नयाँ तृष्णा

Day: २०८१ भाद्र १०, सोमबार

साफ यू-२० : बंगलादेशले भारतलाई हरायो, फाइनलमा नेपालसँग भिड्ने

साफ यू-२० : बंगलादेशले भारतलाई हरायो, फाइनलमा नेपालसँग भिड्ने

काठमाडौं । साफ यू–२० फुटबलको फाइनलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा ४-३ ले पराजित गरेको हो । निर्धारित समयमा खेल १-१ को बराबरीमा सकिएको थियो । यससँगै बुधबार दशरथ रंगशालामा हुने फाइनल खेलमा नेपाल र बंगलादेश आमने-सामने हुनेछन् । आइतबार भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ ले स्तब्ध पार्दै फाइनल पुगेको थियो ।
Read More
एकीकृत समाजवादी : पदाधिकारी छान्ने चुनावी तालिका सार्वजनिक

एकीकृत समाजवादी : पदाधिकारी छान्ने चुनावी तालिका सार्वजनिक

१० भदौ, काठमाडौं । एकीकृत समाजवादीले पदाधिकारीको चुनावी तालिका सार्वजनिक गरेको छ । दशौं महाधिवेशनपछि आइतबार पहिलो केन्द्रीय कमिटी बैठक बोलाइएको थियो । बैठकको एउटा एजेण्डा १८ जना पदाधिकारी तयन पनि छ । बैठकको सुरुमै बोलेका झलनाथ खनाल सहितका नेताहरुले महाधिवेशनको म्याण्डेट नै सहमति भएको बताएका थिए । तर अध्यक्ष माधवकुमार नेपाल चुनावको पक्षमा देखिए । सोमबार उनले सहमति नजुटे चुनाव हुने जानकारी दिए । निर्वाचन आयोगले सोमबार नै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । यसअनुसार भोलि मंगलबार विहान उम्मेदवारी दर्ताको समय तोकिएको छ । १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ भने २ देखि ५ बजेसम्म मतदान हुनेछ…
Read More
पाकिस्तानमा चरमपन्थी समूहद्वारा २३ जनाको गोली हानेर हत्या

पाकिस्तानमा चरमपन्थी समूहद्वारा २३ जनाको गोली हानेर हत्या

१० भदौ, काठमाडौं । दक्षिण-पश्चिम पाकिस्तानमा बन्दुकधारीहरूले सवारी साधनबाट जबर्जस्ती बाहिर निकालेर कम्तिमा २३ जनाको हत्या गरेका छन् । पञ्जाब र बलुचिस्तानलाई जोड्ने राजमार्ग मुसाखेल जिल्लाको रारशाम इलाकामा अवरुद्ध गरेका बन्धुकधारीले बस, भ्यान र ट्रकमा रहेका मानिसहरुलाई ओरालेका थिए । यसरी ओलेकाहरुको परिचय हेरेपछि गोली हानेको अधिकारीहरुले बताएका छन् । ‘बन्धुकधारी ३०/४० जना छन्, उनीहरुले २२ वटा गाडी रोकेका छन्’, जिल्लाका सहायक आयुक्त नजीब कक्कडले समाचार एजेन्सी एएफपीलाई भनेका छन्, ‘उनीहरुले पञ्जाबबाट आएका मानिसहरु पहिचान गरे र गोली हाने ।’ यो समूहले २३ सवारी साधानमा अगजनी गरेका छन् । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ र हत्या गरिएकाहरुको शव संकलन…
Read More