५ माघ २०८२, सोमबार, काठमाडौँ। सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। खरेलले आज साँझ आयोजित विशेष पत्रकार सम्मेलनमार्फत आफ्नो राजीनामाबारे औपचारिक जानकारी दिएका हुन्। रास्वपाको तर्फबाट ललितपुर–२ बाट उम्मेदवार बन्ने भएपछि उनले मन्त्री पद त्यागेको जनाइएको छ। यसअघि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि निर्वाचनमा उम्मेदवारी दिन राजीनामा दिएका थिए। माघ ६ गते प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्नुपर्ने समयसीमा रहेकाले खरेलले आजै राजीनामा दिएका हुन्।
झापा, मेचीनगर । श्रम सांस्कृतिक पार्टी मेचीनगर–६ मा पहिलो पटक ऐतिहासिक वडा कार्य समिति गठन गरिएको छ। झापा क्षेत्र नं. १ का प्रतिनिधि सभाका उमेदवार केबलराम राईको उपस्थितिमा आज देवकोटा पार्कमा आयोजित भेलाले नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो। नवगठित समिति अध्यक्ष – सरण निरौला उपाध्यक्ष – प्रेमकुमार गुरुङ सचिव – बुद्ध राई कोषाध्यक्ष – सुजा राई सदस्यहरू राम चेम्जोङ, मानबहादुर राई, प्रेम शाक्य, सागर क्षेष्ठ, योगेश राई, पेम्बा शेर्पा, दिलिप पौडेल, प्रेम गुरुङ, रमेश कार्कीढोली, शुभाष राई, सम्शेर तामाङ, हरि मगर, जितेन राई, सन्दिप थपलिया, केशव लिम्बू र सुमन उराव। भेलामा बोल्ने वक्ताहरू— केबलराम राई, पदम सुनुवार, जेन्जी रितिक…
१७ मंसिर २०८२, बुधबार, ईलाम । माई नगरपालिका क्षेत्रमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र गतिमा अघि बढिरहेको छ। हालै माई–६ मा वडा समिति र मंसिर ४ गते नगर समिति गठनसँगै विभिन्न वडाबाट पार्टी प्रवेशको लहर देखिएको पार्टीले जनाएको छ। यसै क्रमअन्तर्गत माई–२ स्थित सितली खेल मैदानमा अटो तथा टेम्पो व्यवसायीहरूको निमन्त्रणामा आयोजित कार्यक्रममा अटो व्यवसायी समितिका अध्यक्ष दिलकुमार राई (दिल कु राई) नेतृत्वको २६ अटो सञ्चालक समूह श्रम संस्कृति पार्टीमा औपचारिक रूपमा प्रवेश गरेको हो। कार्यक्रमलाई पार्टी केन्द्रीय सदस्य लक्ष्मी राई, ईलाम जिल्ला अध्यक्ष दिपक राई तथा माई नगर अध्यक्ष बिनोद लिम्बूले स्वागत गरेका थिए। नयाँ प्रवेशीहरूलाई खदा र…
१३ मंसिर २०८२, शनिबार, ईलाम । इलामको माई नगरपालिका–१ र ६ जोड्ने माईखोलामा आवागमन सहज बनाउन स्थानीयबासी र श्रम संस्कृति पार्टीको संयुक्त पहलमा ३५ मिटर लामो बाँसको अस्थायी फड्के पुल निर्माण गरिएको छ। वर्षेनी बढ्दो बाढीको जोखिम र पुरानो मार्ग बिग्रँदै गएपछि वैकल्पिक पहुँचमार्ग आवश्यक ठहरिँदै आएको थियो। स्थानीय initiative र सामूहिक श्रमदानकै बलमा पुल निर्माण सम्पन्न भएको छ। बाँसको तयार गरिएको यो फड्के पुलले दुवै वडाका वासिन्दालाई हिडडुल, विद्यालय जाने बालबालिकाको आवतजावत र दैनिक आवश्यकता पुर्याउने वस्तु ढुवानीमा तत्कालीन रूपमा सहजता दिने अपेक्षा गरिएको छ। विशेषगरी खोला तर्ने क्रममा बारम्बार जोखिम सामना गर्नुपर्ने बालबालिका, वृद्धवृद्धा तथा महिला दिदीबहिनीलाई यो…
९ मंसिर २०८२, मंगलवार, इलाम । श्रम संस्कृति पार्टीको पहलमा माई नगरपालिका–९ र १० जोड्ने मुख्य सडक खण्डमा शनिवार व्यापक श्रमदान अभियान सम्पन्न गरिएको छ। पार्टीका नगर अध्यक्ष बिनोद लिम्बुको नेतृत्वमा गरिएको श्रमदानमा स्थानीय बासिन्दा, पार्टी कार्यकर्ता तथा युवासमुदाय गरी २५ जनाभन्दा बढीको सहभागिता रहेको आयोजक पक्षले जनाएको छ। अभियानअन्तर्गत करिब १५ किलोमिटर सडक क्षेत्रमा झाडी सफाइ, बाटो मर्मत, ढुंगा–माटो हटाउने तथा आवागमन सहज हुने प्रकारका सरसफाइ कार्य सम्पन्न गरिएको हो। लगातारको वर्षायामले सडकमा परेको असरलाई न्यूनिकरण गर्दै जनताको दैनिक आवतजावतलाई सहज बनाउन उद्देश्य राखिएको थियो। नगर अध्यक्ष लिम्बुले सामूहिक श्रमदानले स्थानियस्तरमा विकासका कामलाई गतिशील बनाउन सहयोग पुग्ने बताउँदै आगामी…
ईलाम– माई नगरपालिका, शुक्रबारेमा श्रम संस्कृति पार्टीको नगर स्तरीय समिति गठन गरिएको छ। सुक बा राईको अध्यक्षतामा सम्पन्न भेलाले विभिन्न पार्टी परित्याग गरेर उपस्थित कार्यकर्ताहरूको सर्वसम्मत निर्णयमा बिनोद नेम्बाङ लिम्बूको नेतृत्वमा १५ सदस्यीय नगर समिति गठन गरेको हो। नवगठित नगर समिति : अध्यक्ष: बिनोद नेम्बाङ लिम्बू उपाध्यक्ष: राम राई सचिव: गदेस फत्र लिम्बू कोषाध्यक्ष: खडक यक्तेन सह-कोषाध्यक्ष: स्याम कुमारी राई प्रवक्ता: युवराज राई सदस्य: मनि कु श्रेष्ठ सदस्य: सन्दिप राई सदस्य: युग बा थेगिम सदस्य: पारस राई सदस्य: पदम लामा सदस्य: बल वीर योङहाङ सदस्य: महेन्द्र राई सदस्य: सुक बा राई सदस्य: प्रेम राई समितिलाई केन्द्रीय सदस्य धनकुमार राईले माटोलाई…
२९ कार्तिक २०८२, शनिबार, झापाको बिर्तामोडमा आयोजित नेकपा एमालेको जनजागरण सभा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव अर्याल प्रमुख अतिथि रहेका थिए। सभामा पूर्वमन्त्री देवेन्द्र दाहाल, नेकपा एमाले झापा जिल्ला सचिव रोमनाथ ओली, कोशी प्रदेश सभा सदस्य चिन्तन पाठक, कोशी प्रदेशका खानेपानी तथा सिंचाइ मन्त्री एकराज कार्की लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सम्बोधन गर्ने विभिन्न नेताहरूले देशमा अराजकता बढ्दै गएको, विदेशी हस्तक्षेप भूमिगत रूपमा प्रवेश गरी जनतालाई भड्काउने प्रयास भइरहेको जस्ता विषय उठाए। उनीहरूले संविधानको रक्षा, नेपाल–नेपालीको अधिकार सुनिश्चित गर्न नेकपा एमाले कुनै पनि आवश्यक कदम चाल्न तयार र दृढ रहेको धारणा व्यक्त गरे।…
४ कार्तिक २०८२, मंगलवार, टोकियो। साने ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बनेकी छिन्। जापानी संसदका दुवै सदनमा भएको मतदानमा उनले बहुमत हासिल गर्दै ऐतिहासिक जित हासिल गरेकी हुन्। ६४ वर्षीया ताकाइचीलाई जापानको “आइरन लेडी” भनेर चिनिन्छ। उनी दक्षिणपन्थी नेतृ हुन् र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की सदस्य हुन्। यो ताकाइचीको प्रधानमन्त्री बन्ने तेस्रो प्रयास हो। पछिल्लो पाँच वर्षमा एलडीपीले नयाँ प्रधानमन्त्री चयन गरेको यो चौथो पटक हो। ताकाइची एलडीपीको कट्टरपन्थी गुटसँग सम्बन्धित छिन् र पूर्व प्रधानमन्त्री शिन्जो आबेकी नजिककी मानिन्छिन्। उनी पहिले सरकारी मन्त्री, टेलिभिजन होस्ट, र हेभी मेटल ड्रमर समेत रहिसकेकी छिन् — जसले उनलाई जापानमा बहुआयामिक व्यक्तित्वको…
झापा, २७ असोज । राष्ट्रिय श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूलाई “रुखो बोल्ने तर झुठो नबोल्ने भुइँमान्छे” का रूपमा चिनिदिन आग्रह गर्नुभएको छ। पूर्वी सीमा काँकरभिट्टाबाट श्रम अभियानको थालनी गर्दै उहाँले भन्नुभयो, “म नेता होइन, पढाउन आएको होइन — देश बनाउने अभियानमा बोलाउन आएको हुँ। रुखो बोल्छु, तर झुठो बोल्दिन।” “देशभक्त र विदेशी कठपुतलीबीच संघर्ष सुरु भएको छ” साम्पाङले हालको राजनीतिक अवस्थालाई जेनजी आन्दोलनपछिको दुई धार — देशभक्तको एउटा र विदेशी प्रभावमा चल्ने अर्को धारको रूपमा चित्रण गर्नुभयो। उहाँका अनुसार, आफ्नो उद्देश्य देशलाई श्रम र उत्पादनसँग जोडेर चीन र भारतको दाजोमा उभ्याउने हो। “हाम्रो…