Skip to main content

नयाँ तृष्णा

नाइट चेस क्लबले `छैठौं राष्ट्रिय एमेच्युर चेस क्याम्पियनसिप २०८१´को आयोजना गर्ने

Advertisement

झापा । बुद्धिचाल प्रतियोगिताका क्षेत्रमा निरन्तर लागिपर्दै आएको झापा मेचीनगर-६ काँकरभिट्टाको नाइट चेस क्लबले `छैठौं राष्ट्रिय एमेच्युर चेस क्याम्पियनसिप २०८१´को आयोजना गर्ने भएको छ । लागुऔषध दुर्ब्यसनी विरुद्धकाे क्षेत्रमा लामो समययता कृयाशिल क्लबले युवाको बुद्धि- विवेक र प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले चेस च्यम्पियन्सिप प्रतियोगिता गर्ने भएको हो ।

भदौ ७ गतेदेखि १० गतेसम्म देशभरका बुद्धिचालमा झुकाव राख्ने खेलाडीलाई प्रतियोगितामा सहभागी गराउने शनिबार पत्रकारसमक्ष नाइट चेस क्लबका अध्यक्ष बिश्व भुजेलले जानकारी दिए ।

प्रतियोगितामा २ हजारदेखि १७ सय र १७ मुनि अंङ्कमा छनोटमा परेका २० जनालाई नगद, प्रमाणपत्रसहित समान एबम् पुरस्कृत गरिने जनाएको छ । दुई चरणको प्रतियोगितामा प्रथम हुने दुई जनालाई ५०/५० हजार, द्वितीयलाई २५/२५ हजार, तृतीयलाई १५/१५ हजार, चौथोलाई १२/१२ हजार नगद प्रमाणपत्रद्वारा पुरस्कार प्रदान गर्ने भएको क्लबका सचिब राजेश राउतले जानकारी दिए ।

त्यसैगरी पाँचौ हुने खेलाडीलाई १० /१० हजार, छैठौंलाई ८ हजार, सातौलाई ६/६ हजार र दुबै चरणमा आठौं, नवौं र दशौ घोषित प्रतियोगी खेलाडीलाई ५/५ हजार नगदसहित पुरस्कृत गरिने जनाइएको छ ।

`छैठौं राष्ट्रिय एमेच्युर चेस क्याम्पियनसिप २०८१´ बाट उत्कृष्ट छनोटमा परेका खेलाडीलाई दुबैमा आयोजना गरिने अन्तर्राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगितामा सहभागी गराउने आयोजकको भनाई छ ।

प्रतियोगिता सञ्चालन गर्न नेपाल बुद्धिचाल संघको सहयोगमा प्राबिधिक तथा आर्विटरको ब्यवस्थापन गर्ने, आयोजकले प्रतियोगितामा सहभागी १२० जना खेलाडीलाई खाने-बस्नको ब्यवस्थापन गर्ने समेत जनाइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न १८ लाख २२ हजार खर्च लाग्ने अनुमान गरिएको छ । उक्त खर्च प्रदेश सरकार, मेची नगरपालिकाले सरकारी तहबाट सहयोग जुट्ने जनाएको छ भने पशुपति अंग्रेजी बोर्डिङ स्कुलले १ लाख सहयोग गरेको छ । त्यस्तै अन्य मेची युमा चेस एकेडेमी र नेपाल चेस फेडेरेसनलगायतका संघसंस्थाले आर्थिक सहयोग गर्ने आयोजकको भनाई छ ।

२०५४ सालमा स्थापना भएको नाइट चेस क्लबले स्थापनाकाल देखि नै झापा लगायतका जिल्लालाई चेस प्रतियोगिता तथा बुद्धिचालको क्षेत्रमा आयाम थप्दै आएको छ । त्यसैगरी लागुऔषध दुर्ब्यशनीविरुद्ध आवाज बुलन्द गर्दै एचआईभी संक्रमितलाई औषधि एबम् स्याहार गर्दै पहिचान बनाएको छ ।

मोफसलमै पहिलो पटक २०६३ र २०७५  सालमा झापाको काँकरभिट्टामा राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता गर्दै छनोटमा परेका खेलाडीलाई २०७६ फागुनमा १५० जनालाई अन्तर्राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...
मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...