नयाँ तृष्णा

सर्प उद्वारकर्मी कार्कीलाई नै सर्पले डस्दा घाइते

Advertisement

असार १४, मेचीनगर।

सर्पको उद्वारमा खटिएका उद्वारकर्मी मुन्ना कार्कीलाई सर्पले डस्दा घाइते भएका छन् । आज दिउँसो साढे १ वजे मेचीनगर–६, पुरानो भन्सार स्थित आफ्नै घरमा सर्प राखेको बट्टा परिवर्तन गर्ने क्रममा कार्कीलाई गोमन सर्पले डस्दा घाइते भएका हुन् ।

मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्रकुमार खरेलले सर्प उद्वारकर्मी कार्कीले हिजो समातेका सर्पहरु सुरक्षित ठाउँमा लाने तयारी गर्दा एउटा बट्टामा राखिएको सर्प अर्को बट्टामा सार्ने क्रममा गोमन सर्पले देब्रे हातको साईली औँलामा डसेको जानकारी दिए ।

डस्ने वित्तिकै कार्कीलाई चारआली स्थित सर्पदंश उपचार केन्द्रमा लगेको उनले बताए । ‘उनको अवस्था अहिले सामान्य हुँदै गएको छ’, खरेलले भने–‘विशालु सर्पले डसेका कारण ४/५ दिन अझै लाग्छ ।’

खरेलले आर्थिक अवस्था कमजोर भएका कार्कीको उपचार खर्चमा समस्या हुने भएकाले सबैसँग सहयोगको अपील समेत गरेका छन् ।

कार्कीले विहीबार मेची भन्सार कार्यालय काँकरभिट्टा परिसरमा समातेको गोमन सर्प र त्यस्तै मेचीनगर–६ कै कालीखोला पारी अर्को सर्प पनि समातेका थिए । भन्सारमा समातेको गोमन सर्पले कार्कीलाई डसेको खरेलको भनाई छ ।

कुनै पनि व्यक्तिले सर्प आएको जानकारी दिनसाथ कार्की उक्त ठाउँमा तुरुन्त पुगेर सर्प समातेर उद्वार गर्ने गर्थे ।

सर्प समात्नमा मायुर कार्कीलाई आज सर्पले नै डस्दा नगरवासी दुःखित बनेका छन् । स्थानीयले उनको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

  नयाँदिल्ली । प्रवर्तन निदेशालय ईडीले मंगलबार कांग्रेसको नेशनल हेराल्ड अखबार र एसोसिएटेड जर्नल्स लिमिटेड (एजेएल) सँग सम्ब...
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

  काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डि...
एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने

एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने

झापा । नेकपा एमालेले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने सात जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्न...
अमेरिकी राजदूतले पुटिन भेटेको दुई दिनपछि रुसद्वारा  युक्रेनमा हमला, २१ युक्रेनीको मृत्यु

अमेरिकी राजदूतले पुटिन भेटेको दुई दिनपछि रुसद्वारा युक्रेनमा हमला, २१ युक्रेनीको मृत्यु

  कीभ । युक्रेनको उत्तरपूर्वी सहर सुमीमा रुसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ८० ...