३१ श्रावण २०८१, ढाका । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध ९ वर्ष पुरानो अपहरणको मुद्दा दर्ता भएको छ। उजुरीकर्ता सोहेल राणा सर्वोच्च अदालतका वकिल हुन्। २०१५ जुन ६ को राति साथीसँग हिँडिरहेको अवस्था थियो। त्यसपछि र्यापिड एक्सन बटालियनका केही सिपाहीहरूले उनलाई अपहरण गरेका थिए। उनीहरूलाई कुटपिट गरी बिजुलीको झटका दिइयो। उनी ३८ दिनपछि १३ अगस्टमा रिहा भएका थिए। सोही विषयलाई लिएर अहिले हसिनाविरुद्ध मुद्दा हालेका हुन् ।
बिर्तामोड, ३१ साउन । हात्ती नियन्त्रणका लागि बिर्तामोड नगरपालिकामा सौर्य उर्जामा आधारित विद्युतीय तारवार निर्माणको काम सुरु भएको छ ।हात्तीले दिनैपिछे दु:खदिन थालेपछि बिर्तामोड क्षेत्रमा विद्युतीय तारवार लगाउन सुरू गरिएको हाे । राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६, ७ र ८ मा सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माणको काम सुरु गरेको छ । वडा नम्बर ६ को देउनिया पुलदेखि वडा नम्बर ८ स्थित किसनभिट्टा सम्मको ९ किलोमिटर क्षेत्रमा तारवार निर्माण हुन लागेको हाे । आज बिर्तामोड मेयर पवित्रा महतारा प्रसाईले तारवार निर्माण कार्यकाे शिलान्यास गरिन् । कार्यक्रममा मेयर प्रसाईले हात्ती नियन्त्रणका लागि विद्युतीय तारवार प्रभावकारी हुने दावी गरिन् ।…
मेचीनगर । झापा इसाई समाजमा योगदान पुर्याउनु हुने रेभ.एनोस गजमेर र गुरुआमा शान्ति गजमेरलगायत अन्य धेरै व्यक्तित्वहरु सम्मानित भएका छन् । बिहिबार झापाली इसाई समुदायको ऐतिहासिक दस्तावेज स्मारिका बितरण कार्यक्रममा रेभ गजमेर दोसल्लहा साथै कदर पत्रद्धारा र शान्ति गजमेर दोसल्लहा र सम्मानपत्रद्धारा सम्मान गरेका हुन् । २०६० देखि ०६७ सम्म झापा जिल्ला ईसाई समाजको अध्यक्ष जस्तो गरिमामय जिम्मेवारीमा रहि सफलतासाथ समाजमा अतुलनीय योगदान दिनुभएकोमा रेभ.एनोसलाई सम्मानसहित कदर पत्र समाजले प्रदान गरेको हो । त्यस्तै झापा इसाई समाज महिला समिति, झापा इसाई समाज युवा समिति, बिर्तामोड नगर इसाई समाज, दमक नगर इसाई समाज, मेचीनगर इसाई समाज, बुद्धशान्ति ख्रीष्टियन समाज, शिवसताक्षी नगर…
काठमाडौँ । सन् १९६९ मा आजकै दिन (जुलाई २४) मा जेनिफर लोपेजका जन्म भएको थियो । उनी अमेरिकाकी चर्चित अभिनेत्री, गायिका, नर्तकी तथा व्यवसायी हुन् । लोपेजले १९९१ मा ‘इन लिभिङ कलर’ सिरिजबाट टेलिभिजन करिअर सुरु गरेकी थिइन् । १९९७ मा ‘सेलेना’ र ‘एनाकोन्डा’ तथा १९९८ मा उनले ‘आउट अफ साइट’ मा अभिनय गरेकी उनी उच्च पारिश्रमिक लिने ल्याटिन अमेरिकी कलाकारसमेत बनिन् । सांगीतिक दुनियाँमा भने उनी १९९९ को ‘अन द सिक्स’ बाट प्रवेश गरेकी हुन् । त्यससँगै अभिनयलाई पनि निरन्तरता दिएकी लोपेज ‘मेड इन म्यानह्याटन (२००२)’, ‘स्याल वी डान्स (२००४)’, ‘मोन्स्टर इन–ल (२००५)’ मा देखा परिन् । २०११ मा लोपेज गायन रियालिटी शो अमेरिकन आइडलको…
काठमाडौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । समितिमा नेपाल एयरलाइन्सका क्याप्टेन दिपु ज्वारचन, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डंगोल रहेका छन् । समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । त्यस्तै सरकारले विमान दुर्घटनामा निधन भएकाको सम्झनामा विहिबार देशभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको गुरुङले जानकारी दिएका छन् । साथै सरकारले आगामी…
काठमाडौं । पोखरा विमानस्थलमा परीक्षण उडानका लागि त्रिभुवन विमानस्थलको रनवे छाड्ने बित्तिकै सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ। सौर्य एयरलाइन्सको ९ एन एएमई(सीआरजे २००) जहाज बिहान ११ बजे पोखरा विमानस्थलमा परीक्षण उडानका लागि उडान भरेको थियो। विमानस्थलबाट टेकअफ गर्नासाथ विमान दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ। परीक्षण उडानमा रहेकाले यो जहाजमा टिकट काटेका सर्वसाधारण यात्रु भने नरहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। पोखरामा नियमित उडान नभएको सौर्यको यो जहाजले उसकै कर्मचारी र इन्जिनियरसहित १९ जनालाई बोकेको थियो । आफ्नै कम्पनीका इन्जिनियर र कर्मचारी लिएर ०२ रनवेबाट २–० तर्फ उड्ने क्रममा दुर्घटनामा परेको हो । विमानस्थल…
काठमाडौं । महिला एसिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ। यो खेल आज नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि सुरु हुँदै छ। यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार बेहोरेको छ। भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो। त्यस्तै समूह ए अन्तर्गत आजै पाकिस्तान र युएईबीच खेल हुँदै छ। यो खेल नेपाली समय अनुसार दिउँसो २: १५ बजेदेखि सुरु हुँदै छ। यस प्रतियोगितामा पाकिस्तानले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने युएईले दुवै खेलमा हार…
झापा । प्रेस सेन्टर झापाले प्रत्येक वर्ष प्रदान गर्दै आएको देवराज आचार्य (डी-कौडिन्य) स्मृति पत्रकारिता पुरस्कार पत्रकारद्वय झुलन रेग्मी र डिकश लामालाई प्रदान गरिएको छ । झापाको बिर्तामोडमा (डी-कौडिन्य) स्मृति पत्रकारिता वितरण समारोहमा दुई दशकबढी समय पत्रकारितामा कृयाशील मेची खबर साप्ताहिकका सम्पादक झुलन रेग्मी र नेपाल टेलिभिजनका झापा प्रतिनिधि डिकेश लामालाई प्रदान गरिएको हो । पुरस्कृत पत्रकारद्वय रेग्मी र लामालाई पुरस्कार वितरण समारोहका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्वो मौसम, बिशिस्ट अतिथि सहिद स्वर्गीय (डि-कौडिन्य) कि पत्नी यमुना आचार्यलगायतले पुरस्कार प्रदान गरेका थिए । सेन्टरले यसअघि प्रदान गर्दै आएको पुरस्कार रकमलाई वृद्धि गर्दै यो पटक ४२ हजार…
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिएका छन्। ८१ बर्षिय बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिदै आफ्नी सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने घोषणा गरेका हुन्। पछिल्लो समय बढ्दो उमेर र स्वास्थ्यका कारण बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिन नसक्ने भन्दै उनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइएको थियो। बाइडेनले विज्ञप्तिमा भनेका छन्- ‘राष्ट्रपतिको रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो। फेरि चुनाव लड्ने मेरो मनसाय भए पनि पार्टी र देशको हितमा उम्मेदवारी फिर्ता लिने र बाँकी कार्यकाल राष्ट्रपति पदको जिम्मेवारी पूरा गर्नमा पूर्ण ध्यान दिने विश्वास लिएको छु।’ बाइडेनले…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाएका हुन् । गत असार ३० गते संबिधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज विश्वासको मत लिएका हुन् । आजको विश्वासको मतको प्रक्रियामा कुल २६३ सांसद उपस्थित रहेकोमा पक्षमा १८८ मत परेको छ । त्यस्तै विपक्षमा ७४ मत परेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् । योसँगै प्रधानमन्त्री ओलीले दुई तिहाई सांसदको विश्वास जितेका छन् । उनलाई नेपाली काँग्रेस, नेकपा एमाले, जसपा, जसपा नेपाल, नाउपा, लोसपालगायत…