Skip to main content

नयाँ तृष्णा

युवा नै देशका सम्पूर्ण शक्ति हुन्, युवा सचेत नहुँदासम्म देश बन्दैन : प्रधानमन्त्री ओली

Advertisement

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले युवा सचेत नहुँदासम्म देश नबन्ने बताएका छन् । शनिबार काठमाडौं यूथ कन्क्लेभ २०२४ मा सहभागीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले युवा सचेत नभएसम्म चिताए जसरी देश अघि बढाउन नसकिने बनाए । ‘किन भने युवा नै देशका सम्पूर्ण शक्ति हुन्’, ओलीले भने ।

युवालाई अघि बढाउन राम्रो शिक्षा र अवसर प्रदान गर्नुपर्नेमा ओलीले जोड दिए । त्यसका लागि युवालाई रोजगारीमा जोड्नु पर्ने भएकाले सरकारले स्टाटपको कार्यक्रम सुरु गरेको उनले स्पष्ट पारे ।

स्टाटपको लागि लोन दिन सरकारले यस वर्ष एक अर्ब रुपैँया छुट्याएको पनि प्रधानमन्त्रीले जानकारी दिए । उनले राम्रो योजना बनाएर स्टाटपमा सहभागी हुन युवालाई आग्रह गरे।

यस वर्ष १० हजार बढी स्टाटप सुरु गर्ने योजना सरकारले बनाएको ओलीले बताए । कृषि र सान उद्योगबाट व्यावसायिक काम सुरु गर्न ओलीले आग्रह गरे । ‘मेरो ध्यान युवा उत्थान, युवा विकास, युवा शक्तिकरणमा रहेको छ, त्यसबाट मात्रै देश अगाडि बढाउन सकिन्छ, यी सबै प्रयास त्यसका लागि हुन्’, ओलीले भने ।

ओलीले आफूहरू राजनीतिमा धेरै दुःख गरेर राजनीतिमा आएको बताउँदै अहिले त्यस्तो अवस्था नरहेको बताए । आफू कुनै कूल घरानाको मान्छे भएर वा कसैले डोर्‍याएर राजनीतिमा आएको मान्छे नभएको ओलीले युवाहरूलाई स्पष्ट पारे । आफ्नै संघर्षबाट आफू राजनीतिमा आएको ओलीले बताए ।

आफ्नो राजनीति यात्राले हरेक नेपालीमा आत्मविश्वास र आत्मबल बढाउने उनले विश्वास व्यक्त गरे । आफूहरू जेल, नेल र चुटाइ खाएर, भूमिगत जीवन बिताएर अहिलेको अवस्थामा आएको ओलीले सुनाए । ‘म १८ वर्षको उमेरमा जेल परेको थिएँ, म अन्यायपूर्ण तरिकाले थुनिएको थिएँ लोकतन्त्रको निमित्त लड्दा’, उनले भने ।

ओलीले अहिले समाजमा आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति बढेको बताए । यसबाट जघन्य अपराधीक घटना बढ्दै गएका गएका ओलीको भनाइ छ । मानिसले सामाजिक मूल्य, मान्यता, थिति, विधि मिच्नु नहुनेमा ओलीले जोड दिए । बलात्कार मानव जातीकै निम्ति कलङ्क भएकोले त्यसलाई रोक्नु पर्ने ओलीले बताए ।

ओलीले लैङ्गिक अधिकार र सामाजिक समानता हुनुपर्ने बताए । ‘सबैले अधिकार प्राप्त गर्नुपर्दछ, सबैका अधिकार हुनुपर्दछ, तर समलिङ्गीका बिचमा विवाह गर्ने जस्तो कुरा म बुझ्दिन, के भनेको हो त्यो भन्ने कुरा, कतिपय कुरा मैले बुझेका कुरा हुन सक्दछन्, संसारमा मैले सबै बुझेकै हुन्छु भन्ने छैन, सबैको अधिकारको पक्षमा के गर्नुपर्छ र समयानुकूल के गर्नुपर्छ त्यस सम्बन्धमा व्यवहारिक रूपमा कसरी सम्बोधन गर्न सकिन्छ, त्यस सम्बन्धमा सरकारले निर्णय गर्छ र न्याय दिन्छ ’, उनले भने ।

देश बाहिर रहेका युवाहरूको अलिकति अनुकूल परिस्थिति हुने हो भने देश नै फर्कन्थे भन्ने मनस्थिति रहेको ओलीले बताए । नेपाल जस्तो राम्रो देश अन्त पाउन गाह्रो रहेको ओलीले बताए । ‘विदेशमा बस्ने नेपालीहरू पनि नेपाल फर्कन चाहन्छन्, त्यसका लागि सरकारले अनुकूल वातावरण बनाउनु पर्छ’ ओलीले भने ।

ओली त्यसैको लागि सरकारले काम गरिरहेको बताउँदै सरकारको भर पर्न आग्रह गरे । ‘अहिलेको सरकारसँग आस पनि गर्नु, भर पनि पर्नु, भर पर्नुपर्छ अहिलेको सरकार प्रति, किनभने केही काम गर्नका लागि बनेको छ, म यो उमेरमा घस्रिन पर्ने केही आवश्यकता थिएन, तर देशमा केही परिवर्तन ल्याएरै छाड्ने भनेर लागेको छु’, उनले भने ।

देश र जनताको लागि निर्बाध रूपमा सत्य कुरा बोल्नु नै वाकस्वतन्त्रता भएको ओलीले बताए । वाकस्वतन्त्रताको नाममा हेर्न र सुन्न नसकिने कुरा व्यक्त गरेर राष्ट्रले केही प्राप्त नगर्ने ओलीले बताए । कसैको चरित्र हत्या गर्ने गरी जथाभाबी बोलेर समाजलाई सही दिशामा लैजान नसकिने ओलीको भनाइ छ ।

ओलीले आफ्नै अगुवाइमा देशमा पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, रक्षा मन्त्री तथा मुख्य सचिव बनाएको बताउँदै ओलीले महिला प्रधानमन्त्री पनि बनाउने इच्छा भएको बताए । तर त्यसको लागि समय लाग्ने ओलीले बताए । अहिले पनि हरेक डेलिगेसनमा एक जना महिला अनिवार्य सहभागी गराउनु पर्ने नियम आफूले बनाएको उनले स्मरण गराए ।

महिलाको मनोबल उठाउन र आत्मविश्वास बढाउन आफूले योगदान गरेको ओलीले बताए । आजको भोलि नै महिला प्रधानमन्त्री बनाउन नसकिए पनि नेपालमा महिला प्रधानमन्त्री बन्ने उनले दाबी गरे । ‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु, त्यसका लागि अलिकति तयारी गर्नुपर्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...