Skip to main content

नयाँ तृष्णा

Breaking News 3

एसईई पूरक परीक्षा समय तालिका सार्वजनिक

एसईई पूरक परीक्षा समय तालिका सार्वजनिक

असार १८, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो । परीक्षा बिहानको ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थीका लागि पनि पूरक परीक्षामा सहभागी हुने व्यवस्था गरेको छ । तर परीक्षाफल रद्द भएकाहरुले भने पुरक परीक्षामा सहभागी हुन पाउने छैनन् । पूरक परीक्षाका लागि यो वर्षदेखि बोर्डले अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरेको छ । त्यसका लागि…
Read More
इन्स्टाग्रामले बहुप्रतीक्षित ‘एआई स्टुडियो’ ल्याउँदै

इन्स्टाग्रामले बहुप्रतीक्षित ‘एआई स्टुडियो’ ल्याउँदै

असार १६ , एजेन्सी, मेटा स्वामित्वको लोकप्रिय सोसल मिडिया एप इन्स्टाग्रामले एउटा नयाँ तथा बहुप्रतीक्षित फिचर ल्याउँदैछ । उक्त फिचरको नाम ‘एआई स्टुडियो’ हो । इन्स्टाग्रामको एआई स्टुडियो फिचरको सहयोगबाट प्रयोगकर्ताले आफ्नो एआई भर्सन तयार गर्न सक्नेछन् । मेटाका सीईओ मार्क जुकरगर्बले हालै इन्स्टाग्रामको उक्त फिचर घोषणा गरेका हुन् । आफ्नो ब्रोडकास्ट च्यानलबाटै जुकरबर्गले इन्स्टाग्राममा एआई स्टुडियो फिचर ल्याउने बताएका थिए। हालै यो फिचर अमेरिकामा बिटा टेस्टरका लागि उपलब्ध छ । छिट्टै नै यो फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने जुकरबर्गले बताएका छन्। मेटाका अनुसार यो फिचर आएसँगै राम्रो संख्यामा फलोअर्स भएका प्रयोगकर्ताले आफ्नै एआई भर्सन बनाउन सक्नेछन् । मेसेजको…
Read More
सर्प उद्वारकर्मी कार्कीलाई नै सर्पले डस्दा घाइते

सर्प उद्वारकर्मी कार्कीलाई नै सर्पले डस्दा घाइते

असार १४, मेचीनगर। सर्पको उद्वारमा खटिएका उद्वारकर्मी मुन्ना कार्कीलाई सर्पले डस्दा घाइते भएका छन् । आज दिउँसो साढे १ वजे मेचीनगर–६, पुरानो भन्सार स्थित आफ्नै घरमा सर्प राखेको बट्टा परिवर्तन गर्ने क्रममा कार्कीलाई गोमन सर्पले डस्दा घाइते भएका हुन् । मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्रकुमार खरेलले सर्प उद्वारकर्मी कार्कीले हिजो समातेका सर्पहरु सुरक्षित ठाउँमा लाने तयारी गर्दा एउटा बट्टामा राखिएको सर्प अर्को बट्टामा सार्ने क्रममा गोमन सर्पले देब्रे हातको साईली औँलामा डसेको जानकारी दिए । डस्ने वित्तिकै कार्कीलाई चारआली स्थित सर्पदंश उपचार केन्द्रमा लगेको उनले बताए । ‘उनको अवस्था अहिले सामान्य हुँदै गएको छ’, खरेलले भने–‘विशालु सर्पले…
Read More
दुई सातामा प्राकृतिक विपत्तिमा परी कोशीमा २४ जनाले ज्यान गुमाए

दुई सातामा प्राकृतिक विपत्तिमा परी कोशीमा २४ जनाले ज्यान गुमाए

असार १३, कोशी प्रदेशमा बर्खा लागेसँगै पछिल्लो दुई सातामा विपतमा परी २४ जनाले ज्यान गुमाएका छन्। प्रदेश प्रहरी कार्यालय कोशीका अनुसार ३० जेठदेखि बुधबारसम्म बाढीपहिरो र चट्याङका कारण २४ जनाले ज्यान गुमाएका हुन्। बाढीपहिरोमा परी १८ र चट्याङबाट ६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। बाढीपहिरो र चट्याङका कारण झापामा पाँच, मोरङमा ६, सुनसरीमा दुई, ताप्लेजुङमा पाँच, संखुवासभामा चार, ओखलढुंगामा एक र इलाममा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाढीपहिरोका कारण १७ जना घाइते हुँदा दुईजना बेपत्ता भएका प्रहरीले जनाएको छ। बाढीपहिरोमा परी कोशीमा दुई सय २५ घरपरिवार विस्थापित भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। झापामा २७,…
Read More
अत्यधिक गर्मीका कारण पाकिस्तानमा ५ सयभन्दा बढीको मृत्यु

अत्यधिक गर्मीका कारण पाकिस्तानमा ५ सयभन्दा बढीको मृत्यु

असार १३ , काठमाडौं । गर्मी बढ्दोका कारण पाकिस्तानी जनताका लागि घातक साबित भएको छ। पछिल्लो छ दिनमा ५०० भन्दा बढीको ज्यान गएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन्। यी घटना दक्षिणी पाकिस्तानका भएको बताइएको छ। कराची सहरमा रहेको शव गृहमा दैनिक ३० देखि ४० शव ल्याउने गरिएको छ। तर पछिल्ला ६ दिनमा उनीहरूले करिब ५ सय ६८ शव सङ्कलन गरेका छन्, जसमध्ये मंगलबार मात्रै १४१ जनाको शव रहेको छ। यी सबैको मृत्युको कारण के हो भन्ने अहिले नै भन्न गाह्रो भएको बीबीसीको रिपोर्टमा उल्लेख छ । तर, गर्मी बढेसँगै मृत्यु हुनेको सङ्ख्या पनि बढेको हो । कराँचीको तापक्रम ४० डिग्री…
Read More
लायन्स क्लव अफ मेचीनगर २०२४ / ०२५ को अध्यक्षमा पोख्रेल

लायन्स क्लव अफ मेचीनगर २०२४ / ०२५ को अध्यक्षमा पोख्रेल

असार १२, काँकरभिट्टा । लायन्स क्लव अफ मेचीनगरको वर्ष २०२४ / २०२५ को अध्यक्षमा दिनेश पोख्रेल निर्वाचित भएका छन् । बुधबार काँकरभिट्टमा सम्पन्न अधिवेशनबाट क्लवको प्रथम उपाध्यक्ष दीपक कार्की, द्वितिय उपाध्यक्षमा प्रविन थापा र तृतिय उपाध्यक्षमा डम्बर खवास सर्व सम्मत चयन भएको क्लवका चार्टर प्रेसिडेन्ट लायन शंकर थापाले बताए । त्यसैगरी समितिको सचिवमा लायन यज्ञ घिमिरे, कोषाध्यक्षमा लायन सुरेश तिवारी रहेका छन् । वर्ष २०२३÷२०२४ का अध्यक्ष रोशनलाल प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष प्रधानले नवनिर्वाचित अध्यक्ष पोख्रेललाई क्लवको गन गेवल र ब्याच हस्तन्तरण गरेका थिए । ब्याच हस्तान्तरण पछि नवनिर्वाचित अध्यक्ष पोख्रेलले प्रतिवद्धता मन्तब्य राखेका थिए । उनले लायन्स बोल्ने…
Read More
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

असार १२ , काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा ७ सयले घटेर तोलाको १ लाख ४१ हजार ६ सयमा कारोबार भएको छ । यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Read More
नगरपालिकाको बजेट २ अर्ब ५ करोड २९ लाखको प्रस्ताव

नगरपालिकाको बजेट २ अर्ब ५ करोड २९ लाखको प्रस्ताव

असार १० , मेचीनगर । मेचीनगर नगरपालिकाले प्रस्तावित बजेट दुई अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँ आएको छ । मेचीनगर नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तावित भएको हो । आज मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको सभाध्यक्षमा पहिलो चरणको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको नीति तथा कार्यक्रमबाट प्रस्तावित बजेट नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले प्रस्तुत गरेकी थिइन् । उपप्रमुख उप्रेतीेले दुई अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरिन् । बजेटका विषयमा असार १२ गतेसम्म छलफल हुनेछ । बुधबार विहान ८ वजे वैठक फेरि बस्ने गरि आजलाई समापन भएको छ । बुधबार मात्र पूर्ण बजेट…
Read More
एकीकृत समाजवादीको महाधिवेशनका लागि १८ सय प्रतिनिधि छनोट

एकीकृत समाजवादीको महाधिवेशनका लागि १८ सय प्रतिनिधि छनोट

 असार ८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार ८०० प्रतिनिधि छनोट गरेको छ ।यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न सङ्गठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् । उनका अनुसार महाधिवेशनका लागि एक हजार आठ सय ४९ प्रतिनिधिको व्यवस्था गरिएकामा केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले प्रतिनिधि छनोट बाँकी छ । अधिकांश स्थानमा सर्वसम्मतरुपमा प्रतिनिधि छनोट भएको जनाउँदै पन्तले केही ठाउँमा मात्रै निर्वाचन प्रक्रियाबाट छनोट गरिएको बताइन् । उनका अनुसार महाधिवेशन आयोजक समिति स्वतः प्रतिनिधि हुने व्यवस्था…
Read More
गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा

गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा

असार ७ , काठमाडौं । उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको आज सुनुवाइका लागि पेसी तोकिएको छ। आज यो रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको छ। सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट सुनुवाइकै क्रममा रहेको छ। यस अघि उक्त रिट यसअघि हेर्न नमिल्ने न्यायाधीशको पेशी पर्दै सरेको थियो। इजलासबाटै सुनुवाइको मिति तोकिएकाले आजका लागि पेशी तोकिएको थियो। महान्यायाधिवक्ता कार्यालय गृहमन्त्री लामिछानेलाई क्लिनचिट देखिने गरी कुनै पनि जिल्लामा अनुसन्धान,अभियोग पत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि अधिवक्ता भट्टराईले…
Read More