छैठ माताको अस्ताउँदो सूर्यलाई आराधना गर्ने र भोलि उदाउँदो समयमा समापन गर्ने पुजा आराधना गरिरहेका छन् । यो बर्त कठिन छ चार दिनदेखि बर्त बस्नु हुन्छ र भोलि अस्ताउदो सूर्यलाई पुजा गरेर बर्त फुकाउँनु हुन्छ ।यहाँहरुले आदर र भक्तिका साथ यो आराधना पुजा गर्नुहुने सम्पूर्ण महानुभावलाई सहर्श सम्मान गर्दै आउँदो दिनहरुमा पनि भब्य र सभ्यतरिका अगाडि बढ्न उत्साह दिँदछु मनत्रीले भने ।

झापाकाे मेची खाेला, धुलाबारीकाे निन्दा खाेला, कनकाईकाे विरिङ खाेला, भद्रपुरकाे मेची खाेला लगायतमा छठ पर्व धुमधामसँग मनाइने गरिएकाे छ ।

बिर्तामोडको अदुवा खोलामा

मेचीनगर-१० स्थित निन्दा खाेलामा अहिले साँझ

झापाकाे मेची खाेला

विशेषगरी नेपालको तराई क्षेत्रका मधेसी समुदायले मनाउने छठ पर्व अचेल पहाडियाहरूले पनि भब्य रुपमा मनाउन थालेका छन् ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिने विधि विधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ ।

तस्विर– बिजय राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...