Skip to main content

नयाँ तृष्णा

डी-कौडिन्य स्मृति पत्रकारिता पुरस्कार रेग्मी र लामालाई

Advertisement

झापा । प्रेस सेन्टर झापाले प्रत्येक वर्ष प्रदान गर्दै आएको देवराज आचार्य (डी-कौडिन्य) स्मृति पत्रकारिता पुरस्कार पत्रकारद्वय झुलन रेग्मी र डिकश लामालाई प्रदान गरिएको छ । झापाको बिर्तामोडमा (डी-कौडिन्य) स्मृति पत्रकारिता वितरण समारोहमा दुई दशकबढी समय पत्रकारितामा कृयाशील मेची खबर साप्ताहिकका सम्पादक झुलन रेग्मी र नेपाल टेलिभिजनका झापा प्रतिनिधि डिकेश लामालाई प्रदान गरिएको हो ।

पुरस्कृत पत्रकारद्वय रेग्मी र लामालाई पुरस्कार वितरण समारोहका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्वो मौसम, बिशिस्ट अतिथि सहिद स्वर्गीय (डि-कौडिन्य) कि पत्नी यमुना आचार्यलगायतले पुरस्कार प्रदान गरेका थिए । सेन्टरले यसअघि प्रदान गर्दै आएको पुरस्कार रकमलाई वृद्धि गर्दै यो पटक ४२ हजार रकम बनाएको छ । पुरस्कृत पत्रकारद्वय रेग्मी र लामालाई जनही २१ हजार रुपैयाँ, प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

सो अवसरमा प्रेस सेन्टर नेपाल झापाले स्व. पत्रकार डी- कौडिन्यको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ । अक्षयकोषमा पत्रकार सुब्रत न्यौपानेले १० हजार रुपैयाँ, राजेन्द्र गौतमले ५ हजार १ रुपैयाँ प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव बिमल लामिछानेले स्व. पत्रकार डी-कौडिन्यको जीवनको संक्षिप्त चर्चा गरेका थिए । वि. स. २०२९ सालमा जन्मिएका आचार्यको तात्कालिन बिद्रोहको समयमा २०५९ साल साउन ७ गते राज्यले गरी हत्या गरेको थियो ।

कार्यक्रममा स्व. आचार्यकी पत्नी यमुना आचार्यले देश निर्माण र राज्यसत्ता परिवर्तनका लागि आफ्नो श्रीमानले गरेको योगदानको स्मरण गराउदै सहिद परिवारको भावनालाई राज्य कुठाराघात गरेको भन्दै आक्रोश व्यक्त गरेकी थिइन् । प्रमुख अतिथि आङ्वोले सुरुवातमा नेपालमा भएका आन्दोलनबाट एउटा शासकबाट अर्को शासकको हातमा शासन जान बाहेक खासै उपलब्धी नभएको बताउँदै जनयुद्ध र जनआन्दोलनबाट संघीय लोकतान्त्रिक व्यवस्था स्थापित भएको दावी गरे ।

उनले संस्थागत हुने नसकेको संघीयताको बाँकी हिस्सा संविधान संशोधनमार्फत हुने बताए । आङ्वोले भ्रष्टाचारको केन्द्रको रुपमा स्थानीय सरकार भएको बताए । उनले मुख्य कानुनहरु अझै बनिनसकेको धारणा राखे । फरक प्रसंगमा आङ्वोले नेपालमा चर्चामा रहेको एमसीसी नेपालको हितमै भएको धारणा राख्दै आफू एमसीसीकै पक्षधर रहेको बताए । उनले हाम्रो जस्तो देशले बृहत्तर हितका लागि एमसीसी, बिआरआईजस्ता योजना सहर्ष स्वीकार गर्नुपर्ने बताए ।

सोअवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ झापाकी अध्यक्ष भूमिका सुब्बा, नारी संचारगृह झापाकी अध्यक्ष रेजिना गौतम, सामाजवादी प्रेस संगठन झाका अध्यक्ष शम्भुजीत दाहाल, प्रेस चौतारी नेपाल झापाका उपाध्यक्ष प्रदिप परियार, प्रेस युनियनका राजेन्द्र गौतम, पूर्वपुरस्कृत व्यक्तित्वहरुको तर्फबाट अग्रज पत्रकार लीला बराल, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले डी-कौडिन्यको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका सुमन सिंह सी, नेपाल पत्रकार महासंघ कोशी प्रदेश महासचिव विवेक गौतम, डी-कौडिन्य पुत्री प्राप्ति आचार्यलगायतले बोलेका थिए । प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा सप्पन्न कार्यक्रममा उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत र सचिव पुष्प खड्काले संचालन गरेका थिए । कार्यक्रममा स्व.आचार्यसँगै सहिदहरु खगेन्द्र दंगाल, शंखर घिमिरेको समेत चर्चा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...
टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

  काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्...
भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...