Skip to main content

नयाँ तृष्णा

सीमा क्षेत्रमा मानव बेचबिखनविरुद्ध सहकार्य सुदृढ गर्न काँकरभिट्टामा समन्वय आफन्त नेपाल

Advertisement

१७ चैत २०८२ मंगलबार,

काँकरभिट्टा । मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्य गर्ने उद्देश्यले काँकरभिट्टामा स्थानीय निकाय र सरोकारवालाबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ। कार्यक्रम आफन्त नेपाल, शाखा कार्यालय काँकरभिट्टाको आयोजनामा सम्पन्न भएको हो।

“मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यको अभियान” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा जिल्ला संयोजक मात्रिका गुरुङको अध्यक्षता रहेको थियो। प्रमुख अतिथिका रूपमा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेती सहभागी रहनुभएको थियो। साथै वडा नं. ६ का सदस्य ध्रुवकुमार राई, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, विभिन्न संघसंस्था तथा सरोकारवालाको उपस्थिति रहेको थियो।

कार्यक्रममा आफन्त नेपालका गतिविधिबारे विस्तृत प्रस्तुति संस्थाकी मेनुका नेपालले दिनुभयो। उहाँले संस्थाको परिचय, उद्देश्य, कार्यक्षेत्र, सेवा प्रवाह, सुरक्षित आवास गृह सञ्चालन, स्वास्थ्य उपचार व्यवस्थापन, समुदायस्तरीय कार्यक्रम तथा विभिन्न निकायसँगको समन्वय र सहकार्यबारे जानकारी दिनुभयो। साथै स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहयोगमा सञ्चालन भइरहेको परियोजनाबारे पनि जानकारी गराइयो।

मन्तव्य राख्दै उपप्रमुख उप्रेतीले भौतिक पूर्वाधारमा ठूलो लगानी भइरहेको उल्लेख गर्दै अब मानव विकासतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो। उहाँले बालबालिकाहरू विभिन्न कुलतमा फस्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनीहरूको भविष्य सुरक्षित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो। सीमा क्षेत्रमा क्रियाशील संस्थाहरूले गरिरहेको सेवामूलक कार्यलाई सकारात्मक उदाहरणका रूपमा उल्लेख गर्दै कोभिड–१९ कालदेखि नै संघसंस्थाहरूले उल्लेखनीय योगदान दिएको बताउनुभयो। साथै आफन्त नेपालप्रति आभार व्यक्त गर्नुभयो।

त्यसैगरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक बिरेन्द्र कोइरालाले सीमा क्षेत्रमा रहेका संस्थाहरूसँग सहकार्य प्रभावकारी रहेको उल्लेख गर्दै विगतको तुलनामा मानव बेचबिखन नियन्त्रणमा सुधार आएको बताउनुभयो।

वि.सं. २०६४ सालमा ललितपुरमा स्थापना भएको आफन्त नेपाल हाल विभिन्न जिल्लाहरूमा शाखा विस्तार गर्दै सक्रिय छ। झापामा भने २०७४ सालदेखि निरन्तर रूपमा कार्यरत रहेको संस्थाले नेपाल–भारत सीमा नाकाहरूमा सूचना तथा परामर्श सेवा प्रदान गर्दै आएको छ। साथै बेचबिखन प्रभावित तथा जोखिममा रहेका महिलाहरूको उद्धार, सुरक्षित आवास व्यवस्था, पुनर्स्थापना, समुदायस्तरीय सचेतना अभिवृद्धि तथा वैदेशिक उद्धारजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।

संस्था हाल मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय समितिको सदस्यसमेत रहेको छ। समन्वय र सहकार्यलाई अझ सुदृढ गर्दै मानव बेचबिखनमुक्त समाज निर्माण गर्ने लक्ष्यसहित यस्ता कार्यक्रमहरू सञ्चालन गरिँदै आएको संस्थाले जनाएको छ।

कार्यक्रम काँकरभिट्टास्थित होटल इष्टर्न ग्राण्डको सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य सीता अधिकारीले राख्नुभएको थियो भने सञ्चालन प्रितिका थामीले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...
असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

असहाय बालबालिकाको सेवाभन्दा ठूलो धर्म छैन : प्रमुख अतिथि ओली

मेचीनगर, असार २४। झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ ...
के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

के सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? बाइबलले वास्तवमा के भन्छ ?

  सबै ६६६ नम्बर खतरनाक हुन्छन् ? धेरै इसाईहरूले ६६६ अंक देख्नेबित्तिकै त्यसलाई अशुभ वा ख्रीष्ट-विरोधीको चिन्ह ठान्ने गर्छन...