काठमाडौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । समितिमा नेपाल एयरलाइन्सका क्याप्टेन दिपु ज्वारचन, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डंगोल रहेका छन् । समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । त्यस्तै सरकारले विमान दुर्घटनामा निधन भएकाको सम्झनामा विहिबार देशभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको गुरुङले जानकारी दिएका छन् । साथै सरकारले आगामी…
काठमाडौं । पोखरा विमानस्थलमा परीक्षण उडानका लागि त्रिभुवन विमानस्थलको रनवे छाड्ने बित्तिकै सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ। सौर्य एयरलाइन्सको ९ एन एएमई(सीआरजे २००) जहाज बिहान ११ बजे पोखरा विमानस्थलमा परीक्षण उडानका लागि उडान भरेको थियो। विमानस्थलबाट टेकअफ गर्नासाथ विमान दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ। परीक्षण उडानमा रहेकाले यो जहाजमा टिकट काटेका सर्वसाधारण यात्रु भने नरहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। पोखरामा नियमित उडान नभएको सौर्यको यो जहाजले उसकै कर्मचारी र इन्जिनियरसहित १९ जनालाई बोकेको थियो । आफ्नै कम्पनीका इन्जिनियर र कर्मचारी लिएर ०२ रनवेबाट २–० तर्फ उड्ने क्रममा दुर्घटनामा परेको हो । विमानस्थल…
काठमाडौं । महिला एसिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ। यो खेल आज नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि सुरु हुँदै छ। यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार बेहोरेको छ। भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो। त्यस्तै समूह ए अन्तर्गत आजै पाकिस्तान र युएईबीच खेल हुँदै छ। यो खेल नेपाली समय अनुसार दिउँसो २: १५ बजेदेखि सुरु हुँदै छ। यस प्रतियोगितामा पाकिस्तानले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने युएईले दुवै खेलमा हार…
झापा । प्रेस सेन्टर झापाले प्रत्येक वर्ष प्रदान गर्दै आएको देवराज आचार्य (डी-कौडिन्य) स्मृति पत्रकारिता पुरस्कार पत्रकारद्वय झुलन रेग्मी र डिकश लामालाई प्रदान गरिएको छ । झापाको बिर्तामोडमा (डी-कौडिन्य) स्मृति पत्रकारिता वितरण समारोहमा दुई दशकबढी समय पत्रकारितामा कृयाशील मेची खबर साप्ताहिकका सम्पादक झुलन रेग्मी र नेपाल टेलिभिजनका झापा प्रतिनिधि डिकेश लामालाई प्रदान गरिएको हो । पुरस्कृत पत्रकारद्वय रेग्मी र लामालाई पुरस्कार वितरण समारोहका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्वो मौसम, बिशिस्ट अतिथि सहिद स्वर्गीय (डि-कौडिन्य) कि पत्नी यमुना आचार्यलगायतले पुरस्कार प्रदान गरेका थिए । सेन्टरले यसअघि प्रदान गर्दै आएको पुरस्कार रकमलाई वृद्धि गर्दै यो पटक ४२ हजार…
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिएका छन्। ८१ बर्षिय बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिदै आफ्नी सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने घोषणा गरेका हुन्। पछिल्लो समय बढ्दो उमेर र स्वास्थ्यका कारण बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिन नसक्ने भन्दै उनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइएको थियो। बाइडेनले विज्ञप्तिमा भनेका छन्- ‘राष्ट्रपतिको रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो। फेरि चुनाव लड्ने मेरो मनसाय भए पनि पार्टी र देशको हितमा उम्मेदवारी फिर्ता लिने र बाँकी कार्यकाल राष्ट्रपति पदको जिम्मेवारी पूरा गर्नमा पूर्ण ध्यान दिने विश्वास लिएको छु।’ बाइडेनले…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाएका हुन् । गत असार ३० गते संबिधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज विश्वासको मत लिएका हुन् । आजको विश्वासको मतको प्रक्रियामा कुल २६३ सांसद उपस्थित रहेकोमा पक्षमा १८८ मत परेको छ । त्यस्तै विपक्षमा ७४ मत परेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् । योसँगै प्रधानमन्त्री ओलीले दुई तिहाई सांसदको विश्वास जितेका छन् । उनलाई नेपाली काँग्रेस, नेकपा एमाले, जसपा, जसपा नेपाल, नाउपा, लोसपालगायत…
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको स्थिरताको नाममा अर्को जंगबहादुर नचाहिएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा धारणा राख्दै उनले यस्तो बताएका हुन्। शक्तिको केन्द्रीकरणबाट स्वेच्छाचारिता जन्मिने उनको भनाइ छ। कुनै पनि लोकतान्त्रिक मुलुकमा पहिलो र दोस्रो दलले सरकार बनाउँदैनन् भनेका नेपालले सदनलाई बलियो प्रतिपक्षको अभावमा राखेर स्वेच्छाचारी गर्न खोज्ने जोखिम रहेको बताए। ‘भोलि पछुताउनु नपरोस् । नेपाल जस्तो भूराजनीतिक संवेदनशीलता भएको बहुलता भएको देशमा निर्वाचित नै किन नहोस्। एउटा व्यक्तिको स्वेच्छाचारी शासन सम्भव छैन,’ उनले भने। उनले अचानक सत्ता समीकरण परिवर्तन गर्नुको कुनै पनि औचित्य पुष्टि नहुने जिकिर गरे।…
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा राजनीतिक अस्थिरताको कारण कांग्रेस र एमाले भएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा धारणा राख्दै अध्यक्ष लिङ्देनले मुलुकको यो अवस्था आउनु र जनतामा निराशा छाउनुमा कांग्रेस–एमाले नै मुख्य कारक रहेको बताए । संख्याको बलमा राजनीतिक स्थिरता प्राप्त नहुने भन्दै उनले पटकपटक बहुमत ल्याएका दलले पनि विगतमा सरकार पूरा समय चलाउन नसकेको चर्चा गरे। त्यसैले राजनीतिक स्थिरताका लागि भन्दै संख्याको बल देखाउनु गलत भएको उनको भनाइ थियो। ‘पटकपटक कांग्रेसले बहुमत ल्यायो। कम्युनिस्ट पार्टीले त करिब दुईतिहाइ मत ल्याउँदा पनि पाँच वर्ष सरकार चलाउन सक्नुभएन,’ उनले भने,…
काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सबै युट्युबर पत्रकार नभएको बताएका छन् । ‘सबै युट्युबर पत्रकार होइनन्, सबै पत्रकार राम्रा युट्युबर हुन सक्छन्,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् । नेपाली मिडिया जगत्को नियामक निकाय रहेको काउन्सिलका प्रमुख बस्नेतले पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चारमाध्यम छुट्याएर हेर्नुपर्ने र त्यसका लागि डिजिटल साक्षरतामा जोड दिँदै आएका छन् । समाचार र सामाजिक सञ्जालका कन्टेन्टलाई चामल र भुससरह छुट्याएर हेर्नुपर्ने बाध्यता रहेको उनले बताएका छन् । ‘युट्युब र अन्य सामाजिक सञ्जालमा राम्रासहित अनेकन् खालका नकारात्मक सामग्री पोखिएका छन् । त्यसलाई चामल र भुसजत्तिकै छानेर सञ्चारमाध्यमका रूपमा आएका युट्युब र अन्य युट्युब भनी छुट्याउन र चिन्नुपर्छ,’ उनले…
हङकङ । ‘कम ड्रिंक विथ मी’ र ‘क्राउचिङ टाइगर, हिडन ड्र्यागन’ जस्ता चलचित्रहरूमा मार्सल आर्ट भूमिकाका लागि चर्चित अभिनेत्री चेङ पेई-पेईको निधन भएको छ। उनी ७८ वर्षकी थिइन् । उनको परिवारले शुक्रबार फेसबुकमा पोस्ट गर्दै उनको जुलाई १७ मा निधन भएको जानकारी दिएको हो । परिवारका अनुसार उनी एक दुर्लभ रोगको साथ बाँचिरहेकी थिइन् जसलाई कोर्टिकोबासल डिजेनेरेसन (सीबीडी) भनिन्छ। सन् १९४६ मा सांघाईमा जन्मेका चेङले किशोरावस्थामा हङकङ सर्नुअघि विद्यालयमा ब्याले तालिम लिएकी थिइन्। त्यसपछि उनले फिल्म निर्माण कम्पनी शा ब्रदर्स स्टुडियोमा प्रदर्शन कला प्रशिक्षण पाठ्यक्रममा सहभागी भइन् । यो कुङ्ग फू फिल्म विधाको लागि चिनिन्छ । यसले चेङलाई शा…