नयाँ तृष्णा

हात्ती छेक्न बिर्तामोडमा विद्युतीय तारवार

Advertisement

बिर्तामोड, ३१ साउन ।

हात्ती नियन्त्रणका लागि बिर्तामोड‌ नगरपालिकामा सौर्य उर्जामा आधारित विद्युतीय तारवार निर्माणको काम सुरु भएको छ ।हात्तीले दिनैपिछे दु:खदिन थालेपछि बिर्तामोड क्षेत्रमा विद्युतीय तारवार लगाउन सुरू गरिएको हाे ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६, ७ र ८ मा सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माणको काम सुरु गरेको छ ।

वडा नम्बर ६ को देउनिया पुलदेखि वडा नम्बर ८ स्थित किसनभिट्टा सम्मको ९ किलोमिटर क्षेत्रमा तारवार निर्माण हुन लागेको हाे ।

आज बिर्तामोड मेयर पवित्रा महतारा प्रसाईले तारवार निर्माण कार्यकाे शिलान्यास गरिन् ।

कार्यक्रममा मेयर प्रसाईले हात्ती नियन्त्रणका लागि विद्युतीय तारवार प्रभावकारी हुने दावी गरिन् ।

उनले बढ्दो मानवीय क्षति कम गर्नका लागि विद्युतीय तारवार फलदायी हुने बताइन् ।

हात्तीका लागि मनपर्ने आहारा व्यवस्थापन गर्न पनि स्थानीय सरकार र सामुदायिक वन उपभोक्ता समिति लाग्नु पर्ने उनकाे भनाई छ ।

कार्यक्रममा उपमेयर नगेन्द्रप्रसाद संग्रौलाले मानव वस्तीमा हात्ती छिरेर असर गर्दै आएको लामो समयदेखिको बाध्यतालाई यसले अन्त्य गर्ने बताए ।

कार्यक्रममा राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेलले हात्ती नियन्त्रणका लागि तारबार प्रभावकारी हुने बताए ।

हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जगतकुमार राईले विद्युतीय तारवार निर्माणपछि स्थानीयको बाली नालीमा क्षति कम हुने विश्वास व्यक्त गरे ।

एक करोड ३२ लाख ३६ हजार ५ सय २० रुपैयाँको लागतमा तारबार निर्माण हुन लागेको हो ।

उक्त कामको ठेक्का फुङ्फुङ्गे शैलेश्वरी निर्माण सेवाले लिएको छ । ठेक्का सम्झौता २०८१ कात्तिक २९ गते सम्ममा योजना सम्पन्न हुनेछ ।

संरक्षण कोषका कोशी प्रदेश प्रमुख विरेन्द्र गौतमले सुरुमा बाहुनडाँगीको १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारवार निर्माण गरिएको थियो ।

उनले हालसम्म जलथल र चाराआली  समेत गरी ७६ किलोमिटर क्षेत्रमा विद्युतीय तारवार भईसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

  नयाँदिल्ली । प्रवर्तन निदेशालय ईडीले मंगलबार कांग्रेसको नेशनल हेराल्ड अखबार र एसोसिएटेड जर्नल्स लिमिटेड (एजेएल) सँग सम्ब...
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

  काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डि...
एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने

एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने

झापा । नेकपा एमालेले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने सात जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्न...
अमेरिकी राजदूतले पुटिन भेटेको दुई दिनपछि रुसद्वारा  युक्रेनमा हमला, २१ युक्रेनीको मृत्यु

अमेरिकी राजदूतले पुटिन भेटेको दुई दिनपछि रुसद्वारा युक्रेनमा हमला, २१ युक्रेनीको मृत्यु

  कीभ । युक्रेनको उत्तरपूर्वी सहर सुमीमा रुसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ८० ...