३१ आश्विन २०८२, शुक्रबार, काठमाडौँ। नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो । सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन बनाए । बलिङमा नेपालका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एकएक विकेट लिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो । नेपालका…
१६ आश्विन २०८२, बिहीबार, काठमाडौं । नेपालीहरूको महान चाड बडादशैंको आज मुख्य दिन, विजयादशमी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ। टीका लगाउँदा ग्रहण गर्ने व्यक्ति पूर्व र दिने व्यक्ति पश्चिम फर्किनुपर्ने बताइएको छ। बिहान ९:२३ बजे देवी विसर्जन गरी, वैदिक विधिपूर्वक अभिषेकपछि नवदुर्गाको टीका, जमरा र प्रसाद थापी आशीर्वाद लिने परम्परा छ। आज टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म टीका ग्रहण गर्न सक्नेछन्। आजदेखि पूर्णिमासम्म टीका, जमरा र प्रसादलाई समृद्धिको प्रतीक मानिन्छ।
१४ आश्विन २०८२, मंगलवार, झापा । दसैँमा मासु बिना पर्वको स्वाद अधुरो हुन्छ भन्ने बुझाइ प्रायः सबै नेपालीमा छ। तर चिकित्सकहरुले भने स्वादसँगै स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। स्वास्थ्य विशेषज्ञहरुले चेतावनी दिएका छन् कि मासु उच्च तापक्रममा लामो समय पकाउँदा शरीरका लागि हानिकारक यौगिक (HCAs र PAHs) बन्न सक्छन्। त्यस्तै, पूर्ण रूपमा नपाकेको मासु सेवन गर्दा ब्याक्टेरिया (जस्तै साल्मोनेला वा इ.कोलाई) को जोखिम हुने भएकाले आन्तरिक तापक्रममा विशेष ध्यान दिनुपर्ने बताइन्छ। कसरी पकाउने त ? चिकित्सकका अनुसार मासु पकाउँदा यी उपाय अपनाउन सकिन्छः मासुमा रहेको बढी बोसो हटाएर मात्र पकाउने। दही, निम्बू रस, अदुवा–लसुनजस्ता प्राकृतिक म्यारिनेड…
९ आश्विन २०८२, बिहीबार, काठमाडौं । आज नवरात्रको चौथो दिन देशभरका शक्तिपीठ तथा मन्दिरहरूमा देवी कुष्माण्डा माताको पूजा–आराधना भव्य रूपमा सम्पन्न भइरहेको छ। धार्मिक विश्वासअनुसार देवी कुष्माण्डा सृष्टिको आदिशक्ति हुन्, जसले अण्ड (ब्रह्माण्ड) को उत्पत्ति गरेकी थिइन्। सिंहवाहिनी अष्टभुजा देवीको हातमा विभिन्न दिव्य अस्त्रशस्त्र छन्। कुभिण्डो देवीलाई प्रिय भएकाले मन्दिरहरूमा यसको बलि दिने परम्परा छ। देवी सूर्य मण्डलमा वास गर्ने भएकाले यिनको शरीर सूर्य जस्तै देदिप्यमान मानिन्छ। भक्तिपूर्वक पूजा गर्दा आयु, यश, बल, बुद्धि र आरोग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ। आज देशभरका नवदुर्गा मन्दिरहरूमा भक्तजनहरूको ठुलो भीड लागेको छ।
७ आश्विन २०८२, मंगलवार, बाहुनडाँगी । साना किसान कृषि सहकारी संस्था लि., बाहुनडाँगीको २२औं वार्षिक साधारण सभा मंगलबार एक विशेष कार्यक्रमकाबीच सम्पन्न भएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी सामुदायिक भवनको सभाहलमा आयोजित कार्यक्रममा अर्ग्यानिक तरकारी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले सदस्यहरूले उत्पादन गरेको अचार ‘मायाको चिनो’ का रूपमा वितरण गरिएको थियो । साना किसान कृषि सहकारी संस्था लि. बाहुनडाँगीकी अध्यक्ष टुका देवी दाहालको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष ठाकुरप्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कार्यपालिका सदस्य तिलजा देवान, पूर्व जिल्ला समन्वय सदस्य गंगादेवी कार्की, वडा सदस्यहरु सीता विक, सीता मोते, धनमाया कोइरालालगायतको आतिथ्यता रहेको थियो । संस्थाका उपाध्यक्ष…
झापा । बिर्तामोड–३ स्थित बिराटपोखरीमा यस वर्षको दुर्गा पूजाको भव्य आयोजना हुने भएको छ । बिराटपोखर सरोबर बहुद्देश्य संस्था र स्थानिय बासिन्दाको संयुक्त सहकार्यमा आयोजना हुने कार्यक्रममा आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जानकारी दिएको छ । समितिका अध्यक्ष आकास उप्रेती र सचिब जगन्नाथ भट्टराईका अनुसार पूजा स्थल सजावट, मण्डप निर्माण, देवी प्रतिमाको स्थापना तथा धार्मिक कार्यक्रमका लागि आवश्यक सामग्रीहरू तयारी अवस्थामा छन् । भोलिदेखि दुर्गा पूजा औपचारिक रूपमा सुरु हुने र विजयादशमीसम्म विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ । स्थानिय समुदायको सक्रिय सहभागितामा आयोजना हुन लागेको यस दुर्गा पूजाले धार्मिक आस्था मात्र नभई सामाजिक एकता र सद्भाव…
झापा । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा साउन २४ गते भव्य लाखे गाईजात्रा आयोजना गरिने भएको छ। आज बिर्तामोडको इन्द्रेणी पार्टी प्यालेसमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत कार्यक्रमका संयोजक तथा नेवा देय दबु कोशी प्रदेशका पूर्वअध्यक्ष इन्द्रकुमार श्रेष्ठले उक्त जानकारी दिनुभयो। श्रेष्ठका अनुसार लाखे गाईजात्रा कार्यक्रम नेवा देय दबु जिल्ला समिति झापा र सह-आयोजक नेवा मिसा दबु झापाको संयुक्त आयोजनामा सम्पन्न हुनेछ। सांस्कृतिक पहिचान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यस कार्यक्रमलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्न विभिन्न ऐतिहासिक नृत्य, गजल तथा मुक्तक प्रतियोगितासमेत राखिने भएको छ। कार्यक्रममा सहभागी विजयीहरूलाई पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकहरूले जनाएका छन्। कार्यक्रममा झापाका साथै…
साउन १५, झापा । गर्मीमा सुन्तलाको जुस पिउनुले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने चिकित्सकहरू बताउँछन्। अत्यधिक गर्मीका कारण हुने डिहाइड्रेसन, थकान र रोग प्रतिरोधात्मक क्षमतामा गिरावटलाई ध्यानमा राख्दै पोषणविद्हरूले नियमित रूपमा ताजा फलफूलको सेवन गर्न सुझाव दिँदै आएका छन्। त्यसमा, सुन्तलाको जुस एक प्रभावकारी र सुलभ उपायका रूपमा अगाडि आएको हो। स्वास्थ्य विज्ञहरूका अनुसार, सुन्तलामा प्रचुर मात्रामा पाइने भिटामिन C, पोटासियम र एन्टिअक्सिडेन्ट ले शरीरलाई ऊर्जावान बनाउनुका साथै पाचन सुधार, रक्तचाप नियन्त्रण र छाला संरक्षण मा समेत सहयोग पुर्याउँछ। "गर्मीमा धेरै पसिना आउँछ, जसले शरीरमा पानी र इलेक्ट्रोलाइटको कमी गराउँछ। सुन्तलाको जुसले यी तत्वहरू पूर्ति गरी शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ,"…
लोकप्रिय मेसेजिङ प्लाटफर्म ह्वाट्सएपले कम प्रकाशयुक्त ठाउँमा फोटोग्राफीलाई उत्कृष्ट बनाउनका लागि आफ्नो एन्ड्रोइड एपमा एक नयाँ फिचरको तयारी गरिरहेको छ । समाचार अनुसार उक्त नाइट मोड फिचर ह्वाट्सएपको नयाँ बिटा भर्सनको क्यामेरा इन्टरफेसमा देखिएको छ । उक्त फिचरको उद्देश्य कम प्रकाशमा उत्कृष्ट तथा सफासँग देखिने तस्वीर खिच्नु हो, ताकि कुनै बाहिरी फिल्टर आवश्यक नपरोस् । नाइट मोडले कसरी काम गर्छ ? WABetaInfo का अनुसार WhatsApp Beta for Android v2.25.22.2 मा यो नयाँ फिचर देखिएको छ । यसको क्यामेरा इन्टरफेसको दायाँ माथिपट्टि कर्नरमा फ्लास आइकनकै छेउमा चन्द्रमा आकारको आइकन थपिएको छ । उक्त आइकनलाई ट्याप गरेपछि नाइट मोडलाई अन/अफ गर्न सकिन्छ…
झापा । परिवर्तनको लागि युवा नामक समूहको आयोजना र एक्का नेपालको सहकार्यमा झापाको मेचीनगर–६, बर्मेलीटोल गैरीगाउँमा अपांगता समावेशीकरणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा परिवर्तनको लागि युवाका सहजकर्ता बिष्णु प्रसाईंले अपांगता के हो, अपांगताको प्रकार तथा वर्गीकरण सम्बन्धि जनचेतनामूलक प्रशिक्षण प्रदान गरे। उनले सहभागीहरूलाई अपांगता सम्बन्धी आधारभूत जानकारी दिँदै सामाजिक समावेशीताको महत्वप्रति सचेत गराए। कार्यक्रममा समूहकी संयोजक प्रियंका दनुवारले नेपाल सरकारले प्रदान गर्ने अपांगता परिचयपत्रका चारवटा प्रकारहरू र तिनले दिने सुविधाहरूका बारेमा स्पष्ट विवरण दिइन्। कृपा फ्रि मेथोस्टि चर्च भवनमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन चाँदनी अन्सारीले गरेकी थिइन् भने एक्का नेपाल पूर्वाञ्चल क्षेत्रीय संयोजक तरुण राईसहित समूहका अन्य सदस्यहरूको…