८ भदौ, बिर्तामोड । हतकडी फुस्काई चार दिनअघि फरार भएका इलाका प्रहरी कार्यालय बिर्तामोडका थुनुवा आज पक्राउ परेका छन् । गत मंगलवार दिउँसो उपचारका लागि बिर्तासिटी अस्पताल लगिएका थुनुवा २५ वर्षीय बिशाल राई हतकडी फुस्काई फरार भएका थिए । दिउँसो ४ बजे पेट दुख्ने बिरामी भई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा बेड भर्ना भई उपचार भइरहेका दमक नगरपालिका वडा न.३ भुटानी शरणार्थी सेक्टर जी थ्री भई हाल न.१ मा डेरा गरी बस्ने राई हतकडी फुस्काई फरार भएपछि खोजी कार्य तीब्र पारिएको थियो । उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको टोली चार दिनदेखि खटिएको थियो ।
८ भाद्र , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा सचेत नहुँदासम्म देश नबन्ने बताएका छन् । शनिबार काठमाडौं यूथ कन्क्लेभ २०२४ मा सहभागीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले युवा सचेत नभएसम्म चिताए जसरी देश अघि बढाउन नसकिने बनाए । ‘किन भने युवा नै देशका सम्पूर्ण शक्ति हुन्’, ओलीले भने । युवालाई अघि बढाउन राम्रो शिक्षा र अवसर प्रदान गर्नुपर्नेमा ओलीले जोड दिए । त्यसका लागि युवालाई रोजगारीमा जोड्नु पर्ने भएकाले सरकारले स्टाटपको कार्यक्रम सुरु गरेको उनले स्पष्ट पारे । स्टाटपको लागि लोन दिन सरकारले यस वर्ष एक अर्ब रुपैँया छुट्याएको पनि प्रधानमन्त्रीले जानकारी दिए । उनले राम्रो योजना…
८ भदौं, झापा । झापा जिल्ला अदालतमा प्रमुख न्यायाधीशको रुपमा उमेशप्रसाद लुइँटेल आएका छन्। प्रमुख न्यायाधीश अशोककुमार बस्नेतको २ बर्षको कार्यकाल पूरा गरी सरूवा भएपछी प्रमुख न्यायाधीशको रुपमा उमेशप्रसाद लुइँटेल आएका हुन् । आज एक कार्यक्रमका बीच प्रमुख न्यायाधीशको कार्यभार सम्माल्न आएका लुइँटेललाई झापा जिल्ला अदालतले स्वागत गरेको छ। झापा जिल्ला अदालतका माननीय न्यायाधीश प्रकाश कुमार अधिकारी, तेजबहादुर खड्का, नविनकुमार जोशी, नगेन्द्र केशरी पोखरेल, रामप्रसाद पौडेल, श्रेस्तेदार किरणकुमार सिंह लगायत अदालतका कर्मचारीहरु समेतको उपस्थिति रहेको सो कार्यक्रमको संचालन अदालतको प्रशासन शाखाका शाखा अधिकृत रामचन्द्र बस्नेतले गर्नुभएको थियो। अदालती कामकारवाहीमा ढिलासुस्ती, पक्षपात हुन्छ भन्ने गुनासो कम गर्न अदालतबाट प्रवाह गरिने सेवामा…
६ भाद्र , काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारका मुद्दा छानबिनमा पाँच बर्षे हदम्याद आफूहरूलाई मान्य नहुने स्पष्ट गरेका छन् । विहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचार निवारण सम्बन्धी ऐन २०५९ लाई संशोधन विधेयकमा प्रस्ताव गरिएको पाँच वर्षको हदम्याद आफूहरूलाई मान्य नहुने बताएका हुन् । लामिछानेले अहिले देशका युवाहरुले आफूलाई लगातार फोन गरेर यस विषयमा दबाब समेत दिएकोप्रति खुसी समेत व्यक्त गर्दै आफ्नो पार्टीलाई भ्रष्टाचारका मुद्दा छानबिनमा पाँच वर्षको हदम्याद मान्य नहुने बताएका हुन् । यो विधेयक अहिले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको छ ।
६ भाद, झापा । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशामा अवस्थित रहेको छ जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।…
५ भाद्र, काठमाडौं । आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले आज भारत बन्द आह्वान गरेका छन् । बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल (राजद), आजाद समाज पार्टी लगायतका विभिन्न दलहरुले पनि समर्थन गरेका छन् । बसपाकी प्रमुख मायावतीले सर्वोच्चको फैसला अनुसार संविधान संशोधनको माग गर्दै आन्दोलनरत पक्षलाई शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न आह्वान गरेकी छन् । मायावतीका भतिजा आकाश आनन्दले भारत बन्दको क्रममा बसपाका कार्यकर्ताहरु पार्टीको झण्डासहित शान्तिपूर्ण रुपमा प्रदर्शनमा सहभागी हुने बताएका छन् । बन्दलाई लक्षित गरी राजस्थान, लखनउ, मध्य प्रदेश लगायतका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । लखनउमा निषेधाज्ञा नै लागू गरिएको…
५ भदौ, काठमाडौं । झापामा एक थान कटुवा पेस्तोलसहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भदौ ४ गते बेलुका आठ बजे झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडा बस्ने ६२ वर्षीय इन्द्र बहादुर आङ्देम्बेलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले आङदेम्बेको घर परिसरमा तलासी लिंदा कुखुराको खोरको छानो भित्र लुकाएर राखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवम् डिएसपी कृष्णबहादुर चन्दले जानकारी दिए । कटुवा पेस्तोल फेला परेपछि आङदेम्बेलाई समेत नियन्त्रणमा लिइएको हो । उनलाई इलाका इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको…
४ भाद्र, काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका सर्तहरूको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो । यसअघि पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटकले सामाजिक सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । अब अहिले टिकटकले पत्र लेखेर नेपालका सबै कानुन र सर्त मान्ने लिखित प्रतिबद्धता जनाएपछि प्रतिबन्ध फुकुवाको तयारी सुरु भएको सञ्चार मन्त्रालयसम्बद्ध स्रोतले जानकारी दिएको छ । चीन सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउन पटक पटक विभिन्न तहबाट दबाब दिँदै आएको छ । (more…)
२ भाद्र, काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली सञ्चार माध्यम तथा सञ्चार सम्बद्ध संघ संस्थालाई समावेशी चरित्रको बनाउन आफूले पहल गर्ने बताएका छन्। नेवाः पत्रकार राष्ट्रिय दवु सम्बद्ध पत्रकारको आज ज्ञापनपत्र बुझ्दै उनले सो कुरा बताएका हुन् । नेपाली सञ्चार माध्यम तथा सञ्चार सम्बद्ध संघ संस्था समावेशी चरित्रको बन्न नसक्दा सबै समुदायको आवाजको प्रतिनिधित्व हुन नसकेको भन्दै उनले त्यसका लागि आफूले पहल गर्ने विश्वास दिलाए । दबूले आज नौ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सञ्चार सम्बद्ध संघ संस्थाको संरचना समावेशी चरित्रको बनाउन माग गरेको छ । प्रेस काउन्सिल, सूचना विभाग, न्यूनतम पारिश्रमिक निर्धारण समितिसहित सरकारी सञ्चार माध्यमको नेतृत्वमा समानुपातिक…