Skip to main content

नयाँ तृष्णा

लायन्स क्लव अफ मेचीनगर २०२४ / ०२५ को अध्यक्षमा पोख्रेल

Advertisement

असार १२, काँकरभिट्टा । लायन्स क्लव अफ मेचीनगरको वर्ष २०२४ / २०२५ को अध्यक्षमा दिनेश पोख्रेल निर्वाचित भएका छन् । बुधबार काँकरभिट्टमा सम्पन्न अधिवेशनबाट क्लवको प्रथम उपाध्यक्ष दीपक कार्की, द्वितिय उपाध्यक्षमा प्रविन थापा र तृतिय उपाध्यक्षमा डम्बर खवास सर्व सम्मत चयन भएको क्लवका चार्टर प्रेसिडेन्ट लायन शंकर थापाले बताए ।

त्यसैगरी समितिको सचिवमा लायन यज्ञ घिमिरे, कोषाध्यक्षमा लायन सुरेश तिवारी रहेका छन् । वर्ष २०२३÷२०२४ का अध्यक्ष रोशनलाल प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष प्रधानले नवनिर्वाचित अध्यक्ष पोख्रेललाई क्लवको गन गेवल र ब्याच हस्तन्तरण गरेका थिए ।

ब्याच हस्तान्तरण पछि नवनिर्वाचित अध्यक्ष पोख्रेलले प्रतिवद्धता मन्तब्य राखेका थिए । उनले लायन्स बोल्ने भन्दा पनि काम गरेर देखाउने संस्था भएको बताउँदै समाज रुपान्तरणा र सामाजिक अभियानमा आफ्नो सक्रिय भूमिका हुने बताए ।

लायान्स क्लवका जोन चेयर पर्शन लायन सन्तोष आचार्यको प्रमुख आतिथ्मा सम्पन्न कार्यक्रममा पमुख अतिथि आचार्यले समाज रुपान्तरणमा लायन्स क्लवले ठूलो भूमिका निर्वाह गर्दै आएको बताए । कार्यक्रमका विशेष अतिथि जनसंसद डटकमका सम्पादक एवम् मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले विधिको शासनलाई लायन्स क्लवले अक्षरश पालना गर्दै आएको भन्दै क्लवको विधि र पद्धतिको प्रशंसा गरे । ‘अरु संस्थाहरुमा नेतृत्वको मोहले धेरैलाई सताउँछ,’ उनले भने ‘यस संस्थामा ३६५ दिन भन्दा एक दिन पनि पदीय जिम्मेवारिमा बस्ने चलन रहेन छ । यो अभ्यास सबैले लागू गरे समाज रुपान्तरणमा सहयोग पुग्ने छ ।’

क्लवका चार्टर प्रेसिडेन्ट लायन शंकर थापाले क्लवले समाजमा पुरर्याएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव यज्ञ घिमिरेले गरेका थिए भने आस्तावाचन क्लवका सदस्य सुरेश तिवारीले गरे । कार्यक्रममा स्वागत उपाध्यक्ष लायन्स प्रविन थापाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ ...
के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

  सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन...