Skip to main content

नयाँ तृष्णा

किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा अर्जुनधाराबाट चार जना पक्राउ

[adsforwp id="2511"]

झापा, झापाको अर्जुनधारामा १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चारजना पक्राउ गरेको छ ।

अर्जुनधारा ५ निवासी किशोरीलाई चार जना युवाले सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

युवतीको बयानका आधारमा प्रहरीले अर्जुनधारा नगरपालिका ७ का सुनिल राजवंशी, केशवकुमार मगर, सरोज राई र अनिश लिम्बूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोप लागेका उनीहरूलाई शनिबार बिहान घरबाटै पक्राउ गरिएको हो । घटनामा संलग्न थप तीन जनाको खोजी भइरहेको जनाइएको छ ।

पीडित परिवारका अनुसार पिडकमध्येका दुई जनाले शुक्रबार अपराह्न ती बालिकालाई घुम्न जाने भन्दै घरबाट लगेका थिए । त्यसपछि उनीहरूले अर्जुनधाराकै एक होटेलमा पु¥याएर सामूहिक बलात्कार गरेका थिए । त्यहाँ उनका अरू दुईजना साथीहरू पनि थिए ।

उनीहरू चार जनाले नै रातभर युवतीमाथि बलात्कार गरेको प्रहरीसँगको बयानमा पीडितले बताएकी छन् । घटनापछि बिहान पीडकमध्येका सुनिल राजवंशीले पीडित युवतीलाई मोटरसाइकलमा पीडितको घर पु¥याएका थिए ।

उनले अर्जुनधारा–७ को वडा कार्यालयमा बसिरहेको भेटेपछि पु¥याउन आएको बताएका थिए । तर, युवतीले उनी पनि घटनामा संलग्न रहेको बयान दिएपछि प्रहरीले राजवंशीलाई पनि पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...