Skip to main content

नयाँ तृष्णा

स्थानीय तह विशेष

लघुकथा सङ्ग्रह सनेसको विमोचन

लघुकथा सङ्ग्रह सनेसको विमोचन

असार २३ गते ,झापा ।  साहित्यकार एवं सताक्षीधाम साहित्य सङ्गम झापाका अध्यक्ष उमानाथ दाहालको पहिलो लघुकथा सङ्ग्रह ‘सनेस’को आज भक्तपुरमा विमोचन गरिएको छ । सताक्षीधाम साहित्य सङ्गम झापा र हाम्रो लघुकथा केन्द्र नेपालको संयुक्त आयोजनामा भक्तपुरको कौशलटारमा आयोजित विमोचन कार्यक्रममा साहित्यकार, पूर्वप्राज्ञ प्रा डा देवी नेपाल, सृजना साहित्य समूहका अध्यक्ष एवं पूर्वप्राज्ञ लघुकथाकार ध्रुव मधिकर्मीलगायतले विमोचन गरे । कार्यक्रममा साहित्यकार प्रा डा नेपालले दाहालको कृति लघुकथा सनेस भाषा, शैली, प्रस्तुति, संवाद सबै कोणबाट हेर्दा लघुकथाको आयामामा उत्कृष्ट रहेको चर्चा गरे । उनले लघुकथाभित्र दाहालले समाजको बेथितिलाई भित्रैबाट केलाउँदै सामाजिक सन्देश छरेको बताए ।  लेखक दाहाल झापाका लागि एक व्यक्ति नभई संस्था…
Read More
झापाको कचनकवलमा जोत्न लगेको गोरु करेन्ट लागेर मर्‍यो

झापाको कचनकवलमा जोत्न लगेको गोरु करेन्ट लागेर मर्‍यो

कचनकवल, २३ असार । झापा कचनकवल गाउँपलिकामा करेन्ट लागेर एक वटा गोरुको मृत्यु भएको छ । कचनकवल गाउँपलिका–६ मुस्लिम बस्तिमा सडक नजिकमा रहेको विद्युतीय ट्रान्सफर्मरसहितको पोलमा करेन्ट प्रवाह हुँदा आज बिहान सोही स्थानका लक्ष्मीनारायण राजवंशीको गोरु खेतमा जोत्नलाई लाने क्रममा एक वटा गोरुलाई करेन्ट लागि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Read More
मेचीनगरको सार्वजनिक सुनुवाई असार २७ गते हुने

मेचीनगरको सार्वजनिक सुनुवाई असार २७ गते हुने

मेचीनगर, असार २३ । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई असार २७ गते हुने भएको छ । नगरपालिका कार्यालयले एक सूचना जारी गरी सार्वजनिक सुनुवाई असार २७ गते गर्ने जानकारी दिएको हो । प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर गरी जारी गरिएको असार २७ गते दिउँसो १ बजे नगरपालिकाकै सभाहलमा सार्वजनिक सुनुवाई हुने उल्लेख गरिएको छ । सार्वजनिक सुनुवाईमा उपस्थीत हुन सबै नगरबासीहरुमा अनुरोध समेत गरिएको छ । यसअघि असार २० गते सार्वजनिक सुनुवाई गर्ने भनिए पनि पर्याप्त सूचना नभएको भन्दै सोही दिन बिहान नगरपालिकाले कार्यक्रम स्थगित गरेको थियो ।
Read More
अब मेचीनगरमा अपाङ्गता भएकालाई घरैमा पुगेर सेवा

अब मेचीनगरमा अपाङ्गता भएकालाई घरैमा पुगेर सेवा

मेचीनगर,२१ असार । अपाङ्गता भएका व्यक्तिहरूलाई घर-घरमा पुगेर सेवा दिने उदेश्यले मेचीनगरमा आगामी साउन १ गतेदेखि अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सुरू हुने भएको छ । विहीबार मेचीनगर नगरपालिकामा आयोजित एक कार्यक्रममा नगरपालिका, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र करूणा फाउन्डेशनको तर्फबाट साे कार्यक्रम अघि बढाउने त्रिपक्षीय सम्झौता भएको हाे । नगरपालिकाकी महिला तथा बालबालिका विकास शाखा प्रमुख जयन्ती खरेलले मेचीनगरमा अपङ्गता भएका व्यक्तिहरूलाई घर-घरमा पुगेर उनीहरूलाई सेवा सुविधा उपलब्ध गराउने जानकारी दिइन् । बैशाखी, ह्वीलचियर, स्वास्थ्य बीमा लगायतका सेवा प्रदान गराउने उनकाे भनाई छ । १० वर्षमुनिका अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षा लगायतका अत्यावश्यक सेवा उपलब्ध हुने खरेलले बताइन् । आगामी…
Read More
जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र

जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र

झापा ,असार २१। मेचीनगर नगरपालिका–१३ चारआली स्थित सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजारभन्दा बढी मानिसलाई अकाल मृत्युबाट बचाएको छ । नेपाली सेना र समुदायको साझेदारीमा सञ्चालित २५ शय्याको उपचार केन्द्रमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमबाट मात्र नभएर छिमेकी मुलुक भारत पश्चिम बङ्गालको दार्जीलिङ, सिलीगुढी र बिहारको किशनगञ्ज र ठाकुरगञ्जसम्मका सर्पदंशका बिरामी आउने गर्छन् । यहाँ सबै प्रकारका विषालु सर्पले डसेको उपचार हुन्छ । सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराई सानो र कम सुविधायुक्त भएता पनि जनविश्वास अन्तर्राष्ट्रियस्तरमा फैलिएको कारण सर्पदंश उपचार केन्द्रको स्तरोन्नतिमा राज्यको ध्यान दिनुपर्ने बताए । उनले केन्द्रलाई  सेनाले जग्गा र प्राविधिक सहयोग गरिरहेको जानकारी दिए । आफ्नो ब्यारेकभित्र…
Read More
सूचना पर्याप्त नपुगे पछि मेचीनगरको सार्वजनिक सुनुवाई स्थगित

सूचना पर्याप्त नपुगे पछि मेचीनगरको सार्वजनिक सुनुवाई स्थगित

मेचीनगर, असार २० । झापाको मेचीनगर नगरपालिका कार्यालयले आज सार्वजनिक सुनुवाई  गर्ने भनिएको स्थगित भएको छ । नगरबासीहरुमा सार्वजनिक सुनुवाई हुने बिषयको पर्याप्त सूचना नपुगेको पाइएकाले तत्कालका लागि कार्यक्रम स्थगित गरिएको मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिनुभयो । ‘नगरबासीहरुमा पर्याप्त सूचना पुगेको बुझिएन,’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, ‘सबै नगरबासीमा सूचना गरेर अर्को दिन गर्ने गरी आजलाई स्थगित गरियो ।’ यश आर्थिक बर्ष भरि भए गरेका कामको समिक्षा सहित आम नगरबासीको जिज्ञासाको समाधान गर्ने गरी आज दिउँसो १ बजे नगरपालिकाले मेची उद्योग वाणिज्य सघको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम गर्ने भनिए पनि त्यसको सूचना…
Read More
मेचीनगरले आज सार्वजनिक सुनुवाई गर्दै

मेचीनगरले आज सार्वजनिक सुनुवाई गर्दै

मेचीनगर, असार २० । झापाको मेचीनगर नगरपालिका कार्यालयले आज सार्वजनिक सुनुवाई गर्ने भएको छ । यस आर्थिक बर्ष भरि भए गरेका कामको समिक्षा सहित आम नगरबासीको जिज्ञासाको समाधान गर्ने गरी आज दिउँसो १ बजे सार्वजनिक सुनुवाई आयोजना गरिएको नगरपालिकाले जनाएको छ । धुलाबारीस्थीत मेची उद्योग वाणिज्य संघको सभा हलमा हुने सार्वजनिक सुनुवाईमा उपस्थीत भएर नगरबासीले आफ्नो जिज्ञासा राख्न पाउने बताइएको छ । यसैबीच सार्वजनिक सुनुवाईको सूचना गर्न नगरपालिकाले कन्जुस्याई गरेको पाइएको छ ।  
Read More
मेचीनगरका ३५ हजार पशुलाई निःशुल्क खोप

मेचीनगरका ३५ हजार पशुलाई निःशुल्क खोप

असार १९, मेचीनगर । पशुपंछीमा लाग्नसक्ने महामारीजन्य रोग रोकथामका लागि मेचीनगर नगरपालिकाले निःशुल्क खोप अभियान सम्पन्न गरेको छ । विभिन्न रोगविरुद्ध ३५ हजार डोज भ्याक्सिन नगरपालिकामा उपलब्ध भएको थियो । पशु सेवा शाखाका र अन्य प्राविधिकसहितको टोलीले नगरका १५ वटै वडामा पुगेर खोप सञ्चालन गरेको नगरपालिकाले जनाएको छ । टोलीमा ११ जना रहेका थिए । पशु सेवा शाखाका प्रमुख छत्रबहादुर राईले माघको पहिलो साताबाट शुरु खोप अभियान जेठ अन्त्यसम्म चलेको बताए । खसीबाख्रामा लाग्ने पीपीआर, गाईभैसीमा लाग्ने खोरेत (फुट एन्ड माउथ डिजिज–एफएमडी) तथा सुंगुर बंगुरमा लाग्ने स्वाईन फिवर रोग नियन्त्रणका लागि प्रत्येक वडाका किसानको घर गोठमा पुगेर सेवा दिएको उनले…
Read More
शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका विष्णुपादुकाका राई

शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका विष्णुपादुकाका राई

रासस, असार १८ , धरान। शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहेका छन् । उनले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाखदेखि रु छ लाखसम्म आम्दानी गर्दै आएका हुन् । १७ वर्षभन्दा बढी समय शिक्षण पेसा गरेका राईले विगत चार वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् । उनले चार वर्षकै अवधिमा तामाखाम गाउँमै सफल व्यवसायीको परिचय बनाए । शिक्षण पेसाबाट सोचेजस्तो कमाइ नभएपछि बाख्रापालन रोजेको बताउने राईले अहिले आम्दानीका साथै आत्मसन्तुष्टि पनि प्राप्त भइरहेको बताए । ‘आफ्नो पेसा व्यवसाय भनेको फरकै हुँदो रहेछ, त्यसैमा कृषि पेसाको आनन्द बेग्लै छ, कसैको करकापमा बस्नु…
Read More
वरिष्ठ साहित्यकार रेग्मीलाई मस्तिष्कघात

वरिष्ठ साहित्यकार रेग्मीलाई मस्तिष्कघात

झापा, १६ असार । बरिष्ठ साहित्यकार चुडामणि रेग्मीलाई मस्तिष्कघात भएको छ । आज विहान मस्तिष्कघात भएपछि उनलाई प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि भर्ना गरिएको परिवारले जनाएको छ । भद्रपुर निवासी बरिष्ठ साहित्यकार रेग्मी झर्रो नेपाली आन्दोलनको एक अग्रज एवम् भाषाविद् हुन् । अस्पतालमा वेहोशी अवस्थामा उपचारमा रहेका रेग्मीलाई भेट्न झापाली साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको छ ।  
Read More