३० कार्तिक, मेचीनगर । आज बेलुका पूर्व पश्चिम राजमार्गमा चारआलीबाट धुलाबारी आउँदै गरेको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको पैदल यात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ । चारआलीबाट धुलाबारी आउँदै गरेको मे.६ प.३१७९ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका नाम र थर नखुलेका पैदल यात्री अन्दाजी ५० वर्षीय पुरुषलाई शुक्रबार बेलुका ६ वजे ठक्कर दिँदा गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । उनलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल पठाइएको थियो । घाइतेलाई बेलुका करिव ७ वजे अस्पताल पुर्याउन साथ डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको घोषणा गरेका थिए । मोटरसाइकल चालक मेचीनगर नगरपालिका–७ बस्ने बर्ष ५२…
३० कार्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता र प्रतिगमनतर्फ फर्कने कसरतका विरुद्ध परिवर्तनका हिस्सेदार शक्तिहरु एकताबद्ध भएर प्रतिवाद गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्व केन्द्रीय संयोजक अखिलेश्वरलाल दासको दोस्रो स्मृति दिवस तथा उहाँको स्मृतिमा प्रकाशित ‘स्मृतिमा अखिल सर’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हामी आज देख्छौं समाजलाई अलिकति अराजकता र निरंकुशतातिर फकाउने कसरतहरु भइरहका छन्’, उनले भने,‘एकातिर हामीले स्थापित गरेको संघीय लोकतान्त्रिक मूल्य मान्यताबाट पछि हट्न खोज्ने हामीभित्रै कसैको मनशाय छ भने त्यसलाई पनि सफल हुन दिनु हुँदैन भने अर्कोतिर अराजकतावादीहरुले जनतामा देखिएको निराशा र आवेगलाई दुरुपयोग गरेर…
३० कार्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । सिंहदरबारमा आज सम्पनन्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औँ बैठकमा प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन झनै आवश्यक भएकाले शासकीय सुधारलाई समितिबाट निर्णय गर्नुपर्ने कार्यसूचीको पहिलो नम्बरमा राखेको स्पष्ट गरे । उनले वन वातावरण संरक्षण गर्दै यस क्षेत्रले विकासका आयोजनालाई सहजीकरण गर्नुपर्ने र विकासलाई अवरोध गर्ने गरी वनसम्बन्धी निकायले काम गर्न नहुने बताए । उनले अजरवैजानको बाकुमा भएको जलवायुसम्बन्धी सम्मेलनमा वन मन्त्रालयले आवश्यकताभन्दा बढी कर्मचारी पठाएको सन्दर्भ उल्लेख गर्दै यस्ता गलल प्रवृत्ति हुन…
२८ कात्तिक, काठमाडौं । नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट भएको छ । आज भएको अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा पुगेको हो । युएईले दिएको ८४ रनको लक्ष्य पछाएको नेपालले १४.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्दै प्रतियोगितामा शिर्ष स्थानमा रहदै विश्वकपमा छनौट भएको हो । यसअघि नेपालले टस हारेर पहिला बलिङ गर्दै शानदार बलिङ गरेर युएईलाई २० ओभरमा ९ विकेट गुमाउदै ८३ रनमा रोकेको थियो । यू-१९ महिला टी-२० विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुदै छ । १६ देशले भाग लिने यस विश्वकपमा १५ देशको टुंगो यसअघि नै लागिसकेको थियो…
२८ कार्तिक, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन् । बुधवार पत्रकार सम्मेलन गर्दै घिसिङले बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्ने स्पष्ट गरेका हुन् । घिसिंङले भने- ‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो । हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौँ । अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरी उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’ पत्रकार सम्मेलनले आफूलाई राजनीति गरेको आरोप लागेको बताउँदै आफ्नो उद्देश्य देशको हित मात्र रहेको बताएका छन् । उनले आफूले लोकप्रियताका…
२७ कार्तिक, काठमाडौँ । चीनको झुहाईमा एउटा कारले रंगशाला बाहिर कसरत गरिरहेका मानिसहरुको भीडलाई कारले ठक्कर दिदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यामले सो घटनामा ३५ जनाको मृत्यु भएको र ४३ जना घाइते भएको उल्लेख गरेका छन् । चिनिया अधिकारीहरूले यसलाई ‘गम्भीर आक्रमण’ भनेका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार घाइते हुनेमा ठूलो संख्यामा वृद्ध, युवा र बालबालिका रहेका छन् । कार चलाउने व्यक्तिले भाग्ने प्रयास गरेपनि प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, प्रहरीले आत्मघाती हमलाका कारण अभियुक्त अचेत अवस्थामा रहेको पनि जानकारी दिएको छ । यस सहरमा हुन लागेको ठूला नागरिक तथा सैनिक एयर शोका लागि…
२७ कार्तिक, दुवइ । दुबईको जाबेल पार्कमा किरात याक्थुङ चुम्लुङ युएईको प्रस्तावमा युएईमा रहेका लिम्बू जन्य संस्थाहरु किरात याक्थुङ चुम्लुङ युएई, थुप्पोको थेबे लिम्बू समाज युएई, युमा साम्यो महासभा युएई र किरात धर्म तथा साहित्य उत्थान संघ युएई ले पहिलो पटक युएईमा संयुक्त रुपमा यले तङ्बे ५०८४ को वलिहाङ तङ्नाम साथै बनभोज कार्यक्रम बृहत रुपमा मनाएको छ। उक्त कार्यक्रमले युएईमा रहेको लिम्बू जन्य संस्थाहरुको आपसी सम्बन्ध र एकताको राम्रो संदेश दिएको छ। कार्यक्रम याक्थुङ लिम्बुहरुको मौलिक खाना साथै विभिन्न खेलकुदहरुका साथ् आयोजना भएको थियो। मौलिक भेषभुषामा पुरुष तर्फ थुप्पोको थेबे लिम्बू समाज युएईका अध्यक्ष पोबो थेबे सेमी र महिला तर्फ…
२६ कार्तिक , काठमाडौँ । श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थलको प्रयोग गरेर विदेश जाँदा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ । दिल्लीस्थित नेपाली राजदूतावासले साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जस्ता देशमा जाँदा यस दूतावासबाट एनओसी लिनुपर्ने तर वैदेशिक श्रम स्वीकृति लिएका नेपाली नागरिकहरूलाई भने एनओसी आवश्यक नरहेको जनाएको हो । त्यसैगरी, नेपाली कूटनीतिक/आधिकारिक/सेवा राहदानी धारकहरू, संयुक्त राष्ट्र संघ लायसेज-पासर (यूएनएलपी) भएका नेपाली नागरिकहरू र १६ वर्ष मुनिका नेपाली नाबालिगहरूलाई पनि एनओसी आवश्यक नपर्ने दुताबासले जनाएको छ । त्यसैगरी अमेरिका, बेलायत तथा सेनजेन मुलुकको भिसा भएका नेपाली नागरिकहरूलाई पनि एनओसी…
बिर्तामोड, २४ कात्तिक । कनकाई र बिर्तामोड नगरका पाँच वटा मन्टेश्वरीका शिक्षकहरुलाई दुई दिवसिय क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । बिर्तामोड स्थित लिंकन मन्टेश्वरी स्कुलको आयोजनामा शुक्रबार र शनिबार मन्टेश्वरीका शिक्षकहरुलाई दुई दिने सो तालिम दिइएको हो । तालिममा बिर्तामोडको लिंकन मन्टेश्वरी, ब्राइट फ्युचर, शिक्षा शिकोप, निदी र कनकाई नगरपालिकाको फक्तालुङ विद्यालयका मन्टेश्वरी शिक्षिकाहरुको सहभागिता रहेको थियो । मन्टेश्वरीका शिक्षिक–शिक्षिकाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको लिंकन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले बताए । तालिममा सहभागी शिक्षिकाहरुलाई प्रशिक्षक जनक पराजुली र मिश्रा अधिकारीले प्रशिक्षण दिएका थिए । पाटन शिक्षण तालिम केन्द्र ललितपुर, नेपाल सरकार शिक्षा मन्त्रालय सिटीईभिटी रोष्टर, बाल…
२४ कार्तिक, एजेन्सी। पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेलवे स्टेसनमा शनिबार भएको विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ। विस्फोटमा परी दर्जनौँ घाइते भएका छन्। विस्फोटमा घाइते भएका ४६ जनालाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको महानिरीक्षक मोअज्जम जाह अन्सारीले बताएका छन्। उनका अनुसार मृतकको सङ्ख्या अझै बढ्न सक्ने छ। अफगानिस्तान र इरानको सिमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानीमा स्थानीय समय अनुसार बिहान ८ः४५ बजे रेलले यात्रुहरूलाई पर्खिरहेको समयमा विस्फोट भएको स्रोतले जनाएको छ । पछिल्लो समयमा आतङ्वादीहरूले विदेशी वित्तपोषणको आधारमा ऊर्जा परियोजनालाई लक्षित गरी विस्पोटका घटनाहरु बढाउदै आएको जनाइएको छ । गत अगस्टमा भएकf दर्जनौँ आक्रमणको जिम्मेवारी बीएलएले लिएको थियो जसमा…