Skip to main content

नयाँ तृष्णा

मेचीनगरका ३५ हजार पशुलाई निःशुल्क खोप

Advertisement

असार १९, मेचीनगर । पशुपंछीमा लाग्नसक्ने महामारीजन्य रोग रोकथामका लागि मेचीनगर नगरपालिकाले निःशुल्क खोप अभियान सम्पन्न गरेको छ । विभिन्न रोगविरुद्ध ३५ हजार डोज भ्याक्सिन नगरपालिकामा उपलब्ध भएको थियो । पशु सेवा शाखाका र अन्य प्राविधिकसहितको टोलीले नगरका १५ वटै वडामा पुगेर खोप सञ्चालन गरेको नगरपालिकाले जनाएको छ ।

टोलीमा ११ जना रहेका थिए । पशु सेवा शाखाका प्रमुख छत्रबहादुर राईले माघको पहिलो साताबाट शुरु खोप अभियान जेठ अन्त्यसम्म चलेको बताए । खसीबाख्रामा लाग्ने पीपीआर, गाईभैसीमा लाग्ने खोरेत (फुट एन्ड माउथ डिजिज–एफएमडी) तथा सुंगुर बंगुरमा लाग्ने स्वाईन फिवर रोग नियन्त्रणका लागि प्रत्येक वडाका किसानको घर गोठमा पुगेर सेवा दिएको उनले बताए । यो अवधिमा नगरका ३५ हजार पशुहरुलाई खोप सेवा प्रदान गरिएको जनाईएको छ ।

यो अवधिमा खसीबाख्रामा लाग्ने रोग पीपीआरविरुद्धको खोप १५ हजार, खोरेत रोग नियन्त्रणका लागि १५ हजार र स्वाईन फिवर रोग नियन्त्रणका लागि ५ हजार खोप लगाईएको छ । अभियानमा खोप लगाउन मात्र नभई किसानलाई खोप र रोगको बारेमा प्राविधिकहरुले जानकारी समेत गराएको पशु प्राविधिक राईको भनाई छ ।

नगरपालिकाभित्रका किसानका पशुलाई सुरक्षित राख्न गर्नुपर्ने जस्तोसुकै सहयोग गर्न नगरपालिका तयार रहेको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । खुर फाटेका पशुवस्तुलाई मात्रै लाग्ने खोरेत रोगले साना पशुवस्तुको मृत्युदर उच्च हुने र ठूला पशुवस्तुको दूध उत्पादन ठप्प हुने भएपनि मानिसलाई यो रोग नसर्ने पशु चिकित्सक जयराम मण्डलको भनाई छ ।

खोरेत रोगमा पशुसँग प्रत्यक्ष सम्पर्क र पशुजन्य पदार्थहरु दूध र मासु सेवन गर्दा वा अन्य कुनै माध्यमवाट मानिसमा सर्ने र मानिसवाट पशुमा सर्न सक्ने ‘जुनोटिक’ रोग नभएको बताउँदैं चिकित्सक मण्डलले यसैले मानव स्वास्थ्यको दृष्टिकोणले यो रोगमा आत्तिहाल्नु पर्ने अवस्था नरहेको तर, पशुवस्तुको उत्पादन र क्षति रोक्नका लागि किसानलाई ६–६ महिनामा खोरेतविरुद्धको खोप लगाउन सुझाव दिए ।

नेपाललाई खोरेत रोगमुक्त बनाउने अभियान शुरु भएसँगै मेचीनगरले आफ्ना वडाका हरेक किसानका घर गोठमा पुगेर चौपायाहरुमा खोप लगाइदिने गरेको उपप्रमुख मीना पोख्रेल उप्रेतीले बताइन् । नगरपालिकाभित्रका चौपायालाई विभिन्न रोगबाट सुरक्षित राख्न स्थानीय सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाई छ ।

सन् २०३० सम्ममा खोरेतमुक्त मुलुक घोषणा गर्ने उद्धेश्यसहित राष्ट्रिय पशु रोग खोप कार्यक्रम सञ्चालन भइरहेको छ । ‘खोरेत रोगग्रस्त पशुवस्तुहरुको उपचार र रोग देखा परेका आसपासमा रोग फैलन सक्ने सम्भाव्य क्षेत्रमा खोरेतविरुद्धको एफएमडी खोप लगाउन सुरु गरेका छौं,’ शाखा प्रमुख राईले भने‘अहिलेसम्म १५ हजार पशुवस्तुलाई खोप दिइएको छ । यो क्रम पुरै क्षेत्रमा सम्पन्न नहुँदासम्म प्राविधिकहरु खटिरहन्छन् ।’

एफएमडी भ्याक्सिन नेपालमा उत्पादन नहुने भएकाले यसका लागि नेपाली किसान र पशु सेवाका प्राविधिकहरुले भारतीय भ्याक्सिनकै भर पर्नु परेको छ ।

गाई, भैँसी, बंगुर, बाख्रा र भेडामा यो रोग देखिने गरेको भएपनि गाई भैँसीमा बढी संख्यामा खोरेतको समस्या देखिने गरेको पशु चिकित्सकहरुको भनाई छ । ती पशु चौपायामा खोरेतविरुद्धको खोप लगाइने नगरपालिकाले जनाएको छ ।

खोरेत रोग लाग्दा पशु चौपायामा १०४ देखि १०६ डिग्रीसम्मको ज्वरो आउने, घाँसपात नखाने, झोक्राउने, गिँजा र जिब्रोमा स–साना फोका आउने, खुट्टाको खुरको कापमा समेत फोका आउने, मुख वरिपरि घाउ आउने भएकाले र्याल चुहिने, ब्याउने माउ गर्भ तुहिने समस्या देखिने, दूध दिइरहेको चौपायामा थुनेलोको समस्या देखिने जस्ता लक्षण देखापर्ने पशु चिकित्सक मण्डलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

मेचीनगरको सार्वजनिक सुनुवाइमा जनआक्रोश, न्यून सहभागिताले कार्यक्रममाथि प्रश्न

  मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विका...
टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

टिकटकले नेपालमा एआई साक्षरता हब सञ्चालनमा ल्याउने

  काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआईमार्फत सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्...
भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

भोलिदेखि ग्यास भरी सिलिण्डर पाइने, मूल्य पनि तोकियो

  काठमाडौँ। बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भर...
नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

  काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौँले...