Skip to main content

नयाँ तृष्णा

पाकिस्तानमा चरमपन्थी समूहद्वारा २३ जनाको गोली हानेर हत्या

Advertisement

१० भदौ, काठमाडौं । दक्षिण-पश्चिम पाकिस्तानमा बन्दुकधारीहरूले सवारी साधनबाट जबर्जस्ती बाहिर निकालेर कम्तिमा २३ जनाको हत्या गरेका छन् । पञ्जाब र बलुचिस्तानलाई जोड्ने राजमार्ग मुसाखेल जिल्लाको रारशाम इलाकामा अवरुद्ध गरेका बन्धुकधारीले बस, भ्यान र ट्रकमा रहेका मानिसहरुलाई ओरालेका थिए । यसरी ओलेकाहरुको परिचय हेरेपछि गोली हानेको अधिकारीहरुले बताएका छन् ।

‘बन्धुकधारी ३०/४० जना छन्, उनीहरुले २२ वटा गाडी रोकेका छन्’, जिल्लाका सहायक आयुक्त नजीब कक्कडले समाचार एजेन्सी एएफपीलाई भनेका छन्, ‘उनीहरुले पञ्जाबबाट आएका मानिसहरु पहिचान गरे र गोली हाने ।’

यो समूहले २३ सवारी साधानमा अगजनी गरेका छन् । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ र हत्या गरिएकाहरुको शव संकलन गरेर अस्पताल ल्याउँदैछ ।

पछिल्लो २४ घण्टामा प्रहरी चौकी, सुरक्षा बलको शिविरका साथै सरकारी कार्यालयमा समेत आक्रमण भएको छ ।मुसाखोल जिल्लामा भएको आक्रमणको चरमपन्थी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले जिम्मा लिएको छ ।

अधिकारीहरुका अनुसार यो घटनापछि जवाफ कारबाहीका क्रममा १२ चरमपन्थी पनि मारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...
मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...