Skip to main content

नयाँ तृष्णा

नेपाली ख्रीष्टियन नागरिक संघ भद्रपुर क्षेत्रिय कार्य–समितिले गरे शुभकामना कार्यक्रम

Advertisement

१९ कार्तिक,

झापा । नेपाली ख्रीष्टियन नागरिक संघ भद्रपुर क्षेत्र न ३ का कार्य–समितिले शुभकामना कार्यक्रम गरेको छ । सोमबार भद्रपुर ४ स्थीत नेपाल ख्रीष्टियन चर्च भवनमा सम्पन्न भएके शुभकामना कार्यक्रममा कोशी प्रदेश राज्य तथा भौतिक पुर्वधारमन्त्री भूमी प्रसाद राजबंशीको प्रमुख आतिथ्यतामा भएको थियो।

मन्त्री भूमी प्रशाद राजवंशी ,पुर्वधार बिकास ,राज्यमन्त्रीले भन्नुभयो धर्मले सहि बाटोमा हिड्न सिकाउने काम गर्छ। धर्मले मान्छेलाई असल बनाउने काम गर्छ ।धर्मले सत्मार्गमा हिड्ने दिशा देखाउँछ। ख्रीष्टियन धर्म नयाँ धर्म होइन धेरै पुरानो हो । हामीलाई स्कूलमा इतिहासको किताबबाट पढाइन्थ्यो । राजवंशी मन्त्रीले धन्यवाद र शुभकामना सम्बोधन गर्दै भन्नुभयो एउटा महत्वपूर्ण कुरा यहाँ मैले देखिराखेको छु । यहाँ हाम्रा सन्थाल समुदायका साथीहरु हुनुहुन्थ्यो । सन्थाल समुदायका साथिहरु धेरै लोभ भैसकेको एउटै कारण हो उहाँहरु जाँडरक्सीमा लिप्त हुनुहुन्थ्यो। त्यतिखेर माछा मार्ने खाने ,जाँडरक्सी खाने ती सन्थाल समुदायकाहरुलाई सहि मार्गमा ल्यानुभएको छ त्यसको लागि म ख्रीष्टियन साथिहरुलाई चाहिँ मेरो ह्र्दयबाटनै धन्यवाद दिन्छु। हाम्रो लक्षय भनेको के हो मान्छे बनाउने हो । संघका साथै सबै ख्रीष्टियन समुदायका साथीहरुप्रती अझै यस्ता कामहरुमा अघि बढ्दै जानुहोस भन्ने शुभकामना राख्न चाहन्छु ।

उक्त कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष हरिकुमार थापाले सम्बोधन गर्दै शुभकामनाको मनतव्यक्रममा भन्नुभयो यो नेपाल राष्ट्रले तपाई र मेरो लागि जुन एउटा राष्ट्रिय गीतमा आफ्नो उद्वेश्यलाई प्रस्तुत गरेको छ, यो गीतलाई आ–आफ्नो ठाउँबाट प्रतिपालन गर्ने हो भने यो गीतले भनेको भन्दा अझै अति उत्तम र सुन्दर बन्नसक्छौ हामीहरु यो देशमा। हामी यो देशमा बसेका छौ र हामी यो देशको नागरिक हौँ भन्ने कुराहरु हामी आफैलाई थाहा छ। तर जब सरकार पक्षबाट हेर्ने कुराहरु जब हुन्छ लेख्ने एउटा कुराहरू ,बोल्ने एउटा कुरा र गर्ने एउटा कुराहरु हुन्छ । यसकारणले गर्दा यस ठाउँमा रहदैगर्दाखेरी तपार्इ र मैले बुझ्नुपर्ने कुराहरु र बुझाउनुपर्ने कुराहरु अति महत्वपूर्ण हुन्छ। किन भन्दै गर्दाखेरि यदि हामीले बुझ्न र बुझाउन सकेनौंभने तपाईं र मैले देखेको र नेपालको यो राष्ट्रिय गानले बताएको कुराहरूमा हामी पुग्नै नसक्ने रहेछौ। किनभने हामी हरेक सभामा राष्ट्रियगानमा सरिक त हुन्छौं तर सरिक मात्रै हुँदारहेछौ, त्यो कुरामा शीर मात्रै झुकाउँदा रहेछौ र गर्नपर्ने कर्तव्यलाई हामी बिर्सिहाल्दा रहेछौ ।

कार्यक्रममा नेपाली ख्रीष्टियन नागरिक संघ क्षेत्र न। ३ समितिका अध्यक्ष पाष्टर इसहाक गजमेरको सयोजकत्वमा भएको हो । कार्यक्रममा भद्रपुर ख्रीष्टियन समाजका अग्रजहरु र मण्डलीहरुबाट साथै नेपाली ख्रीष्टियन नागरिक संघका केन्द्रीय अध्यक्ष, हरिकुमार थापा ,झापा जिल्ला समिति तथा नगर समितिका सचीव हनोक राई र झापा जिल्ला पुर्वाध्यक्ष सिलास राईको उपस्थिति रहेको थियो ।

भद्रपुर नगर प्रमुख गणेश पोख्रेलले सबै धर्मको लक्ष्य एउटै हुन्छ र ख्रीष्टियन धर्मको लक्ष्य भनेको पनि एक–आपसमा सद्भाव, प्रेम नै हो । र गरीबनिमुखालाई मलहमपट्टि लाउने हामी सबैकै हो । धार्मिकताले नै देशलाई मजबुद बनाउँछ भन्ने मुल नारा लिएर अगाडि बढ्नुभएको छ सफलताको शुभकामना दिनुभयो ।

नेपाली ख्रीष्टियन नागरिक संघको क्षेत्रिय अध्यक्ष इसाहक गजमेरले यो दर्ताको पहलगर्दाको आइपरेका समस्या र सफल प्राप्त गर्नुका साथै यसका उद्धेश्यबारे प्रष्ट्याएका थिए । रेभ गोपाल खनालद्धारा बाइबलिय खण्डबाट संघलाई उत्साहित तुल्याएका थिए ।

भौतिक पुर्वधारमन्त्री भूमी प्रसाद राजबंशीको प्रमुख आतिथ्यतामा भएको यस शुभकामना आदन–प्रदान कार्यक्रम को सञ्चालन पा बिजय घतानीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
1
+1
2
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...
मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...