नयाँ तृष्णा

मेचीनगरले “लैंगिक हिँसा विरूद्धकाे १६ दिने अभियान” सफल पार्न सरोकारवाला निकायसंग गरे छलफल

Advertisement

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले “लैंगिक हिँसा विरूद्धकाे १६ दिने अभियान” विविध कार्यक्रम गरि भव्यरूपमा सफल बनाउन सम्बन्धि सरोकारवाला निकायहरूसंग छलफल अगाडि बढाएको छ ।

नगरपालिकाले आज नगरपालिकाको बैठक कक्षामा बिशेष छलफलको आयोजना गरि नगरक्षेत्र भित्र रहेका महिला, बालबालिका तथा मानव अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, विभिन्न राजनीतिक दलका नेतृत्वदायी भूमिकामा रहेका महिला प्रमुख प्रतिनिधिहरूलाई एक ठाउँमा उपस्थित गराएर मेचीनगरको अगुवाइमा सबैलाई एकताबद्ध बनाइ अभियानलाई साझा रूपमा सफल बनाउन के कस्ता उपायहरू अपनाउनु पर्छ भन्ने बिषयमा बृहत् छलफल गरिएको थियो ।

छलफलमा बोल्दै मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले अहिलेको समयमा पनि विभिन्न बहानामा मानिसको मानवीय अधिकारी हनन् हुनु वा लैंगिक हिँसा खेप्नु गलत भएको बताइन् । उनले जुनसुकै समुह, लिङ्ग, वर्ग, धर्म वा शारीरिक असक्तले भोग्नुपरेको भएता पनि लैंगिक हिँसा समाजको लागि खराब पक्ष भएको उनको तर्क थियो । यसलाई जरैदेखि निर्मुलन पार्न अब सबै लाग्नुपर्ने उनको भनाइ छ ।

आगामी नाेभेम्वर २५ देखि डिसेम्बर १० तारिख २०२४ सम्म अन्तर्राष्ट्रियस्तरमा मनाईने “लैंगिक हिँसा विरूद्धकाे १६ दिने अभियान” लाई मेचीनगर क्षेत्रमा पनि विभिन्न रचनात्मक तथा सकरात्मक कार्यक्रम गरि मनाउँन तथा कार्यक्रमलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नेकपा एमालेको जनजागरण सभा बिर्तामोडमा सम्पन्न

नेकपा एमालेको जनजागरण सभा बिर्तामोडमा सम्पन्न

२९ कार्तिक २०८२, शनिबार, झापाको बिर्तामोडमा आयोजित नेकपा एमालेको जनजागरण सभा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नेकपा एमाल...
अलपत्रबाट आशातर्फ : मेचीनगरको ‘बहुआयामिक सांस्कृतिक संग्रहालय’ अब सञ्चालनको तयारीमा

अलपत्रबाट आशातर्फ : मेचीनगरको ‘बहुआयामिक सांस्कृतिक संग्रहालय’ अब सञ्चालनको तयारीमा

  २८ कार्तिक २०८२, शुक्रबार, वर्षौंसम्म अलपत्र पर्दै आएको ‘पूर्वको पहिलो बहुआयामिक सांस्कृतिक संग्रहालय’ सञ्चालनमा ल्या...
“Inter-Church 5A Futsal Tournament” Concludes Successfully in Birtamod

“Inter-Church 5A Futsal Tournament” Concludes Successfully in Birtamod

Organized by Shalom Events Nepal | Powered by SDA Church Nepal | Main Sponsor: United Citizens Party, Kathmandu Birtamod, Jhapa —...
बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

२४ कार्तिक २०८२, सोमबार, झापा, बिर्तामोड । झापाको बिर्तामोडमा ईसाई मण्डलीहरूले आयोजना गरेको फुटसल टुर्नामेन्ट सफलतापूर्व...