Skip to main content

नयाँ तृष्णा

बक्यौता रकम नतिरे उद्योगीको लाइन फेरि काट्छौं: कुलमान घिसिङ

Advertisement

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन् ।

बुधवार पत्रकार सम्मेलन गर्दै घिसिङले बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्ने स्पष्ट गरेका हुन् ।

घिसिंङले भने- ‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो । हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौँ ।

अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरी उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’

पत्रकार सम्मेलनले आफूलाई राजनीति गरेको आरोप लागेको बताउँदै आफ्नो उद्देश्य देशको हित मात्र रहेको बताएका छन् ।

उनले आफूले लोकप्रियताका लागि कुनै काम नगरेको स्पष्ट गर्दै देशको कानुन अनुसार संस्थाको हित र देशको हितका लागि काम गरिरहेको बताए ।

आफुमाथि लागेका आरोपबाट आफु विचलित नहुने बताउँदै प्राधिकरणको प्रयासमा सबै क्षेत्रको साथ पाउने अपेक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख...
बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...