Skip to main content

नयाँ तृष्णा

आजदेखि काँकरभिट्टामा राष्ट्रिय बुद्वीचाल प्रतियोगिता सुरू

Advertisement

७ भदाै, मेचीनगर । आजदेखि काँकरभिट्टामा छैठौं राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगिता सुरू भएको छ । आज काँकरभिट्टा खानेपानी कार्यालयकाे सभाहलमा नाइट चेस क्लबकाे व्यवस्थापनमा उक्त प्रतियोगिता सुरू भएको हाे ।

प्रतियोगिता यही शुक्रबारदेखि भदाै १० गतेसम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगिताकाे उद्घाटन मेचीनगर नगरपालिका मेयर गाेपालचन्द्र बुढाथोकीले गरेका थिए । नेपाल राष्ट्रिय बृद्वीचाल महासंघकाे प्राविधिक सहयाेग रहने प्रतियोगिताकाे सबै व्यवस्थापन सहितकाे आयोजना नाइट चेस क्लबले गरेकाे छ ।

उद्घाटन कार्यक्रममा मेयर बुढाथाेकी, उपमेयर मीना पाेखरेल उप्रेती, बुद्वीचाल संघ काेशी प्रदेशका इन्चार्ज राम मादेन, नेपाली कांग्रेस काेशी प्रदेश सदस्य विमल आचार्य, नेकपा एमाले काेशी प्रदेश सदस्य देवकुमार राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नाइटचेस क्लबका अध्यक्ष विश्वविजय घिमिरेले प्रतियोगिताबाट २ जना खेलाडी दुवैमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनाेट हुने बताए ।

उनले प्रतियोगितामा ९० जना खेलाडी सहभागी भएकाे जानकारी दिए । २ हजारदेखि १७ सयसम्म र १७ सयमुनी गरि दुई क्याटेगाेरीमा खेल सञ्चालन हुने छ । प्रतियोगिताका प्रथमदेखि १०औँसम्मका विजेता खेलाडीलाई पुरस्कारकाे व्यवस्था गरिएकाे छ ।

प्रथम हुने खेलाडीलाई नगद ५० हजार राशिसहित प्रशंसा पत्र प्रदान गरिने क्लबले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न राष्ट्रिय स्तरका आर्विटरहरूकाे उपस्थिति छ ।

अनुमानित १८ लाख २२ हजार खर्च लाग्ने प्रतियोगितामा स्थानीय सरकार, विभिन्न संघ-संस्था लगायतसँग सहयाेग गरेका छन् । नाइट चेस क्लबका अध्यक्ष विश्वविजय घिमिरेकाे अध्यक्षता, स्वागत प्रथम उपाध्यक्ष राजु पाैडेलले र सञ्चालन महासचिव राजेश राउतले गरेका थिए ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलमा सहभागी भइसकेका नवीन टण्डुकार, पुरूषाेतम चाैलागाई, सिन्दिरा जाेशी र नेशनल गेम एशिया छनाैट भएका कृष्ण थापा समेत सहभागी रहेका छन् । हालै काठमाडौंमा भएको ओलेम्पेडमा छनाेट भएका झापाका राजन सुवेदी पनि प्रतियोगिता हेर्न आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...