Skip to main content

नयाँ तृष्णा

झापा जिल्ला अदालतको प्रमुख न्यायाधीशमा उमेशप्रसाद लुइँटेल

Advertisement

८ भदौं, झापा । झापा जिल्ला अदालतमा प्रमुख न्यायाधीशको रुपमा उमेशप्रसाद लुइँटेल आएका छन्। प्रमुख न्यायाधीश अशोककुमार बस्नेतको २ बर्षको कार्यकाल पूरा गरी सरूवा भएपछी प्रमुख न्यायाधीशको रुपमा उमेशप्रसाद लुइँटेल आएका हुन् ।

आज एक कार्यक्रमका बीच प्रमुख न्यायाधीशको कार्यभार सम्माल्न आएका लुइँटेललाई झापा जिल्ला अदालतले स्वागत गरेको छ।

झापा जिल्ला अदालतका माननीय न्यायाधीश प्रकाश कुमार अधिकारी, तेजबहादुर खड्का, नविनकुमार जोशी, नगेन्द्र केशरी पोखरेल, रामप्रसाद पौडेल, श्रेस्तेदार किरणकुमार सिंह लगायत अदालतका कर्मचारीहरु समेतको उपस्थिति रहेको सो कार्यक्रमको संचालन अदालतको प्रशासन शाखाका शाखा अधिकृत रामचन्द्र बस्नेतले गर्नुभएको थियो।

अदालती कामकारवाहीमा ढिलासुस्ती, पक्षपात हुन्छ भन्ने गुनासो कम गर्न अदालतबाट प्रवाह गरिने सेवामा अझ सुधार गरी पारदर्शी, छिटोछरितो, सरल एवं जनमैत्री सेवाप्रवाह गर्ने र अदालत प्रति जनताको जनविश्वास बढाउने अदालतको लक्ष्य रहेको प्रमुख न्यायाधीश लुइटेलले बताउनु भयो।

उहाले अदालतको रणनीतिक योजना अनुसार झापा अदालतले समेत आफ्नो लक्ष र उद्देश्य सहित कार्ययोजना बनाई लागु गरेको हुदा अब न्यायिक काम कारबाहीमा ढिलासुस्ती र पक्षपात हुने गरेको गुनासो आउन नदिने गरी काम गर्न अदालतका सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो।

न्याय सम्पादनलाई अझ प्रभावकारी बनाउन कर्मचारी वर्गले उत्कृष्ठ नतिजामुखी काम गर्नू आवश्यक छ भनी सोही कार्यक्रममा बोल्दै न्यायाधीश तेजबहादुर खड्काले बताउनु भयो।

त्यस्तैगरी, मुद्दाको संख्या बढ्दै गएको छ तरपनि अदालतको पूर्वाधार र जनशक्ति अभावका बाबजूत गुनासो नआउने गरी काम गरिने भनी अदालतका श्रेस्तेदार सिंहले बताउनु भयो।

झापा अदालतमा ९ जना न्यायाधीशको दरबन्दी रहेकोमा हाल ७ जना न्यायाधीश रहनु भएकोछ।

सामान्यतयः २/२ बर्षमा न्यायाधीशको सरुवा हुने गरेको र सरुवा भएर आउनु भएका अर्का न्यायाधीश महेन्द्र प्रसाद पोखरेल समेतलाई सोही कार्यक्रममा स्वागत गरिएको अदालत प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...
हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने

३ साउन, काठमाडौं । हिमालय टेलिभिजनले विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण गर्ने भएको छ । हिमालय टिभी, हिमालय स्पोर्टस् र डि...