नयाँ तृष्णा

मन्टेश्वरीका शिक्षकहरुलाई क्षमता अभिवृद्धि तालिम

Advertisement

बिर्तामोड,

२४ कात्तिक । कनकाई र बिर्तामोड नगरका पाँच वटा मन्टेश्वरीका शिक्षकहरुलाई दुई दिवसिय क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । बिर्तामोड स्थित लिंकन मन्टेश्वरी स्कुलको आयोजनामा शुक्रबार र शनिबार मन्टेश्वरीका शिक्षकहरुलाई दुई दिने सो तालिम दिइएको हो ।

तालिममा बिर्तामोडको लिंकन मन्टेश्वरी, ब्राइट फ्युचर, शिक्षा शिकोप, निदी र कनकाई नगरपालिकाको फक्तालुङ विद्यालयका मन्टेश्वरी शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

मन्टेश्वरीका शिक्षिक–शिक्षिकाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको लिंकन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले बताए । तालिममा सहभागी शिक्षिकाहरुलाई प्रशिक्षक जनक पराजुली र मिश्रा अधिकारीले प्रशिक्षण दिएका थिए ।

पाटन शिक्षण तालिम केन्द्र ललितपुर, नेपाल सरकार शिक्षा मन्त्रालय सिटीईभिटी रोष्टर, बाल विकास तथा आधारभूत तहका प्रशिक्षक पराजुलीले मन्टेश्वरी शिक्षण पद्धति र बालविकास क्रियाकलाप सम्बन्धी जानकारी गराइएको बताए । तालिममा सहभागी शिक्षिकाहरुले तालिम अर्थपूर्ण र उपलब्धि मुलक रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभि...
चर्च ब्वाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनल प्रवेश

चर्च ब्वाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनल प्रवेश

२९ फाल्गुन, काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेडले ३–० को अवस्थामा कम्ब्याक गर्दै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको ...
मेचीनगर गोल्डकपः आज मच्छिन्द्र र एपीएफ भिड्ने

मेचीनगर गोल्डकपः आज मच्छिन्द्र र एपीएफ भिड्ने

मेचीनगर । मच्छिन्द्र फुटबल क्लब र एपीएफ मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकपको सेमिफाइनल प्रवेशका लागि मंगलबार (आज) प्रतिष्पर्धा ...
आज पाँचौं मेचीनगर गोल्डकपमा धरान एफसीले उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीको सामना गर्दै

आज पाँचौं मेचीनगर गोल्डकपमा धरान एफसीले उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीको सामना गर्दै

२६ फाल्गुन, काँकरभिट्ट । झापाको मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज तेस्रो क्वाटरफाइनल खेल हुँदैछ । धरान एफसी स...