१३ भाद्र, विराटनगर । कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १४औँ बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको कोशी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । गत असार ८ गते १३औँ बैठक बसेपछि अर्को सूचना जारी नभएसम्मका लागि कोशी प्रदेशसभाको बैठक स्थगन भएको थियो ।
१० भदौ, काठमाडौं । दक्षिण-पश्चिम पाकिस्तानमा बन्दुकधारीहरूले सवारी साधनबाट जबर्जस्ती बाहिर निकालेर कम्तिमा २३ जनाको हत्या गरेका छन् । पञ्जाब र बलुचिस्तानलाई जोड्ने राजमार्ग मुसाखेल जिल्लाको रारशाम इलाकामा अवरुद्ध गरेका बन्धुकधारीले बस, भ्यान र ट्रकमा रहेका मानिसहरुलाई ओरालेका थिए । यसरी ओलेकाहरुको परिचय हेरेपछि गोली हानेको अधिकारीहरुले बताएका छन् । ‘बन्धुकधारी ३०/४० जना छन्, उनीहरुले २२ वटा गाडी रोकेका छन्’, जिल्लाका सहायक आयुक्त नजीब कक्कडले समाचार एजेन्सी एएफपीलाई भनेका छन्, ‘उनीहरुले पञ्जाबबाट आएका मानिसहरु पहिचान गरे र गोली हाने ।’ यो समूहले २३ सवारी साधानमा अगजनी गरेका छन् । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ र हत्या गरिएकाहरुको शव संकलन…
८ भाद्र, झापा, झापाको अर्जुनधारामा १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चारजना पक्राउ गरेको छ । अर्जुनधारा ५ निवासी किशोरीलाई चार जना युवाले सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । युवतीको बयानका आधारमा प्रहरीले अर्जुनधारा नगरपालिका ७ का सुनिल राजवंशी, केशवकुमार मगर, सरोज राई र अनिश लिम्बूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोप लागेका उनीहरूलाई शनिबार बिहान घरबाटै पक्राउ गरिएको हो । घटनामा संलग्न थप तीन जनाको खोजी भइरहेको जनाइएको छ । पीडित परिवारका…
७ भाद्र, ७ भदाै, मेचीनगर । आजदेखि काँकरभिट्टामा छैठौं राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगिता सुरू भएको छ । आज काँकरभिट्टा खानेपानी कार्यालयकाे सभाहलमा नाइट चेस क्लबकाे व्यवस्थापनमा उक्त प्रतियोगिता सुरू भएको हाे । प्रतियोगिता यही शुक्रबारदेखि भदाै १० गतेसम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगिताकाे उद्घाटन मेचीनगर नगरपालिका मेयर गाेपालचन्द्र बुढाथोकीले गरेका थिए । नेपाल राष्ट्रिय बृद्वीचाल महासंघकाे प्राविधिक सहयाेग रहने प्रतियोगिताकाे सबै व्यवस्थापन सहितकाे आयोजना नाइट चेस क्लबले गरेकाे छ । उद्घाटन कार्यक्रममा मेयर बुढाथाेकी, उपमेयर मीना पाेखरेल उप्रेती, बुद्वीचाल संघ काेशी प्रदेशका इन्चार्ज राम मादेन, नेपाली कांग्रेस काेशी प्रदेश सदस्य विमल आचार्य, नेकपा एमाले काेशी प्रदेश सदस्य देवकुमार राई लगायतले…
५ भाद्र, झापा, शिवसताक्षी १० को बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रमाथि निर्मम कुटपिट गरेका छन्। कक्षा ६ मा अध्ययनरत छात्रा अन्जलि गुरुङलाई क्लास वर्क गर्न अटेर गरेको भन्दै नेपाली विषयका शिक्षक हेतिराज निरौलाले पाइपले पिटेका हुन् । छात्राको कम्मर माथिको भागमा ‘डढेँल्नु’ तीनवटा डाम ‘सुम्ला’ छन् । उनको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । छात्रालाई पिट्ने शिक्षक निरौला कानुन व्यवसायी हुन् । उनले आफूबाट गम्भीर त्रुटि भएको बताए। उनले विद्यार्थीको उपचार भइरहेको अस्पताल बिर्ता सिटीतर्फ गइरहेको बताए । कक्षा कोठामा नेपाली विषयको पढाइ भइरहेको थियो। विषय शिक्षक निरौलाले ‘क्लास वर्क’ का लागि सबै विद्यार्थीलाई अनुरोध गरे ।…
५ भाद्र, काठमाडौं । संसारकै सबैभन्दा धेरै तौल भएका व्यक्ति मानिने खालिद बिन मोहसेन शारीले आफ्नो परिवर्तनले सबैलाई चकित पारेका छन् । साउदी अरबका पूर्व राजा अब्दुल्लाहको सहयोगमा उनले ५४६ केजी तौल घटाए । २०१३ मा खालिदको वजन ६१० किलो थियो। उनी ३ वर्षभन्दा बढी समयसम्म ओछ्यानमा लडिरहे । आफ्नो दैनिक आवश्यकताका लागि पनि उनले साथीभाइ र परिवारबाट सहयोग लिनुपरेको थियो । खालिद साउदी अरेबियाको जाजान सहरका बासिन्दा हुन्। खालिदको अवस्था देखेर तत्कालीन राजा अब्दुल्लाहले उनको ज्यान बचाउन सहयोग गरेका थिए । राजाले खालिदका लागि ३० जना चिकित्सकको टोलीको व्यवस्था गरेका थिए । यो टोलीले उनको उपचार र खानपानको ख्याल…
४ भाद्र, सुरुङा । झापामा घरेलु हतियार खुकुरी प्रहार गरी पतिले पत्नीको हत्या गरेका छन्। शिवसताक्षी नगरपालिका-८ स्थित निपत्रिया निवासी ओमप्रसाद अधिकारीले खुकुरी प्रहार गरी आफ्नै पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ । अन्दाजी ३० वर्षीया रञ्जना गौतम अधिकारीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । घाँटीमा खुकुरी प्रहार गर्दा रञ्जनाको मंगलबार साँझ पौने ७ बजे घटनास्थलमै मृत्यु भएको थियो । उनीहरुबीच घरायसी विवादका कारण घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटना पश्चात् इलाका प्रहरी कार्यालय झिलझिलेको टोली ओमप्रकाशलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ । प्रहरी घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको डीएसपी चन्दले बताए ।
३ भाद्र, कोलम्बस। राणाशासन विरोधी अभियानका बेला गोपालप्रसाद रिमालले लेखेको ‘रातो र चन्द्रसूर्जे’सँग नन्दू खतिवडाको खासै साइनो छैन । डेढ वर्षको उमेरमा भुटानबाट लखेटिएर बाबुआमासँगै नेपाल आएका उनी १९ वर्ष पुगेपछि शरणार्थी पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका पुगे । अहिले ३१ वर्ष पुग्दा उनलाई कुनै कुराको लालसा छ भने त्यो हो – नेपालीत्वको । गत शनिबार बेलुकी हलभरि नेपाली राष्ट्रिय झण्डा फहराएर उफ्रिरहेका मानिसहरूको भिडमा नन्दू पनि उत्तिकै आनन्दसाथ नाचिरहेका देखिन्थे । ‘नेपाली पहिचानमै आधारित नेपथ्यले मेरो जीवनमा कति महत्व राख्छ भनेर साध्य छैन,उनले भने, ‘उमेरले मेरा बाभन्दा जेठा भइकन पनि लोकभाका गाउँदै छमछमी नाच्ने अमृत दाइको ऊर्जा देखेर मैले आज…
१ भाद्र, झापा । बुद्धिचाल प्रतियोगिताका क्षेत्रमा निरन्तर लागिपर्दै आएको झापा मेचीनगर-६ काँकरभिट्टाको नाइट चेस क्लबले `छैठौं राष्ट्रिय एमेच्युर चेस क्याम्पियनसिप २०८१´को आयोजना गर्ने भएको छ । लागुऔषध दुर्ब्यसनी विरुद्धकाे क्षेत्रमा लामो समययता कृयाशिल क्लबले युवाको बुद्धि- विवेक र प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले चेस च्यम्पियन्सिप प्रतियोगिता गर्ने भएको हो । भदौ ७ गतेदेखि १० गतेसम्म देशभरका बुद्धिचालमा झुकाव राख्ने खेलाडीलाई प्रतियोगितामा सहभागी गराउने शनिबार पत्रकारसमक्ष नाइट चेस क्लबका अध्यक्ष बिश्व भुजेलले जानकारी दिए । प्रतियोगितामा २ हजारदेखि १७ सय र १७ मुनि अंङ्कमा छनोटमा परेका २० जनालाई नगद, प्रमाणपत्रसहित समान एबम् पुरस्कृत गरिने जनाएको छ । दुई…
श्रावण ३१, काठमाडौं । दशरथ रंगशालाको अवस्था दयनीय भएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) छलफलमा जुटेका छन् । गत मंगलबार भुटानको पारो एफसीले र नेपालको चर्च ब्वाइज युनाइटेड क्लब एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेल खेल्ने क्रममा मैदान हिलाम्मे भएपछि अहिले सामाजिक सञ्जाल र मिडियामा कडा आलोचना भइरहेको छ । मैदानको पूर्वाधार राम्रो नभएको भन्दै यसअघि एएफसीले अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्ने बताए पनि अहिले अन्तर्राष्ट्रिय मान्यता दिएको छ तर मैदान भने खेल्न लायक देखिएको छैन । यसैबीच बिहीबार राखेप सदस्य–सचिव टंकलाल घिसिङ र एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतिका विषयमा छलफल भएको छ…