७ मंसिर, काठमाडौं । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति पौने ११ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको छ । काठमाडौं उपत्यकाबासीले भूकम्पको धक्का महसुस गरेको भन्दै सामाजिक सन्जालमा लेखेको देखिन्छ । तर भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्याएको विवरण छैन ।
६ मंसिर, काठमाडौं । शुक्रबार काठमाडौंमा सत्तारुढ दल एमालेसहित अन्य विभिन्न पक्षले प्रदर्शन गर्ने भएका छन् । सरकारको नेतृत्व गरेको एमालेले दरबारमार्गमा प्रदर्शन गर्दैछ । एमाले नेता विष्णु रिजालका अनुसार काठमाडाैंका विभिन्न सम्पर्कविन्दुबाट ११ बजे बिहान सुरु हुने जुलुस दरबारमार्ग पुग्नेछ । यही समयमा सहकारीमा बचत गरेको तर रकम फिर्ता नपाएका पीडितहरुको प्रदर्शन पनि जारी हुनेछ । उनीहरुले दुई दिनदेखि जारी राखेको आन्दोलनलाई शुक्रबार पनि निरन्तरता दिने भएका छन् । उनीहरुले माइतीघरमा केन्द्रित भई प्रदर्शन जारी राखेका छन् । सहकारी ठगीमा संलग्नहरुमाथि छानबिन र कारवाही हुनुपर्ने अनि पीडितहरुको बचत फिर्ता हुनुपर्ने उनीहरुको मुख्य माग छ । यता, दुर्गा प्रसाई समर्थकहरुले…
५ मंसिर, मेचीनगर । मानब बेचबिखन तथा अन्य जघन्य अपराध नियन्त्रणका लागि नेपाल भारतका सघ–संस्थाहरुबीच बृहत अन्तरकृया कार्यक्रम भएको छ । आज बिश्व बाल दिवसको अवसर पारेर सनलप कलकताको आयोजनामा साथै कञ्चनजघा उद्धार केन्द्र सिलगुडी र माइती नेपाल काँकरभिट्टाको समन्वयमा मानब बेचबिखन तथा अन्य अपराधमूलक कार्य नियन्त्रण सम्बनिध एक दिवसिय अन्तरकृया कार्यक्रम भएको हो । मानब बेचबिखन तथा अन्य जघन्य हिंसात्मक अपराधहरुमा ठूलो संख्यामा बिश्वभर छिटो र सरल तरिकाले सफलता हात पार्न नेटवर्किङ संजाल फिंजाएका छन् । ती अपराधमूलक घटनामा संलग्न गिरोहलाई निरुत्साहित पार्न अबका दिनहरुमा आफूहरु सक्रिय हुनुपर्ने माइती नेपालका क्षेत्रिय अध्यक्ष गोबिन्द घिमिरेको भनाइ थियो । यस कार्यक्रममा…
४ मंसिर , काठमाडौं । प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा युट्युब च्यानललाई मंगलबार कारबाही गरेको छ । ती मध्ये दर्ता, सूचीकरण विना चलेका ३ वटालाई आवश्यक अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार समेत गरेको छ । सूचीकरण भएका अन्य सामाजिक सञ्जाल (युट्युब च्यानल)मा भएका अप्रमाणित र एकपक्षीय सामाग्रीलाई तत्काल हटाउन वा स्थगन गर्न समेत काउन्सिलले निर्देशन दिएको छ । काउन्सिलले पछिल्लोसमयमा कार्यविधि बनाई कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल र फेसबुक पेजबाट सम्प्रेषित सामाग्रीको विशेष अनुगमन गरिरहेको छ । केही सामाजिक…
३ मंसिर, मेचीनगर । मेचीनगरले भद्रपुर नगरपालिकालाई हराउँदै चौंथो खुदुनाबारी गोल्डकपको फाइनलमा पुगेको छ । आजको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मेचीनगर नगरपालिका उपाधि नजिक पुगेको हो । मेचीनगरका खेलाडी सनम भुजेलले ह्याट्रिक गरे । ३४ औं मिनेटमा पहिलो गोल गरेका भुजेलले ४० औं र ६९ औं मिनेटमा थप दुई वटा गोल गरेका थिए । मेचीनगरको तर्फबाट पहिलो गोल सरोज कार्कीले गरे । उनले खेलको ३० औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै मेचीनगरका लक्षु थापाले ५४ औं मिनेटमा थप एक गोल गरे । दोस्रो हाफमा भद्रपुरका गोलरक्षक देव लिम्बूले…
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले “लैंगिक हिँसा विरूद्धकाे १६ दिने अभियान” विविध कार्यक्रम गरि भव्यरूपमा सफल बनाउन सम्बन्धि सरोकारवाला निकायहरूसंग छलफल अगाडि बढाएको छ । नगरपालिकाले आज नगरपालिकाको बैठक कक्षामा बिशेष छलफलको आयोजना गरि नगरक्षेत्र भित्र रहेका महिला, बालबालिका तथा मानव अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, विभिन्न राजनीतिक दलका नेतृत्वदायी भूमिकामा रहेका महिला प्रमुख प्रतिनिधिहरूलाई एक ठाउँमा उपस्थित गराएर मेचीनगरको अगुवाइमा सबैलाई एकताबद्ध बनाइ अभियानलाई साझा रूपमा सफल बनाउन के कस्ता उपायहरू अपनाउनु पर्छ भन्ने बिषयमा बृहत् छलफल गरिएको थियो । छलफलमा बोल्दै मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले अहिलेको समयमा पनि विभिन्न बहानामा मानिसको मानवीय अधिकारी…
२ मंसिर , मेचीनगर, झापाको चारआली साना शहरी तथा खानेपानी सरसफाइ उपभोक्ता समितिको चुनावमा अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन चिमरिया विजयी भएका छन् । कर्मठ समाजसेवीको व्यक्तित्व बनाएका चिमरिया दुग्ध व्यवसायी पनि हुन् । शनिवार सम्पन्न चुनावको मतगणनाको अन्तिम परिणाम अनुसार साझा प्यानलका चिमरियाले ९११ मत प्राप्त गरि विजयी भए । अध्यक्ष पदका एमालेका उम्मेद्वार सन्तोस मेचेले ४९३ र काङ्ग्रेसका तर्फबाट अध्यक्षका उम्मेद्वार बालकुमार बिष्टले २७२ मत ल्याए । उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा समेत साझा प्यानलकै उम्मेद्वार विजयी भएका छन । उपाध्यक्षमा साझा प्यानलका मैया कार्कीले ६०६ मत ल्याउदा एमालेका पुष्पा गौतम खनालले ५२० मत र काङ्ग्रेसका दीपा आचार्य पौडेलले…
२ मंसिर, झापा । झापाको दमक ३ मा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। आज बिहान २ बजे दमक नगरपालिका वडा न.३ दिपज्योती टोलमा जंगलबाट आएको एउटा हात्तीले सोही ठाउँ बस्ने सुबिन भट्टराईको भान्सा घर भत्काउन लागेको थियो । सोही बेला छिमेकी ४५ वर्षीय मिनबहादुर भण्डारीले धपाउन खोज्दा उनीमाथि हात्तीले आक्रमण गरेको थियो । सय मिटर परसम्म हात्तीले लखेटेर लछारपछार पारी उचालेर पछार्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकमा घटनाबारे प्राप्त हुनासाथ प्रहरी टोली खटिएर अनुसन्धान कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
१ मंसिर, काठमाडौँ । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको आजको बैठकले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए । आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र सोका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सोका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई…