Skip to main content

नयाँ तृष्णा

सताक्षीधाम मन्दिरका अध्यक्षसहित १८ जुवाडे पक्राउ

[adsforwp id="2511"]

झापा। 

झापाको शिवसताक्षीबाट नगदसहित १८ जना जुवाडे पक्राउ परेका छन्। वडा नम्बर ११ ब्याङडाँडास्थित चन्द्रमणि रिमालको घरको तल्लो तलामा जुवा खेलिरहेका १८ जनालाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार जुवा अखडाबाट चार लाख ५४ हजार ५०० पनि बरामद भएको छ। पक्राउ पर्नेमा सताक्षीधाम मन्दिरका अध्यक्ष तुलाराम बोखिम भनिने तुला सुब्बा, घरधनी चन्द्रमणि रिमाल, शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का मुकेश राउत, वडा नम्बर ११ का राजेन्द्र बाँस्कोटा, वडा नम्बर ४ का शेवराज राजवंशी छन्।

यस्तै, वडा नम्बर ७ का छत्रबहादुर सोडारी, वडा नम्बर ६ का लोकनाथ दुलाल, वडा नम्बर ४ का रुपनारायण शाह, वडा नम्बर ७ का मणि खड्का, सोही वडाका राजु दर्जी पक्राउ परेका छन्।

यस्तै, वडा नम्बर ७ बस्ने सीताराम कार्की, खरीबहादुर श्रेष्ठ, वडा नम्बर ११ का राजेन्द्र बुबर, वडा नम्बर ४ का मनोज शाह, वडा नम्बर ९ का मोहनप्रसाद दुलाल र गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ का हरि राजवंशी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाको सूचना शाखाले जनाएको छ। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।

शुक्रबार बिहान साढे १ बजे उनीहरूलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो। दमक प्रहरीले पक्राउ गरेपछि थप बल इलाका प्रहरी कार्यालय झिलझिलेबाट बोलाइएको प्रहरी स्रोतले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...